गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरू
१. गर्भ बसेको २ महिनाभित्र अस्पताल गएर चिकित्सकलाई देखाएर सबै जाँच गर्ने ।
२. चिकित्सकले दिएको औषधि नियमित खाने ।
३. सम्भव भएसम्म महिनामा एकपटक फलोअपका लागि अस्पताल जाने, यदि सम्भव छैन भने बच्चा चल्न थालेपछि अथवा ५ महिनाको गर्भ जँचाउनका जसरी भएपनि जाने । किनभने ५ महिनामा भिडियो एक्सरेमार्फत बच्चाको हरेक अंगको विस्तृत जाँच हुन्छ साथै थप औषधि र भ्याक्सिन दिइन्छ ।
४. गर्भ रहेकोे थाहा पाउनेबित्तिकै, पाँचौँ महिना, आठौँ महिना, चिकित्सकले तोकेको डेलिभरी डेट भन्दा एकहप्ता अघि र डेलिभरी डेटमा गरी ५ पटक अनिवार्य गर्भ जाँच गर्ने ।
५. टाउको धेरै दुख्यो, बच्चा कम चल्यो, रक्तस्राब भयो, मुर्छा पर्ने लगायतका समस्या देखियो भने तुरुन्त अस्पताल जाने ।
६. तागतिलो, झोलिलो खानेकुरा खाने ।
७. उमालेको पानी प्रशस्त पिउने ।
८. क्यालोरी, क्याल्सियम, आइरन र प्रोटिनयुक्त खानेकुरा खाने ।
९. गर्भावस्थामा दिउँसोको समयमा २ घन्टा सुत्दा बच्चा र आमाको स्वास्थ्यलाई फाइदा पुग्छ ।
१०. गर्भावस्थामा गरिने प्रिनाटल योगा गर्ने । योग गर्दा डेलिभरीको समयमा सहज हुन्छ ।
११. तनाव नलिने ।
१२. सम्भव भएसम्म नियमित एउटै चिकित्सकलाई देखाउने ।
सुत्केरी भइसकेपछि ध्यान दिनुपर्ने कुराहरू
१. सन्तुलिन खाना खाने ।
२. पर्याप्त आराम गर्ने ।
३. ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा धमिलो हुने, योनिबाट रगत बग्ने, पिपजस्तो योनीस्राब हुने, तल्लो पेट धेरै दुख्नेजस्ता समस्या आएमा चिकित्सकस“ग परामर्श लिने ।
४. दैनिक पिसाब भएन चिकित्सकसँग सल्लाह लिने ।
५. सरसफाइमा ध्यान दिने ।
६. यो बेलामा स्तन गान्निने, स्तन पाक्ने समस्या हुन सक्छ । त्यसैले बच्चालाई दूध चुसाइरहने ।
७. दूध आएन भने पनि चुसाइरहने ।
८. सुत्केरी अवस्थामा विभिन्न खाले मानसिक समस्या देखिन सक्छ । त्यसैले परिवारले सुत्केरीको राम्रोसँग हेरचाह गर्ने ।