काठमाडौं - किसमिस प्राय मीठाइमा प्रयोग गरिन्छ। धेरैजसो बालबालिकाहरु किसमिस मन पराउँछन्। गर्भावस्थामा सुख्खा फल जस्तो किसमिस खाने गर्नाले शरीरमा फलामको कमी हुँदैन। आमा र गर्भमा बढेको भुण्रका लागि किसमिसमा रहेका पोषक तत्त्वहरू धेरै फाइदाजनक हुन्छन्। किशमिश खाएमा गर्भवती र भुण्रमा हुने फाइदाहरु यस्ता छन् ।
किसमिसमा उच्च फलामका साथै भिटामिन, खनिज र प्रोटिन पाइन्छ । जो भुण्रको स्वास्थ्य र शारीरिक विकासको लागि धेरै महत्त्वपूर्ण हुन्छ। किसमिस खानाले मांसपेशीहरू बलियो पार्छ। गर्भावस्थामा, शरीर सुस्त, थकान र ऊर्जा को कमी महसुस हुन्छ । यस अवस्थामा, किसमिस खानु गर्भवती महिलालाई स्वस्थ साबित हुन सक्छ।
किसमिसले शरीरलाई उर्जा दिन्छ। गर्भावस्थामा शरीरमा उर्जाको अभाव एउटा सामान्य समस्या हो, त्यसैले किसमिस खाए स्वस्थ हुन सकिन्छ ।
यसमा क्याल्सियम र फलाम प्रशस्त हुन्छ। दिनमा १०/१२ किसमिस खाएमा गर्भमा बढेको बच्चाको हड्डीहरू मजबूत हुन्छन्। तिनीहरूको समग्र शारीरिक र मानसिक विकास पनि सुधार गर्दछ।
गर्भावस्थामा बान्ता धेरै महिलालाई हुने गर्दछ । गर्भवतीको स्वास्थ्यको साथै बच्चाको राम्रो शारीरिक र मानसिक विकासका लागि ९ महिनाका लागि स्वस्थ आहार लिन धेरै महत्त्वपूर्ण छ। किसमिसमा पोटेशियम, फाइबर, म्याग्नीशियम हुन्छ । यी सबै तत्वहरूले रोगको समस्याबाट पनि राहत प्रदान गर्दछन्।
गर्भावस्थामा एनीमिया समस्या पनि देखिने गरेको पाइन्छ । यसले शरीरमा फलामको कमी गर्दछ। सानो किसमिसमा पर्याप्त फलाम, भिटामिन बी हुन्छ । यसले सेवनले एनीमियाको समस्याबाट बचाउँछ।