काठमाडौं - हिन्दूको दोस्रो माहान चाड तिहार नजिकिँदैछ । तिहारमा विशेष गरेर दिदीभाइबीचको सुमधुर सम्बन्धको लागि पवित्र चाडको रूपमा मनाउने गरिन्छ। तिहारमा खानपानका साथै साथीभाइ मिलेर देउसी–भैलो खेलेर मनाउने चलन छ। तिहारमा विशेष गरि सेल रोटी, फिनि , अनरसाहरु पकाउने गरिन्छ ।
तिहारको समयमा चामलको पीठोबाट बनाइने सेलरोटी नेपाली खानाका विशेष परिकार हुन् ।
सेलरोटी सेलरोटीका लागि चामलको पीठोलार्इ पानी वा दुधले गिलो बनाएर स्वादअनुसार चिनी राखेर पानीमा भिजाएर एक घण्टा जति राख्नु पर्छ र स्वादका लागि पाकेको केराको प्रयोग पनि गर्न सकिन्छ ।
निम्न तरीकाबाट सेल पकाउँन सकिन्छ:
– सेलको लागि पनि घ्यु वा तेल कराईमा बसाल्ने,
– गोलो आकार आउने गरी सोलीले सेल कराईमा उतार्ने,
– एक तर्फ़ पाकेर खैरो बनिसके पछि, अर्को तर्फ़ पल्टाउने,
– सेल रोटी दुबै तर्फ़ पाकेपछि झिरको साहयताले बाहिर निकाल्ने,