काठमाडौं । हिन्दु महिलाहरुको महान् तीजको अवसरमा महिला श्रृजनशील केन्द्रले आगामी भदौं १५ देखी १७ गतेसम्म उद्यमी मेलाको आयोजना गर्ने भएको छ।
उक्त मेला महिला श्रृजनशिल केन्द्रको आयोजना तथा राईजिङ नेपाल प्रा।लिको व्यवस्थापनमा हुन लागेको हो । काठमाडौंस्थित मल्ल होटलमा "२० औ डाबर वाटिका तीज फेस्टिवल श्रृजनशिल उद्यमी मेला २०८०" आयोजना हुने महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले आज आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइन्।
महिलाहरुलाई उद्यमीशील बनाउने , हाम्रो कला ,सस्कृती र परम्परालाई बचाउने लक्ष्यका साथ उक्त मेला आयोजना हुन लागेको उनले बताईन् । उक्त मेलाले महिलालाई सीपमुलक तालिम लिन अभिप्रेरित गराउनेतथा प्रविधि मैत्री वातावरणको श्रृजना गर्ने उनको दाबी थियो ।
उक्त मेलामा ८० वटा भन्दा बढी स्टलहरु रहने छन् भने जस मध्य १० वटाभन्दा बढी स्टल असहाय,अशक्त तथा पिछडिएका क्षेत्रका महिलाहरुका लागि राखिएको छ । उक्त मेला आकर्षण भनेको घरेलु तथा हस्तकलाका सामग्रीहरु, तीज विशेषखानाका परिकार,नि : शुल्क स्वास्थ्य शिविर , मेहेन्दी आर्ट , हात खाली नजाने विशेष उपहार रहेका छन्। उक्त मेलामा १०,००० भन्दा बढी आगुन्तुकले अवलोकन गर्ने अपेक्षा रहेको छ।
साथै महिला उद्यमी मन्च चितवन उद्याग संघको सहकार्यमा भदौं २२ देखी २४ गतेसम्म २० औ तीज फेस्टिवल मेल चितवनमा पनि आयोजन हुनलागेको छ।