काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेल महामारीको रुप लिइरहेको डेंगु परीक्षण शुल्कमा एकरुपता कायम गरिने बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महााशाखाको सहकार्य सोमबार आयोजित एक कार्यक्रममा सचिव पोखरेलले यस्तो बताएका हुन् । उनले डेंगु नियन्त्रणका लागि सरकारले प्रयास गरेको बताउँदै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई अझै सशक्त बनाइने बताए ।
कार्यक्रममा बोल्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्न्सल्टेन्ट डा बिमल शर्माले विशेष गरी बिहान, दिउँसो तथा साँझको समयमा लामखुट्टेको टोकाईबाट डेंगी लाग्ने बताए ।
यसबाट बच्नको लागि लामखुट्टेबाट बच्न पूरै शरिर ढाक्ने लुगा लगाउने, घर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राखेको भाँडालार्ई छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बालौँ र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, घरभित्र लामखुट्टे छिर्न नसक्ने गरी झ्याल ढोकामा जाली वा सुत्ने बेलामा झुल लगाएर सुत्ने, अध्याँरा कुना–काप्चामा किटनाशक औषधि छर्कने, कम्तीमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएका प्लेटहरु राम्ररी सफा गर्ने गर्नुपर्नेउनी बताउँछन् ।
वर्षायाममा विशेष गरी श्रावण, भाद्र, असोज र कात्तिकसम्म यस रोगको संक्रमण दर तीब्र रहेको पाइन्छ।