काभ्रे- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहज रुपमा स्वास्थ्यको पहुँच पुर्याउन तीन तहकै सरकारको समन्वय आवश्यक रहेको बताउनु भएको छ ।
धुलिखेलमा आयोजित नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०२२ को प्रतिवेदन सार्वजनिक कार्यक्रमका मा बोल्नु हुर्दै मन्त्री बस्नेतले तीन तहकै सरकारको प्रतिनिधित्व गराएको बताउँदै मन्त्री बस्नेतले जिम्मेवारी पुरा गर्न सबै क्षेत्रलाई समन्वय र सहकार्यका लागि आब्हान गर्नुभयो ।
कार्यक्रममा उहाँले मन्त्रीको जिम्मेवारी सम्हालेपछि देश भरिका १६ वटै संघीय अस्पतालहरुका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको बताउदै सम्पूर्ण निजी अस्पतालहरुले १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गर्ने कानूनी प्रवधानलाई कडाइका साथ लागु गराएकोले विरामीको उपचारमा धेरै हदसम्म सहज भएको दावी गर्नुयो ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले बागमती प्रदेश भित्र देशकै राजधानी समेत रहेकाले प्रदेश भित्र हुने हरेक गतिविधिले मुलुककै भविश्य र तथ्याङ्कको सन्देश दिने भएकाले सबै पालिका र सरोकारवाला निकायहरुले स्वास्थ्यका महत्वपूर्ण सूचकहरुलाई अक्षरश पालना गर्न र नागरिकहरुलाई स्वास्थ्यको पहुँच पुर्याउन अनुरोध गर्नुभयो ।
संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हक अन्तर्गत राखेको भए पनि नागरिकहरुले सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छैनन ।
आधारभुत स्वास्थ्य सेवाको क्षेत्राधिकार रहेको छ भने संघ र प्रदेश सरकारको फरक फरक अधिकार छ । सर्भेक्षणमा ४० भन्दा धेरै सुचकहरु समावेश गरिएको थियो ।
सर्भेक्षणका लागि १४ हजार २ सय ४३ घर समावेश गरिएकोमा १३ हजार ८ सय ३३ घरका नागरिकहरुले मात्रै भाग लिएका थिए ।
१५ वर्ष देखि ४९ वर्षसम्मका नागरिकहरुले भाग लिएको सर्वेक्षणमा महिला १५ हजार २ सय ३८ जना र पुरुष ५ हजार १ सय ८५ जना सहभागि भए ।
सुचकहरुमा प्रजनन क्षमता, परिवार नियोजन, शिशु र बाल मृत्यु दर, मातृ र नवजात शिशु स्वास्थ्य सेवा, बाल स्वास्थ्य सेवा, पोषण, घरायसी पानी, सरसफाई र स्वच्छता, महिला शशक्तिकरण, घरेलु हिंसाको अवस्थाका बारेमा देशभर तथा प्रदेश अनुसारको तथ्याङ्क सर्वेक्षण गरिएको छ ।
जनसांख्यिक स्वास्थ्य सर्भेक्षण सार्वजनिकीकरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बराकोटी, बागमती प्रदेशका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का, धुलिखेल लगायत बागमती प्रदेशका १३ वटै जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
डा. कृष्णप्रसाद पौडेलले नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण-२०२२ को प्रस्तुतीकरण गर्दै नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/२०८०–२०८७/२०८८ र स्वास्थ्य वित्त रणनीति २०८०/२०९० को प्रस्तुती गर्नुभएको थियो ।
त्यस्तै रमेश केसीले मातृ मृत्यु अध्ययन-२०२१ का बारेमा र डेंगी रोग, अवस्था, रोकथाम तथा नियन्त्रण सम्वन्धि डा. रुद्र मरासिनीले प्रस्तुती गर्नुभएको थियो ।।