काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समितीले सरकार विरोधी आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको छ । बिहीबार एक पत्रकार सम्मेलन गर्दै समितीले आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।
चिकित्सा शिक्षा आयोग तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीईभीटी को अदुरदर्शिताका कारण देशमा चिकित्सा शिक्षा तहस नहसको अवस्थामा पुगेको ठहर गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको संघर्ष समितीका संयोजक निर्मल सापकोटाले बताए ।
नेपालको स्वास्थ्य क्षेत्रका विज्ञ जनशक्ति विदसिँदा नेपालको अर्बाै पुँजी विदेशिएको बताउँदै उनले स्नातक तहमा स्वास्थ्य विज्ञानका शिक्षण कार्यक्रमहरु २० प्रतिशतमा सीमित गराइएको बताए ।
चिकित्सा शिक्षा शिक्षा आयोगले तोकेको शुल्कको आधारमा मात्रै औसत प्रति विद्यार्थी ५ लाख ४३ हजारका दरले वार्षिक ७२ करोड ५४ लाख ४८ हजार बराबरको छात्रवृति खेर गइरहेको तथ्य संघर्ष समितीले सार्वजनिक गरेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ का अनुसार बिएसी नर्सिङ अध्यापन गराउन चाहने कलेजले कम्तीमा पनि १०० बेड भएको अस्पताल सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समितीका सह-संयोजक के.एन शर्माका अनुसार राष्ट्रिय चिकितसा शिक्ष ऐन २०७५ को दफा ४४ को १ व्यवस्था अनुसार चिकित्सा शिक्षा क्षेत्रमा कार्यरत्त निजी शिक्षण संस्थाहरुलाई सुधार तथा नियमन गर्नेतर्फ भन्दा निधेष गर्नेतर्फ रहेको उन्मुख भएको देखिन्छ ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समितीको आज तेस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक भएको छ । जसअन्तर्गत पहिलो कार्यक्रम गौशालाको अनुपम फेडल्यान्डमा पत्रकार सम्मेलन गरिएको थियो । त्यसैगरी समितीले साउन २७ गते शनिबार माईतीघर मन्डला निरन्तर धर्ना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
२८ गते आईतबार बिहान ११ बजेदेखी शान्तिपूर्ण धर्ना र धर्नाको समर्थनमा देशव्यापी रुपमा र्यालीको कार्यक्रम आयोजना गर्ने बताइएको छ । विरोध कार्यक्रम सञ्चालनका लागि जिल्लामा उपलब्ध शिक्षण संस्थाहरुका संचालक समितीले संयोजन गर्ने बताइएको छ ।
सबै शिक्षण संस्थाहरु २८ गते बन्द गरि कलेज संचालक,शिक्षक,कर्मचारी,बिद्यार्थी तथा अभिभावहरुको सहभागिता रहने बताइएको छ ।