काठमाडौं - प्रजनन् स्वास्थ्य सम्बन्धि गरिएको जाँचहरुमा केहि असामान्यता नदेखिनु भनेकै अज्ञात करणले गर्भधारणमा समस्या भएको बुझ्नु पर्छ । यसमा निम्न कुराहरु हुन सक्छ ।
विभिन्न तनावका कारण वा अत्याधिक थकानका कारण यौन सम्बन्ध पर्याप्त नहुने
दुरीका कारण धरै लामो समय देखि यौन सम्पर्क नभइरहेको हुन सक्ने
महिनावारीको चक्रलाई ख्याल नगर्दा उच्च उर्वर समयमा यौन सम्पर्क नहुने
महिला शरीरमा पर्याप्त अण्डा भएपनि अण्डाको गुणस्तर उचित नभएको हुन सक्ने
पुरुषको शुक्रकिटको बनोट, चाल र संख्या उचित भएपनि अनुवंशिक समस्या भएको हुन सक्ने
महिलाको पाठेघरभित्रको वातावरण भ्रूण टाँसिन वा वृद्धि हुन उचित नहुन सक्ने
महिलाको शरीरमा शुक्रकिट प्रवेश गर्नासाथ निजानौं, गर्भधारण नहुनुका अज्ञात कारण के हुन् ?ष्क्रिय हुने
महिलाको शरीरले उत्पादन गर्ने एन्टीबडीले शुक्राणुलाई निष्क्रिय पारिरहेको हुन सक्ने
महिलाको शरीरले पर्याप्त समयसम्म भ्रूणलाई उचित स्थानमा राख्न नसक्दा गर्भपात हुने
प्रारम्भिक तहका इन्डोमेट्रियोसिसको समस्या हुन सक्ने
महिलाको शरीरमा पुगेर पनि शुक्राणुले डिम्बलाई निषेचन गर्न नसक्ने
यस्तै थुप्रै कारणले गर्भधारण नभएको हुन सक्छन् जुन विशेष निगरानीमा राखेर पटक पटक जाँच गर्दै विकास क्रमलाई नियाल्दै निर्क्यौल गर्न सकिन्छ र सफलता पाउन सकिन्छ ।
अज्ञात कारणले गर्भधारणमा समस्या आए के गर्ने ?
अज्ञात कारणले गर्भधारण हुने समस्या देखिएमा आफन्त र आत्मीय मित्रबाट सहयोगको आवश्यकता पर्न सक्छ । सकारात्मकता बढाउन वा मनोबल सबल बनाउन आफ्ना नजिकका मानिसहरु, चिकित्सक वा यस्तै समस्या भएका मानिसहरुको सहयोग समुहको सहयोग लिन सकिन्छ ।
त्यस्तै, आफ्नो खानपानमा सुधार गर्न सक्नुहुन्छ । प्रजनन् विकासमा सहयोग पुर्याउने भिटामिन भरपुर मात्रामा भएको खाना खाने गर्नुपर्छ । मद्यपान, धुम्रपान वा लागूपदार्थको सेवन बन्द गर्नुपर्छ ।
कतिपय अवस्थामा तनावले पनि सन्तान प्राप्तिमा बाधा पुर्याइरहेको हुन सक्छ त्यसैले तनाव कम गर्ने योग वा व्यायाम गर्नुपर्छ । औषधि सेवनबाट पनि सन्तान प्राप्तिको बाटो खुल्न सक्छ त कहिले अन्य आधुनिक उपचार विधि पनि अपनाउनु पर्ने हुन सक्छ ।
(वास्तल्य आइभिएफ सेन्टरले प्रकाशित गरेको लेख)