परिचय
मौसममा परिवर्तन हुने समयमा घाँटीमा विभिन्न प्रकारका संक्रमण हुने गर्छ । यो समय घाँटीमा संक्रमण धेरै हुने समय पनि हो । इन्फुन्ल्जा तथा विभिन्न प्रकारका भाइरल इन्फेक्सन बढी हुने समय हो यो । बिशेषगरी बच्चाहरुमा रुघाखोकी लगायत विभिन्न प्रकारका रोगहरुको प्रकोप यस समयमा बढी मात्रामा देखा पर्ने गर्छ ।
आजकाल भाइरसको संक्रमणका कारण घाँटीमा संक्रमण हुने संख्या बढ्दो रुपमा रहेको छ । बच्चाहरुमा घाँटीमा संक्रमण हुँदा उनीहरुले खोक्दा, हाच्छिउँ गर्दो उनीहरुको थुकको माध्यमबाट घाँटीमा भाइरसको कणहरु बाहिर निस्कने गर्छ । यसरी बाहिर निस्केका कणहरु हावामा फैलेर वरिपरि भएका जो कोही मानिसमा पनि सर्न सक्छ ।
पहिलादेखी घाँटीको समस्या भएका तथा रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरुमा यस प्रकारको संक्रमण चाँडै हुने गर्छ । यदि बिरामीले हाच्छिँउ गर्दो बढी मात्रामा संक्रामक किटाणुहरु निस्केको छ भने त्यसको असर अन्य व्यक्तिलाई बढी मात्रामा पर्ने गर्छ ।
अस्पताल आउने बिरामी संख्या बढे
यो घाँटीको संक्रमण हुने मौसम पनि भएका कारणले होला यस्ता समस्या लिएर आउने बिरामीको संख्या पछिल्लो समय बढ्दो रुपमा रहेको छ । वयस्क मानिसहरुमा भन्दा पनि बच्चाहरुमा घाँटीको संक्रमण पछिल्लो समय एकदमै बढेको पाइन्छ । घाँटीका साथै नाक र कानको संक्रमण पनि पछिल्लो समय बढेको छ ।
घाँटी संक्रमणको उपचार कसरी गरिन्छ ?
भाइरसका कारण भएको संक्रमण तथा ब्याक्टेरिका कारण भएको घाँटीको संक्रमणका लागि फरक फरक उपचार विधि र लक्षणहरु फरक फरक हुने गर्छन् । यदि भाइरसका कारण घाँटीको संक्रमण भएको हो भने ज्वरो मात्रा एकदमै उच्च हुने, घाँटी दुख्ने, निल्न असहज हुने,घाँटीको भित्री भाग रातो देखिने ,खकार आउने , खोकी लाग्ने, जस्ता लक्षणहरु देखा पर्छन् ।
तर भाइरसका कारण भएको संक्रमणमा भने बिस्तारै बिस्तारै ज्वरोको मात्रा बढ्दै जाने ,दुखाई मात्रा बढी हुने,संक्रमण २ देखी ३ दिनसम्म भएको खण्डमा घाँटीमा सेतो सेतो फोका देखा पर्न सक्छन् । संक्रमण भाइरस वा ब्याक्टेरिया के कारणले भएको हो भन्नेबारे छुट्याउन भने जोकोहीले सक्दैनन् । भाइरसका कारण भएको संक्रमणमा एन्टि भाइरल ड्रपहरु दिएर संक्रमणको उपचार गर्ने गरिन्छ ।
सामान्यतया ज्वरो औषधि सेवन, घाँटी कुल्ला गर्ने लगायतका उपचार गरिन्छ । यदि भाइरल संक्रमण हो भने ४– ५ दिनको औषधि उपचार पश्चात् आफै निको हुने गर्छ । ब्याक्टेरियल कारण भएको संक्रमणमा प्राय जसो एन्टिबायोटिकको प्रयोग गरिन्छ । अहिले दुवै खालका समस्या लिएर बिरामीहरु आउने गरेका छन् ।
घाँटीको संक्रमणका कारण आउन सक्ने जटिलता
घाँटीको संक्रमणका कारण बच्चा तथा ठूला मान्छेहरुमा फरक फरक प्रकारका जटिलताहरु आउने गर्छन् । बच्चाहरुमा यस प्रकारको संक्रमण छिटो गरी फैलन सक्छ । शारिरीक बनोटका हिसाबले बच्चाहरुको बनोट कमजोर हुने भएकोले पनि उनीहरुमा संक्रमण छिटो फैलिएको हो ।
घाँटीमा टन्सिलको संक्रमणमा डरलाग्दो प्रकारको ब्याक्टेरिया हुने भएकोले बालबालिकामा मुटुको रोग लाग्ने जोखिम पनि हुन्छ ।
घाँटीमा हुने संक्रमणबाट कसरी बँचे
सकेसम्म मास्कको प्रयोग गर्ने ।
बालबालिकाको खानामा पोषणमा मात्रा पर्याप्त हुनुपर्छ ।
घाँटीमा असहज भएको छ भने बेला बेलामा नुन पानीले खुल्ला गर्ने ।
घाँटीको संक्रमणका कारण बच्चाहरुमा जटिलता आउन नदिन बच्चाहरुको हेरचाहमा ध्यान दिने ।