काठमाडौं - निमोनिया रोग ब्याक्टोरियाबाट संक्रमित हुने रोग हो । जसले मानिसको फोक्सो रगत र दिसामा गम्भिर असर पार्छ । २ बर्ष भन्दामुनिका बालबालिका सबैभन्दा बढि निमोनियाको जोखिममा पर्ने गर्छन् ।
निमोनियाका मुख्य लक्षण
खोकी लाग्न सक्छ ।
श्वासप्रश्वास दर बढ्छ ।
श्वास फेर्न कठिन हुनसक्छ ।
छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्न सक्छ । छाँती दुख्छ ।
ज्वरो आउन सक्छ ।
साना बालबालिकाहरुले आमाको दुध चुस्न खानेकुरा खान सक्दैनन् ।
गम्भीर संक्रमण भएमा बालबालिकाहरू बेहोस हुने, कम्पन आउने, शरीरको तामक्रम कम पनि हुन सक्छ ।
निमोनिया जटिलता भएमा
शरीरभर संक्रमण फैलिन सक्छ ।
फोक्सोको झिल्ली भित्र पानी वा पिप भरिन सक्छ ।
फोक्सोमा पिप भरिन सक्छ ।
उपचार
निमोनिया भएमा ढिलो नगरी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिद्धारा उपचार गर्नुपर्छ । आफूखुशी औषधि किनेर खानु हुँदैन् ।
गम्भीर खालको निमोनिया छ भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ । नेपाल सरकारले आईएमएनसीआई कार्यक्रम मार्फत बालबालिकाको उपचारलाई सहज बनाएको छ ।
निमोनियाको खोप कसले लगाउने ?
२ बर्ष भन्दामुनिका बालबालिका
६५ बर्षदेखि माथिका सबै जेष्ठ नागरिक
२ बर्ष भन्दा माथिका केहि मेडिकल अवस्था भएका मानिसहरु जस्तै मुटुको रोग, दम, मधुमेह इत्यादि
६५ बर्ष मुनिका प्रतिरक्षा प्रणाली कम भएमा जस्तै एचआइभि अंग प्रत्यारोपण र क्यान्सरका बिरामीहरु
त्यस्तै पर्याप्त मात्राको पोषणले बालबालिकाहरुको रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्दछ । कुपोसित बालबालिकालाई संक्रमणको सम्भावना बढी हुन्छ । आमाको दुध र थप आहार प्रसस्त खुवाउनु पर्छ ।