मानव शरीरकाे बारेमा जतिजति बुझ्दै गयाे उतिउति जान्ने रहर र जिज्ञाशाहरू मुखरित भैरहन्छन । अझ नयां नयां वैज्ञानिक खाेज र अाविष्कारले त संसारलाइ नै चकित पारिरहेकाे छ । हाम्राे शरीर पनि यस्तै रहश्यकाे खानी भएकाले नयां कुराहरू वा राेचक तथ्यहरू उद्घाटन भैरहेका छन ।
१. मानव शरीरमा सबैभन्दा बलियो मांशपेसी जिब्रो हो ।
२. आँखा खोलेर हाक्ष्युँ गर्न सकिदैन ।
३. रातिमा भन्दा मानिस बिहानमा बढी अग्लो हुन्छ ।
४. प्रतिदिन मुटुले एकहजार पटक शरीरमा रगत प्रवाह गर्छ ।
५. एउटा आँखी भौं मा करीव पाँच सय रौंहरु हुन्छन् ।
६. एक मानव शरीरमा करीव एकहजार विलियन (१ अर्ब) स्नायु कोषहरु हुन्छन् ।
७. मानव शरीरमा त्यत्तिकै मात्रामा नुन हुन्छ जति समुद्रमा हुन्छ ।
८. कङक्रिट भन्दा मानिसको हाड चर गुणा बढी बलियो हुन्छ ।
९. जिब्रोको टेस्ट बड अर्थात स्वादका प्वाल को आयु करिव दश दिन हुन्छ ।
१०. बच्चा घुँडाको क्याप बिना जन्मन्छ र २ देखि ६ बर्ष पछि मात्रै यो देखा पर्न थाल्छ ।
११. जीवनभर आँखाको आकार उही रहन्छ तर नाक र कान भने जीवनभरसम्म बढीरहन्छ ।
१२. जन्मदा मानव शरीरमा तीनसय हाड्डीहरु हुन्छन् उमेर बढ्दै जाँदा हड्डीहरु जोडिएर यसको संख्या दुईसय ६ पुग्छ ।
१३. खप्पर २६ अलग हड्डीहरुले बनेको हुन्छ ।
१४. रौं र नङ एउटै पदार्थले बनेको हुन्छ ।
१५. हाक्ष्युँ गर्दा मुटु धड्कन सहित शरीरको सबै कार्य केही पलको लागि बन्द हुन्छ ।
१६. प्रतिदिन पुरुषले ४० र महिलाले ७० रौं गुमाउँछन् । जुन शरीरबाट झर्छ ।
१७. स्वस्थ मानिस हरेक दिन करीव सात पटक वाथरुम अर्थात शौचालय जान्छ ।
१८. खाना मुखबाट पेटमा पुग्न करिव सात सेकेन्ड लाग्छ ।
१९. युवायुवतीमा भन्दा बालबच्चामा टेस्ट बड र स्वादको बडको संख्या बढी हुन्छ ।
२०. हाक्ष्युँ गर्दा हावामा करीव १६० किलोमिटर पैति घण्टाको बेगले नाकबाट बाहिर फ्याकिन्छ ।
२१. शरीरको सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।
२२. शरीरको सबैभन्दा ठूलो मांशपेसी नितम्ब हो ।