काठमाडौं - गर्भावस्थाका विभिन्न चरणमा भिन्न किसीमका लक्षणहरु देखिने गर्छन् । गर्भवती महिला अनुसार लक्षण पनि फरक देखिने गर्छ ।
धेरैजसो गर्भवती महिलामा प्राय उस्तै देखिने केहि लक्षणहरु यस प्रकार रहेका छन् ।
वाक वाक लाग्नु
बिशेषगरी बिहानको समयमा वाक वाक लाग्ने समस्या बढि हुन्छ । तर दिन वा रात जुनसुकै समयमा पनि यो समस्या देखापर्न सक्छ । वाकवाकी वा वान्ता गर्भवती भएको १२ देखि १४ हप्तासम्म भइरहन्छ । कहिलेकाहिँ गर्भावस्था भरी नै हुन सक्छ ।
रोकथाम
कम समयको अन्तरालमा थोरै थोरै खानेकुरा खाइरहने
खानाको साथमा तरल पदार्थ नपिउने बरु खानाको बिच बिचमा पिउने
तारेको चिल्लो मसालेदार खानेकुरा नखाने
पेट वा छाती पोल्नु
धरैजसो गर्भवती महिलाहरुमा पेट वा छाती पोल्ने समस्या देखा पर्दछ । शिशुको जन्म भएपछि यो समस्यामा सुधार आउने गरेको पाइएको छ ।
रोकथाम
कम समयको अन्तरालमा थोरै थोरै खानेकुरा खाइरहने
खाना खाइसकेपछि हिड्ने वा सिधा भएर बस्ने
सिरानीमा टाउको राखेर सुत्ने
अल्काई र कब्जियत
ठुलो आन्द्राको अन्त्यतिर (मलद्धारा) शिरा फुल्ने, जुन कहिले काहिँ मलद्धारबाट बाहिरी अल्काई बाहिर निस्कन सक्छ । शिरा फुल्ने, ठुलो आन्द्राको भित्री भागमा पनि आन्तरीक अल्काई हुन सक्छ । रक्तस्राव चिलाउने तथा दुख्ने यसका सामान्य लक्षण हुन् ।
रोकथाम
रोशादार खानेकुरा खाने
दिसा गर्दा धेरै जोडका साथ नगर्ने
हरेक पटक दिसा गरेपछि मलद्धार राम्ररी सफा गर्ने
धेरै समयसम्म एकै स्थानमा नबस्ने, बिषेशगरी कडा कुर्सीमा नबस्ने
खुट्टा बाउँडिने
धेरैजसो महिलामा खुट्टा बाउँडिने समस्या देखिने गर्छ । यो सास्या बिशेषगरी गर्भावस्थाको दोस्रो र तेस्रो चरणमा देखिने गर्छ । त्यस्ते रातको समयमा बढि खुट्टा बाउँडिने हुन्छ ।
रोकथाम
खुट्टालाई सिधा पार्ने खुट्टालाई तन्काउँदा बुढि औंला नतेर्साउने
पैतालालाई निहुराउने जसले गर्दा बुढि औंला र कुरकुच्चा माथितिर फर्कन्छ ।
पिडौला मसाज गर्ने र पिडौला खुम्चाउनलाई हिड्ने
डिप भेन थ्रमबोसिस
अत्याधिक खुट्टा दुख्ने वा गल्ने, खुट्टा र पैताला सुन्निने र ज्वरो आउने, खुट्टा निलो वा फुंग उडेको रंगको हुनसक्छ जुन छुदाँ चिसो वा तातो महसुस हुन्छ ।
रोकथाम
डिप भेन थ्रमबोसिसले जिवन नै नाश गर्न सक्छ र यसलाई उपचारको आवश्यक पर्छ ।
ढाड दुख्ने
पेटको आकार क्रमश बृद्धि हुदै जाने हुनाले यसले पिठ्युमा जोड दिदैँ जाने हुनाले ढाड दुख्छ ।
रोकथाम
पेट अघिल्तिर र काँध पछाडि पट्टि राखेर उभिनुहुदैँन । यसको ठिक उल्टो स्थितीमा उभिने गर्नुपर्छ ।
रक्तअल्पता: रातो रक्त कोषिकाको संख्या सामान्य भन्दा थोरै हुनु
थकान महसुश गर्नु, पहेलो देखिनु, चक्कर आउनु यसका लक्षणहरु हुन् ।
रोकथाम
रक्तअल्पताको कारण पत्ता लगाउने क्रममा स्वस्थ्य रातो रक्त कोषिकाको संख्या बढेर जान्छ । गर्भावस्थाका महिलामा रक्तअल्पताको समस्या गर्भावस्थामा देखिने केहि समस्याहरु र रोकथामको उपायआउन नदिन आइरन चक्कि र फोलिक एसिड विकल्पमा दिइन्छ । रक्त अल्पताको समस्या आउन नदिन चिकित्सकले गर्भावस्थाको समयअवधिभर आइरनको जाँच गराइरहनुपर्छ ।
उदासी: गर्भावस्था वा शिशु जन्मेपछिको समयमा धेरै दुखि हुनु
धेरै उदासिनता , निसहाय र रिसाउने, आहारमा बदलाव, आफु स्वयंम वा बच्चालाई नोक्सान पुर्याउने सोच आउन सक्छ ।
रोकथाम
कुनै महिला गर्भवती भएपछि उनिहरुलाई एक वा अन्य उपचारको मेल गरेर उपचार गरिन्छ । जस्तै थेरापी, सहयोग समुह, औषधि दिइन्छ ।
आमाको उदासिले बालबालिकाको विकासमा असर पर्छ । त्यसैले समयमा नै उपचार गराउनु आमा र शिशु दुवैको लागी फाइदाजनक हुन्छ ।