काठमाडौं - नेपाललगायत अधिकांश देशमा पाइने बोझो वनस्पतिको वैज्ञानिक नाम ‘एकोरस क्यालामस’ हो । यसलाई अंग्रेजीमा ‘स्वीट फ्ल्याग रुट’ भनिन्छ।
यो वनस्पति सानो हुन्छ । विशेषगरी प्रायः पानी जमेजानौं, गाउँघरमा पाइने बोझोको औषधिय गुणर हिलो भएको ठाउँ अर्थात् दलदलमा धेरै फैलिन्छ । यो समथर भूभागदेखि १८०० मिटरको उँचाइसम्म पनि पाइएको छ ।
विज्ञहरूले यसको मुख्य प्रभाव मस्तिष्क, रुद्रघण्टी (भोकल कर्ड), पेट, कलेजो, फोक्सो र गर्भाशयमा राम्रो पर्ने बताउँछन् । त्यसैले यी अंगसँग सम्बन्धित रोग भएकाहरूलाई यसको पात तथा जराको उपयोग गरिन्छ।
पतञ्जलीले यसका टुक्रा वा चूर्णको उपयोगले शरीरमा जम्मा भएको विषाक्त पदार्थ निष्कासन गर्न मद्दत गर्ने उल्लेख गरेको छ।
माइग्रेनबाट पीडित भएकाहरूका लागि बोझो साह्रै लाभप्रद औषधिको रूपमा वर्णन गरिएको छ। बोझो र पिप्लाको चूर्ण मिसाएर सुँघे माइग्रेनको पीडा कम हुने बताइएको छ । यसलाई स्मरणशक्तिवद्र्धक औषधिका रूपमा पनि लिइन्छ।
नाक बन्द भए, हाच्छिउँ आइरहने, घाँटी खसखसाएको वेला बोझोको उपयोग गर्न सकिन्छ। छाती घ्यारघ्यार वा भारी भएको, फोक्सोमा जलन भएको, अधिक खोकी लागेको, कफ जम्मा भएको र श्वासप्रश्वास सम्बन्धी एलर्जी भएका वेला उपचारका लागि यसको प्रयोग गरेको पाइन्छ।
गाउँघरमा अझै पनि ज्वरो आएको वेला निधारमा यसलाई पिसेर टाउकोमा लगाउने गरिन्छ । त्यसैगरी घाउखटिरा आएका वेला पनि यसलाई पिसेर पानी घोली घाउ वरिपरि लगाइन्छ।
कफले सताएको वा घाँटी दुखेका वेला बोझोको ५०० मिलिग्राम चूर्ण मनतातो दूधमा हालेर खाए जमेर बसेको कफ विस्तारै बाहिर निस्कन थाल्छ। घाँटीको दुखाइ पनि तत्कालै कम हुन थाल्छ।
यसका अनेक फाइदा छन् तर गर्भवतीहरूलाई भने यसको प्रयोग गर्न वर्जित गरिएको छ । अरूलाई निरन्तर (लामो समय) र उच्च मात्रामा यसको उपयोग नगर्न पनि सुझाइएको छ ।