काठमाडौं । शरीरका अन्य अंगहरु स्वस्थ राख्नका लागि जति खानेकुराको भूमिका महत्वपूर्ण हुन्छ,त्यति नै दाँत स्वास्थ्यका लागि पनि खानेकुराको महत्व रहन्छ । गिजा कस्तो राख्ने,दाँतलाई कसरी बचाइराख्ने भन्ने हामीले खाएको खानेकुरामा निर्भर रहन्छ ।
सागपात,फलफूल,जस्ता खानेकुराहरुको नियमित सेवनले दाँतलाई किरा लाग्नबाट जोगाउनुका साथै दाँतलाई बचाइराख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
खानेकुराको साथ साथै शरीर तथा दाँतलाई स्वस्थ राख्न पानीले समेत भूमिका खेल्छ । पानी पिउँदा त्यसले खानेकुरालाई गिँजाभित्र जम्न दिदैंन । गिजामा खानेकुरा जम्मा हुँदा ब्याक्टेरियाका कारण दाँतमा किरा लाग्ने गर्छ । त्यसैले दाँत तथा अन्य अंग स्वस्थ राख्नका लागि दिनमा २ लिटरभन्दा बढी पानी पिउनुपर्ने हुन्छ ।
कस्तो फलफूल तथा खानेकुरा दाँतका लागि फाइदाजनक ?
फलफूल सागमा पनि रेसादार किसिमका फलफूल तथा सागपातको सेवन दाँतका लागि हितकर हुन्छ । बढी मात्रामा कार्बोहाइटेट भएका खानेकुराहरुले अन्य शारीरिक समस्या ल्याउनुका साथै दाँतका लागि समेत राम्रो गर्दैन ।बढी मात्रामा कार्बोहाइटेट भएका खानेकुराले डायबिटिज समेत हुन सक्छ ।
डायबिटिजका कारण दाँतमा विभिन्न प्रकारका समस्याहरु आउने गर्छन् । सुगरका बिरामीहरुमा गिजामा घाउ भएमा चाँडै निको हुँदैंन । सुगरको तह अत्याधिक भएको अवस्थामा दाँतको उपचार नै गर्न नमिल्ने हुन्छ । यसका साथ साथै दाँतमा टासिँने प्रकारका खानेकुराहरुले पनि दाँतमा असर गर्छ । त्यस्ता खानेकुराहरु खाएर राम्रो मुख खुल्ला नगर्दो खानेकुराहरु दाँतमा नै टाँसिने गर्छ जसले दाँत बिगार्छ । त्यस्तै धेरै कडा वस्तुहरु टोक्दा त्यसले दाँत टुक्रिने सम्भावना रहन्छ ।
खैनी, चुरोट,गुट्काजस्ता खानेकुराहरुको अत्याधिक मात्रामा सेवन गर्दा पनि यसले दाँतलाई असर गर्छ । यस्ता खानेकुराहरुको अत्याधिक मात्रामा प्रयोगले एकातिर दाँत फोहोर हुने समस्या आउँछ भने अर्कोतर्फ क्यान्सरको जोखिम समेत रहन्छ । कालान्तरमा त्यसको असरले मुख उगार्नसमेत समस्या हुन सक्छ ।
दाँत जोगाउनका लागि गिजाको स्याहार
दाँत जोगाउनका लागि गिजाको स्याहार एकदमै आवश्यक हुन्छ । दाँतलाई बलियो बनाउनका गिजाको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले दाँतलाई जोगाउन गिजाको स्याहार एकदमै आवश्यक हुन्छ । त्यसका सबैभन्दा पहिलो कुरा त बिहान बेलुका ब्रस गर्नुपर्ने हुन्छ । त्यसैले बेला बेलामा स्वास्थ्य परीक्षण गरी दाँतको अवस्थाबारे जानकारी लिन आवश्यक छ ।
गिजामा समस्या आउँदा श्वास गन्हाउने समस्या
कतिपय मानिसहरुमा श्वास गन्हाउने समस्या रहेको हुन्छ । सामान्यतया गिजामा समस्या आएपछि श्वास गन्हाउने समस्या आउँछ । श्वास गन्हाउने समस्याका कारण साथीभाई तथा अपरिचित व्यक्तिसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिती सृजना हुन सक्छ । गिजाभित्र खानेकुरा जम्मा भएर इन्फेक्सन हुँदा गिजा सुन्निने समस्या देखा पर्छ । हाम्रो भाषा त्यसरी जम्मा भएको खानेकुरालाई क्याल्कुलस भन्ने गरिन्छ । कतिपय अवस्थामा पेटको समस्याका कारण पनि श्वास गन्हाउने समस्या आउन सक्छ ।
श्वास गन्हाउने समस्याबाट कसरी पाउने छुटकारा
श्वास गन्हाउने समस्याबाट छुटकारा पाउनका मुखलाई स्वस्थ राख्नुपर्ने हुन्छ । फलफुल तथा पानीको प्रशस्त मात्रामा सेवन गर्ने मानिसहरुमा श्वास गन्हाउने समस्या त्यति आउँदैंन । नियमित रुपमा सही तरिकाबाट ब्रस गर्दो श्वास गन्हाउने समस्या आउँदैंन ।
खाना खाएको १० –१५ मिनेट वा आधा घन्टा पछि ब्रस गर्नु राम्रो मानिन्छ । सकेसम्म नरम खालको ब्रसलाई ४५ डिग्रीमा राखेर बढीमा ३ वटा दाँतलाई भ्याउने गरी ब्रस गर्नु राम्रो मानिन्छ । दाँतको भित्रपटि ब्रसलाई ठाडो गरेर सही तरिकाबाट ब्रस गर्न सकिन्छ ।
धेरै लामो समत तथा घोटेर ब्रस गर्दो त्यसले दाँतलाई हानी गर्न सक्छ ।ब्रस गर्नका लागि सकभर दुई मिनेटमात्रै समय छुट्याउँदा राम्रो हुन्छ । ब्रस गरिसकेपछि डेन्टल फ्ल्स प्रयोग गरेको राम्रो मानिन्छ, जसले दाँतको बीच बीचमा रहेको फोहोरलाई निकाल्नका लागि सहयोग गर्छ । ब्रस गर्ने क्रममा जिब्रो सफा गर्नका लागि टङ क्ल्निरको प्रयोग गर्नुपर्ने हुन्छ ।