एजेन्सी । ‘यदि हामीले समयमै सही परामर्श पाएनौं भने, हाम्रो विवाह टुट्न सक्छ।’ गुरुग्रामका इन्जिनियर मनिष (नाम परिर्वतन) ले २०१३ मा विवाह गरेका थिए तर सात वर्षभित्रै अर्थात् २०२० मा आइपुग्दा श्रीमतीसँगको सम्बन्ध बिग्रियो।
उनी भन्छन्, ‘सबै कुरा ठिकठाक हुँदाहुँदै पनि हामीबीच शारीरिक सम्बन्ध निकै कम थियो। यो करिब पाँच वर्षसम्म चल्यो र त्यसपछि सम्बन्धमा यसको प्रभाव देखिन थाल्यो । अन्ततः हामीले काउन्सिलरको सहयोग लिनुप¥यो।’
मनिष र उनकी श्रीमती दुवै जागिर गर्छन्। उनीहरूलाई के भयो त्यो असामान्य कुरा होइन। विश्वभर नै युवा दम्पतीहरू, विशेष गरी विवाहित मिलिनियल्सहरूमा वा युवाहरूमा यौनप्रतिको अनास्था बढ्दै गएको देखिन्छ । १९८० को सुरु देखि १९९० को दशकको बीचमा जन्मेका मानिसहरूलाई मिलेनियल वा जेनेरेसन वाई भनिन्छ । उनीहरुको उमेर अहिले २५ देखि ४० वर्षको बीचमा छ ।
यो त्यो उमेर हो जसमा मानिस शारीरिक सम्बन्धमा सबैभन्दा बढी सक्रिय हुन्छ भन्ने विश्वास गरिन्छ । यसलाई यौन प्राइम टाइम पनि भनिन्छ । तर यो समयमा उनीहरुमा सेक्सको चाहना कम हुने ट्रेन्ड देखिएको छ ।
सेक्समा रुचि घट्दोे
इन्डियाना युनिभर्सिटीको किन्जी इन्स्टिच्युट र सेक्स टोय बेच्ने कम्पनी लभ हनीले सन् २०२१ मा १८ देखि ४५ वर्ष उमेर समूहका अमेरिकी युवाहरूमाझ एउटा सर्वेक्षण गरेका थिए ।
यस सर्वेक्षणका अनुसार गत वर्ष विवाहित जोडीमा यौन इच्छा कम हुने समस्या मिलेनियल्स( जेनेरेसन वाई) मा सबैभन्दा बढी देखिएको थियो ।
यस अनुसार, विवाहित मिलिनियल्सरूमा २५.८ प्रतिशतले सेक्समा चासो गुमाएको थिए, उनीहरूको पछिको पुस्ता (जेनेरेशन z) को १०.५ प्रतिशत र तिनीहरू अघिको पुस्ता (जेनेरेशन x) को २०.२ प्रतिशतले सेक्समा चासो नराख्ने देखिएको छ ।
१९६५ र १९८० को बीचमा जन्मेकाहरूलाई जेनेरेसन x मानिन्छ र १९९० को दशकको अन्त्य र २०१० को दशकको सुरुमा जन्मेकाहरूलाई जेनरेशन z मानिन्छ । मनोवैज्ञानिक शिवानी मिश्री साधु दिल्लीमा एक कपल थेरापिस्ट अर्थात् कपललाई परामर्श दिने काम गर्छिन् ।