एजेन्सी। दुषित भोजनको सेवनबाट फूड पोइजनिङ हुने गर्दछ। यो यस्तो प्रकारको समस्या हो जसको उपचार आफैँ गरेर एक दुई दिन या एक हप्तामा सामान्य हुन सकिन्छ।
फूड पोइजनिङको सामान्य लक्षणहरु उल्टि हुनु, वाकवाकी लाग्नु, ऐंठन हुनु लगायत हुन् । फूड पोइजनिङ लामो समय रहने रोग नभए पनि गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाहरुलाई भने यसले धेरै नै समस्यामा पार्छ ।
प्रदूषित खानेकुराका कारण हरेक वर्ष ६० करोड मानिस बिरामी हुन्छन् भने ४ लाख २० हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तंथ्यांक छ।फूड पोइजनिङ भएको बेला अत्याधिक पानी, चिया या जुस पिउनु पर्दछ । यसले तपाईँको शरीरमा हुने निर्जलिकरणलाई कम गर्न मद्धत गर्दछ । फूड पोइजनिङबाच बच्न यी कुराहरुमा ध्यान दिनुपर्छ।
‘फूड पोइजनिङ’ भए के गर्ने ?
मादकपदार्थ, दुध या कफिनयूक्त पेय पदार्थ नखाने
नरम खाद्य पदार्थ सेवन गर्ने, जस्तै भात, केरा, टोस्ट आदी ।
मसलादार, अत्याधिक तेलयूक्त र हाई फ्याटयूक्त खानेकुरा नखाने ।
आफ्नो खानामा प्रोबायोटिक्स् समाबेश गर्नुहोस्, यसले राम्रा व्याक्टेरियालाई पुनः ल्याउन मद्धत गर्दछ ।
हरिया खानेकुराहरु, तुलसीको पात, धनिया, जीरा खाने।
अत्याधिक पानी, चिया या जुस पिउने।
सम्भव भएसम्म आराम गर्नुहोस्, किनभने फुड पोइजनिङले थकानलाई बढाउँछ । यति गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा चिकित्सकलाई देखाएर औषधी प्रयोग गर्नुपर्दछ ।