काठमाडौं । विश्व स्वास्थ्य संगठनले अब मदिराको बोतलमा पनि चुरोटको डब्बाको जस्तो चेतावनी सन्देश लेखिनुपर्नेकुरा बताएको छ । रक्सी स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरालाई कसैले नकार्न सक्दैन तर यसले मदिरा प्रेमीहरूलाई असर गर्दैन बरु, कसरी पिउँदा कम हानि हुन्छ भनेर प्रमाणित गर्न उनीहरू विभिन्न उपाय प्रयोग गर्छन् ।
कहिले अलि/अलि गरेर पिउने भनिन्छ भने कहिले थोरै मात्रामा पिउनाले कुनै असर गर्दैन भनिन्छ । यद्यपि हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मदिराका बारेमा भनेका कुरा चिन्ताको विषय हुन सक्छ ।
डब्लुएचओले क्यान्सरको खतरा घाँटीमा अल्कोहलको पहिलो थोपाबाट सुरु हुने कुरा बताएको छ । द ल्यान्सेट पब्लिक हेल्थमा प्रकाशित डब्ल्यूएचओको विज्ञप्तिमा भनिएको छ – तपाईंले कति मदिरा सेवन गरिरहनुभएको छ भन्ने कुराले फरक पार्दैन। यो कुरा आउँदा त्यस्तो कुनै सुरक्षित स्केल छैन जसका आधारमा यो हानिकारक हुँदैन भनेर भन्न सकियोस ।
नसर्ने रोग व्यवस्थापनका इन्चार्ज डा. क्यारिना फरेरा/बोर्गेसले मदिरा सेवनको मात्राले शरीरलाई हानी नगर्ने दाबी गर्न नसकिने बताएकी छिन् । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो अध्ययनमा मदिरा सेवनले मुख, घाँटी, कलेजो, अन्ननली, स्तन र आन्द्राको क्यान्सरलगायत सात प्रकारको क्यान्सरको जोखिम बढाएको बताएको छ ।
नयाँ तथ्याङ्कले के देखाउँछ भने युरोपका धेरै क्षेत्रमा क्यान्सरको एक मात्र कारण रक्सी हो। यहाँका मानिसहरु धेरै मदिरा पिउँछन् र यसैले २० करोड भन्दा बढी मानिस क्यान्सरको जोखिममा छन् । यदि शरीरमा पहिले नै क्यान्सर कोशिकाहरू छन् भने यसले तिनलाई अझ बढाउन सक्छ । यस्तो अवस्थामा निश्चित मात्रामा रक्सी पिउनु सुरक्षित हुनसक्छ भन्ने दाबी गर्न सकिँदैन।
डा. कारिना फरेराले सुर्ति सेवनका बारेमा चुरोटको बट्टामा दिइने चेतावनि जस्तै मदिराको बोतलमा पनि क्यान्सरसँग सम्बन्धित चेतावनी लेख्नुपर्ने समय आएको दाबि समेत गरेकि छिन् ।