काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘ए’ वर्गका १४ वटा प्रयोगशालाहरुको अनुगमन गरेका छन्। अनुगमनका क्रममा ‘ए’ वर्गका प्रयोगशालाहरुमध्ये अधिकांश मापदण्ड विपरीत सञ्चालित रहेको पाइएको थियो।
अनुगमनका क्रमममा स्वास्थ्य मन्त्री बस्नेतले नयाँ बानेश्वरस्थित अल्फा किएर एण्ड डाइग्नोस्टिक सेन्टर र सुरिया हेल्थकेएर प्रयोगशालाको अनुगमन गरेका हुन्।
मन्त्री बस्नेतले अनुगमन गर्ने क्रममा ‘ए’ वर्गमा प्रयोगशालामध्ये भक्तपुर १, काठमाडौं १२ र ललितपुर १ गरी १४ वटा प्रयोगशाला रहेका छन्।
स्वास्थ्य मन्त्री बस्नेतले ‘ए’ वर्गका भनिएका अधिकांश प्रयोगशाला मापदण्ड विपरीत रहेको बताएका छन्। ‘ए’ वर्गका १४ वटा ल्याब परीक्षण गर्दा अधिकांश मापदण्डविपरीत रहेको पाइएपछि मन्त्री बस्नेतले अनुगमनलाई निरन्तरता दिने बताएका छन्।
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधार गर्न प्रयोगशालासंगै अस्पताल, फार्मेसी तथा उपकरणसमेतको अनुगमनलाई तीब्रता दिइएको बताएका छन्। अनुगमनका क्रममा सरसफाइ नभएको, बडापत्रमा मुल्यसुची नराखिएको पाइएको थियो।
सुरिया हेल्थकेएर प्रयोगशालामा भने कम्प्लेक्सको तेस्रो तल्लामा प्रयोगशाला राखिएको र प्रयोगशालाको वातावरण अशान्त भएको पाइयो।
प्रयोगशालामा भएका कोठाहरु पनि स–साना थिए। त्यस्तै ‘ए’ वर्गको प्रयोगशालामा तीनजना मात्र कर्मचारी रहेको मन्त्री बस्नेतले बताएका छन्। अनुगमनपछि मन्त्री बस्नेतले कतिपय विदेशमा पठाएर गरिने ल्याब परीक्षण सम्भव भएसम्म नेपालमै गर्नको लागि उपकरणको व्यवस्था गर्ने बताएका छन्।
उक्त प्रयोगशालामा कर्मचारीको हाजिरीको विवरण समेत नराखिएको मन्त्री बस्नेतको भनाइ छ। अनुगमनमा मन्त्री बस्नेतसहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झा लगायतको टोली संलग्न थियो।