काठमाडौं । यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ ।
यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् । यद्यपी यौन बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । केहि तथ्य, यथार्थ र भ्रम यहाँ प्रस्तुत गरिएको छ।
कति समय हुन्छ चरम सुख
यौन सम्बन्धको बेला समयले निकै महत्व राख्दछ । धेरै पुरुष आफू यौन सम्पर्क राख्दा निकै कम समय टिकेको र छोटो समयमा नै स्खलन भएको भनी हीनता बोध गर्दछन । र तिनका पार्टनरको गुनासो हुन्छ मलाई मज्जा नै नआई उसलाई पुग्यो ।
विभिन्न सञ्चार माध्यममा राखिएका यौन सम्बन्धि कार्यक्रममा पनि अक्सर यस्ता गुनासो आइरहेको हुन्छ । यसको कारण उनीहरुले आफ्नो पार्टनरलाइ सन्तुष्ट बनाउन सकिन कि भन्ने कुराले पिरोल्छ । तर, एक सर्वेक्षणका अनुसार अधिकांश मानिसको यौन समय करीब बराबर नै रहन्छ । अर्थात् अधिकांश जोडीहरु यौन सम्बन्धमा १२ मिनेटसम्म टिक्छन् ।
१२ मिनेट मात्रै
सर्वेक्षणको नतिजाले अधिकांश जोडी यौन सम्पर्क राख्दा केवल १२ मिनेट टिक्ने गरेको देखाएको छ । १२ मिनेट निकै कम समय भएको लाग्दछ । तर, अध्ययन प्रतिवेदनमा यो केवल पेनिट्रेसनको मात्रै समय हो कि अथवा फोरप्लेसहितको समय हो भन्नेबारे भने उल्लेख गरिएको छैन ।
क्लाइमेक्समा १२ मिनेटभन्दा बढी समय
यौन विशेषज्ञहरुका अनुसार महिलालाई क्लाइमेक्समा पुग्न करीब १२ मिनेटको समय लाग्छ । त्यस्तै, एक अर्को शोधले भने यौनको पूरा समय ३० मिनेटभन्दा कम भएमा महिला चरमोत्कर्षमा पुग्न नसक्ने देखाएको छ । हो, अधिकांश नेपाली महिलाहरुले यसकारण चरम यौन सन्तुष्टि लिन सकेका छैनन् ।
समयभन्दा अनुभव महत्त्वपूर्ण
कुनै पनि जोडीको सम्बन्ध प्रगाढ बन्न उनीहरुको यौन जीवन पनि राम्रो र स्वस्थ हुनु जरुरी छ । तर, यौनसम्पर्कका क्रममा समयमा भन्दा यौन अनुभवमा ध्यान दिनु बढी महत्त्वपूर्ण हुन्छ । यसले नै यौनलाई आनन्दमय बनाउन सक्छ ।
यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन्
यौन मामिलामा अर्को रोचक तथ्य पनि छ । त्यो हो यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन् । हो, यौन सम्बन्धमा महिलाहरु त्यति खुलेर कुरा गर्दैनन् । उनीहरु यौन सन्तुष्टिको विषयमा झुट बोल्ने गर्छन् । उनीहरु आफु सन्तुष्ट नभए पनि आफ्नो पाटनरसंग जुटो बोल्ने गर्छन् ।
उनीहरुको अक्सर जवाफ हुन्छ । हजुर मलाई मजा भयो । तर महिलाहरु साँच्चीकै यौनसन्तुष्टिको कारण नभइ कतिपय अवस्थामा पार्टनरको रेस्पेक्ट र उनीहरुलाई गरेको प्रेमको कारण पनि यस्तो झुटो बोल्ने गरेको अनुसन्धानले देखाएको हो ।
कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौनजोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने फेक अर्गाजम गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त भन्ने प्रशनको जवाफमा ति शोध अनुसन्धानले देखाएका छन् ।