काठमाडौं - गर्भनली महिला प्रजनन् अङ्गको महत्वपूर्ण अङ्ग हो । पाठेघरको दुवै छेउबाट एक एक गरी निस्केका नलि आकारका यी अङ्ग जम्मा दुईवटा हुन्छन् । यहाँ डिम्ब र शुक्रकिटको मेल भई गर्भधारणको प्रक्रिया शुरु हुन्छ। यसमा कुनै प्रकारको अवरोध भएमा वा कुनै रुपले यो बन्द भएमा गर्भधारणमा समस्या आउँछ। गर्भनलि एउटा मात्र वा दुईवटै पनि बन्द हुन सक्छ ।
गर्भनलि बन्द हुने प्रमूख कारणहरु
पेल्विक इन्फ्लेमेटरी रोग
क्षयरोग
यौनजन्य रोग
गर्भनलिको शल्यक्रिया
एक्टोपिक गर्भावस्था
जन्मजात नलि बन्द भएको
गर्भनलि बन्द भएको लक्षण
महिलाले आफ्नो गर्भनलि बन्द भएको थाहा पाउँदैनन् । सन्तान प्राप्त गर्ने कोसिसमा लाग्दा असफल भएपछि जाँच गर्दा मात्रै यो समस्या थाहा पाउँन सकिन्छ ।
इन्फेक्सन का कारण गर्भनलि बन्द भएमा (हाइड्रोस्पालिन्क्स) नलि सुन्निएर तल्लो पेट दुख्ने वा योनिबाट असामान्य रुपमा तरल पदार्थ आउने समस्या हुन सक्छ ।
गर्भनलि बन्द भएको पहिचान कसरी गर्ने ?
एक विशेष किसिको एक्स रे, हिस्टोरोस्लोग्राफीको मद्दतले गर्भनलि बन्द भएको वा नभएको थाहा पाउन सकिन्छ । यसमा एक विशेष किसिमको तरल पदार्थ को प्रयोग गरिन्छ । यो तरल पदार्थ कुनै रुकावट भएमा पूर्ण अंगमा फैलिन सक्दैन र यसले अवरोध रहेको जनाउँछ । यो प्रक्रिया अपनाउँदा कहिले काँहि असजिलो महसुस हुन सक्छ र थोरै पीडा पनि हुन सक्छ ।
गर्भनलि बन्द भएमा सन्तान प्राप्तिको उपचारको लागि के गर्ने ?
गर्भनलि बन्द भएमा पहिला बन्द हुनुको कारण र कति बन्द छ पत्ता लगाउनु जरुरी हुन्छ । सामान्य किसिमको रुकावट भएमा (जस्तै कुनै अवशेषका कारण ,मलबे) लेप्रोस्कोपी सर्जरी प्रयोग गर्न सकिन्छ । यदि अवरोध धेरै भएमा आइ भि एफ प्रक्रिया अपनाउन सकिन्छ ।
(वास्तल्य आइभिएफ सेन्टरको अफिसियल पेजबाट साभार)