काठमाडौं । गोरखा जिल्लाको अजिरकोट गाउॅपालिकाको स्वास्थ चौकीमा बृहत ‘नि:शुल्क दन्त शिविर’ सम्पन्न भएको छ।
ओम समाज डेन्टल हस्पिटलको सहकार्यमा मुटु फाउन्डेसन काठमाडौ,मनोज एसोसिएसन फ्रान्स तथा अजिरकोट गाउॅपालिकाको सहयोगमा श्राबन २८ र २९ गते शिबिर सम्पन्न भएको हो ।
उक्त शिबिरमा ओम समाज डेन्टल हस्पिटलका डा.सुर्य नारायण पुन,डा,रुपेश महतो, डा।दिलिप शाह तथा प्रेरणा श्रेष्ठ ,हाइजिनिस्ट करिस्मा भर्थले,तथा सहाएक जुनु पण्डित , लगाएत टिमको ब्यबस्थापन अजय रेग्मीले गरेका थिए।
निस्शुल्क दन्त शिविरमा जम्मा ३०० जना बिरामीले सेवा लिएको मध्य ११७ जनाको दाँत निकाल्ने ७० जनाको दाँत सफा गर्ने र ५० जनाको दाँत फिलिंग भएको ब्यबस्थापक रेग्मीले बताए ।
चार बर्ष देखि असी बर्षसम्मका बिरामीहरुले शिविरबाट सेवा लिएको ओम समाज डेन्टलबाट नेतृत्व गरेर आएका डा पुनले बताए।
“मुखको स्वास्थ्यको राम्रोसँग ख्याल नराख्ने जीवनशैलीको कारणले दाँतमा किरा लाग्ने,दाँत दुख्ने समस्या लिएर बिरामी आएको यो दुई दिने शिविरले देखाएको छ ” डा पुनले बताए।
सबैको पहुचमा दन्त उपचार सहज सुलभ बनाउन शिविरको आयोजना गरिएको र आगामी दिनमा पनि निरन्तर शिबिर गरिरहने रेग्मीले बताए।