-मुटुको समस्या भएका मानिसले जैतुनको तेल प्रयोग गर्दा राम्रो हुन्छ । यसको नियमित प्रयोग मुटु मात्र नभएर मस्तिष्कलाई पनि फाइदा पुर्याउँछ ।
-जैतुनको तेललाई ‘भर्जिन ओलिभ ओेयल’ भनेर पनि चिनिन्छ । यसको नियमित सेवन गर्दा क्यान्सरबाट जोगिनसमेत सहयोग पुग्छ । यसले हाडलाई पनि मजबुत बनाउने गर्छ ।
-उच्च रक्तचाप र मधुमेहका बिमारीलाई यो तेल निकै फाइदाजनक मानिन्छ ।
-तपाईंमा माटोपनाको समस्या छ र यसलाई घटाउन चाहनुहुन्छ भने आजैदेखि जैतुनको तेल सेवन गर्न थाल्दा राम्रो हुन्छ ।
-जैतुनको तेलले मसाज गर्दा छालालाई पनि उत्तिकै फाइदा पु¥याउँछ । कपाल स्वस्थ राख्नका निम्तिसमेत यो निकै उपयोगी मानिन्छ ।
-कुनै समयमा जैतुनको तेललाई ठोक्किएको, मर्किएको अंगलाई निको पार्न प्रयोग गरिन्थ्यो । यही प्रयोजनका लागि अहिले पनि गाउँघरतिर सानो सिसीमा जैतुनको तेल सुरक्षित रूपमा राखेको पाइन्छ।
-यौन क्षमता बढाउनसमेत जौतुनको परिकार उपयोगी मानिन्छ । यसका लागि १० ग्राम दालचिनी र ३० ग्राम जैतुनको तेलको मिश्रण गराएर शरीरमा मालिस गर्न सकिन्छ ।
-मेकअपलाई हटाउनदेखि ओठलाई मुलायम बनाउनमा पनि यसको प्रयोग हुन्छ । जैतुनको तेलले मालिस गरेर फुटेको खुट्टालाई निको पार्न सकिन्छ ।
-यो तेलको नियमित प्रयोग गर्दा नङको स्वास्थ्यमा पनि फाइदा पुग्छ ।
-जैतुनको तेल प्रायः युरोपेली मुलुकमा प्रयोग गरिन्छ । त्यस्ता मुलुकमा खाना पकाउने प्रयोजनमा प्रयोग हुन्छ । इटालियन खानाका लागि त झन् यस्तो तेललाई अनिवार्य रूपमा लिइन्छ ।
-सलादमा पनि जैतुनको तेल प्रयोग गर्दा निकै स्वस्थकर हुन्छ । नेपालका पनि प्रायः होटेलमा केही मात्रामा भए पनि यसको प्रयोग गरिन्छ । घरायसी प्रायोजनमा यो तेल प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ ।
-मध्यपूर्वी एसियामा जैतुनको तेल मात्र नभएर जैतुन नै पनि अत्यधिक प्रयोग गरिन्छ । ती मुलुकमा यसको उत्पादन पनि प्रशस्त हुने भएकाले सुलभ पनि हुन्छ ।
यसका प्रकार
-साधारणतया जैतुन हरियो र कालो रङमा उपलब्ध हुन्छ । र, यसबाट तेल निकालिन्छ ।
-भर्जिन, एक्ट्रा भर्जिन, पियोर ओलिभ ओयल र लाम्पान्टे ओएल गरी जैतुनका तेललाई चार भागमा विभाजन गरिएको छ । पहिलो तीन प्रकारको जैतुनको तेललाई खाना पकाउन, मसाज गर्न र अन्य प्रायोजनका लागि उपयोगी मानिन्छ भने लाम्पान्टेलाई भने इन्धनका रूपमा मात्र प्रयोग गरिन्छ । लाम्पान्टे खाना पकाउनका लागि उपयुक्त मानिँदैन ।
-एक्ट्रा भर्जिन ओलिभ ओेएल सबैभन्दा महँगो हुन्छ ।