कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भएको छ । अभावको फाइदा उठाउँदै व्यापारीहरुले अवैध तरीकाले मुल्यसमेत बढाइरहेका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट जोगिन सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ । जसका कारण पनि बजारमा सेनिटाइजरको माग ह्वात्तै बढेको हो ।
बजारमा सेनिटाइजर अभाव भए पनि केही विशेषज्ञहरूले घरैमा पनि सेनिटाइजर बनाउन सक्ने उपाय सुझाएका छन् । यसरी बनाएको सेनिटाइजर प्राकृतिक मात्रै हुने छैन बजारमा पाइने भन्दा सुरक्षित पनि हुने उनीहरूको दावी छ । सेन्टर फर डिजिज एण्ड प्रिभेन्सनले अल्कोहलयुक्त सेनिटाइजर कोरोना भाइरसविरुद्ध संसक्त रहेको जनाएको छ ।
यस्ता सेनिटाइजरमा अल्कोहलको मात्रा ६० प्रतिशत हुने गरेको छ । यस्तो अवस्थामा बजारमा पाइने अल्कोहलयुक्त सेनिटाइजर सबैलाई राम्रो हुन्छ भन्न पनि सकिदैन । यसकारण घरको सेनिटाइजर राम्रो हुनसक्छ । आवश्यक सामाग्री घरमा सेनिटाइजर बनाउन जम्मा चार सामाग्री आवश्यक पर्छ ।
भोड्का (सबै भन्दा सस्तो भए पनि हुन्छ)
एलोभेरा जेल
एसेन्सियल आयल
प्लाष्टिक वा शिशाको बोतल विधि
सबै भन्दा पहिला प्लाष्टिक वा शिशाको बोतलमा दुई तिहाइ भर्ने गरी भोड्का राख्ने । यस्तो भोड्कामा ३५–४० प्रतिशत अल्कोहलको मात्रा हुनुपर्छ । अब यसमा केही थोपा एसेन्सियल आयल राख्ने ।
बजारमा आफूलाई मन पर्ने बास्नामा एसेन्सियल आयल पाइन्छ । अन्तमा यसमा एलोभेराको जेल राख्नुपर्छ । एलोभेराको जेलले सेनिटाइजरलाई गाढा बनाउने गर्छ ।
सेनिटाइजर कत्तिको गाढा राख्ने सोही हिसाबले एलोभेरको जेल प्रयोग गर्न सकिन्छ । साथै पटक पटक अल्कोहल प्रयोग गर्दा छाला सुख्खा हुनसक्छ । एलोभेराको जेलले छालालाई सुख्खा हुन दिँदैन ।
यसरी तयार भएको सेनिटाइजरलाई बन्द गरेर राख्ने आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । घरैमा बनाएको सेनिटाइजरको फाइदा बजारमा पाइने सेनिटाइजरमा अनावश्यक केमिकल मिसाएको पनि हुनसक्छ । जसले तपाईंको हातको छाला बिग्रन पनि सक्छ । तर घरमा बनाइएको सेनिटाइजरमा कुनै अप्राकृतिक तत्व मिसाएको हुँदै यस हिसाबले यो सुरक्षित हुन्छ ।