देशभर डेंगी संक्रमण बढ्दो क्रममा छ । वर्षा सुरु भएसंगै फैलिन सुरु गरेको डेंगी संक्रमणले महामारीकै रुप लिएको छ ।
डेंगी संक्रमण अझै केहि महिना फैलन सक्ने जोखिम रहेकाले संक्रमणबाट जोगिन चिकित्सकहरुको सुझाव छ ।
डेगी संक्रमण भएमा कस्ता लक्षण देखिन्छन् ?
उच्च ज्वरो
जीउ दुख्ने
आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने
जोर्नी दुख्ने
शरीरमा बिमिरा आउने
वाकवाकी लाग्ने
पेट दुख्ने
नाक वा गिजाबाट रगत बग्ने
शरीरमा रगत जमेको दागहरू देखापर्ने
बेहोस हुने जस्ता लक्षण देखा पर्दछ ।
एडिस एजप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको संक्रमण जुनसुकै उमेरसमूहलाई पनि हुन सक्दछ ।
यसको संक्रमण गराउँने लामखुट्टे सफा पानीमा अन्डा पार्ने भएकाले ग्रामीणभन्दा सहरी क्षेत्रमा यसको प्रकोप बढी देखिएको छ ।
डेंगीं संक्रमणबाट जोगिने उपाय
लामखुट्टेको टोकाइबाट बच्ने
लामखुट्टोको वृद्धि विकास रोक्ने
गमला, फूलदानी, ड्रम, टायर आदिमा पानी जम्न नदिने
घर तथा कार्यालय वरिपरि पानी जम्न नदिने र सफा–सुग्घर राख्ने
डेंगी गराउने लामखुट्टेले प्रायजसो दिउँसो टोक्ने भएकाले पुरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने ।
डेंगीं संक्रमण भएमा के गर्ने के नगर्ने ?
बिरामी भइसकेपछि लक्षणका आधारमा उपचारमा जाने
घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नका लागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
प्रसस्त झोलिलो खानेखुरा खाने, कम्तीमा एक जना वयस्कले पाँच चिया गिलास भन्दा बढी पिउने तर पानी मात्र बढी नपिउने यसले लवणको मात्रा अनियन्त्रित हुनसक्छ ।
एन्टिबायोटिक औषधिको प्रयोग जताभावी नगर्ने । डेंगीं रोगको कुनै औषधी तथा खोप बनेको छैन । त्यसैले संक्रमणबाट जोगिनु नै यसको सबैभन्दा ठूलो उपचार हो ।