काठमाडौं - कोभिड १९ को बारेमा अनुसन्धान भइरहेको समयमा, हामीलाई यो भाइरस व्यक्तिको श्वासप्रश्वासको छिटासँगको प्रत्यक्ष सम्पर्कको माध्यमबाट (खोकी र हाँच्छ्युमार्फत) र भाइरसले दुषित गरेको सतहहरूबाट संक्रमण हुन्छ भनेर थाहा छ। यो भाइरस विभिन्न सतहमा सतहअनुसार केही घण्टादेखि केही दिनसम्म बाँच्न सक्दछ। यसलाई साधारण किटाणुनाशकले मार्न सक्दछ। अब यसको अर्थ घरको लागि के हो त ?
कोभिड १९ लाई घरबाट पर राख्नका लागि कहि सुझाव
व्यक्तिगत सरसफाई
साधारण स्वच्छताका उपायहरूले परिवारको र अन्य सबैको स्वास्थ्यलाई बचाउन मद्दत गर्दछ ।
आफ्नो अनुहार नछुने
आफ्नो आँखा, नाक र मुख छुनबाट जोगिने
आफ्नो हातमा खोकी र हाँच्छ्यु नगर्ने
खोकी वा हाँच्छ्यु गर्दा आफ्नो नाक र मुख नरम कागज वा कुहिनोले छोप्ने
प्रयोग गरिएको कागजलाई तुरुन्तै सुरक्षित स्थानमा फाल्ने
दुरी कायम गर्ने
खोकी वा हाँच्छ्यु गरिरहेको व्यक्तिबाट कम्तीमा १ मिटर (३ फिट) को दुरी कायम गर्ने
हात धुने, धुने अनि धुने
हो, तपाईंले यो जताततै सुन्दै हुनुहुन्छ किनकि यो रक्षाको सबैभन्दा राम्रो पंक्ति हो। कम्तीमा २० देखि ३० सेकेण्डसम्म साबुन पानीले बारम्बार हात धुने
बालबालिकासँग समय बिताउने सजिलो तरिका भनेको दुई पटक जन्मदिनको गीत पुरै गाउने हो।
नाक सफा गरेपछि, कागजमा हाँच्छ्यु गरेपछि, शौचालय प्रयोग गरेपछि, घरबाट बाहिर जाँदा वा घरभित्र आउँदा, खाना तयार गर्दा वा खानु अगाडि, मेकअप लगाउनुभन्दा पहिले, कन्टयाक्ट लेन्स प्रयोग गर्दा हात धोएर मात्र गर्नुहोस्।
यदि ह्याण्ड सेनिटाइजर प्रयोग गर्दै हुनुहुन्छ भने, कम्तीमा ६० प्रतिशत अल्कोहल भएको र हातको सबै भागहरूमा प्रयोग गरेको सुनिश्चित गरि, हात सुख्खा नभएसम्म २० देखि ३० सेकेण्ड सम्म हातमा राम्ररी लगाउनुहोस्। यदि हात फोहर देखिएमा सिधै साबुन पानीले हात धुनुहोस्। चिसो पानी र तातो पानी जीवाणु र भाइरसहरू मार्न समान रुपले प्रभावकारी हुन्छन्।
घर वरपरको सफाई
घरमा संक्रमणको जोखिम कम गर्न नियमित रुपमा बारम्बारमा छोइने सतहहरू सफा गर्नु र किटाणरहित बनाउनु एक महत्वपूर्ण सावधानी हो।
उत्पादन प्रयोग गर्दा पन्जा लगाउने र हावाको राम्रो आवतजावत भएको सुनिश्चित गर्ने जस्ता सावधानीहरू सहित सुरक्षित र प्रभावकारी प्रयोगका लागि सफाई उत्पादन निर्देशनहरूको पालना गर्नुहोस्।
सफा गर्नुपर्ने र किटाणुरहित बनाउनुपर्ने बारम्बार छोइने सतहहरू
हरेक घर फरक हुन्छन तर ढोकाको ह्यान्डलहरू, टेबलहरू, कुर्सीहरू, रेलिङ, भान्सा र शौचालयको सतहहरू, धारा, बत्तीको स्विचहरू, मोबाइल फोन, कम्प्युटर, टयाम्बलेट, किबोर्ड, रिमोट कन्ट्रोल, खेल नियन्त्रक तथा मनपर्ने खेलौनाहरू जस्ता सतहहरू सामान्यतयाः उच्च स्पर्श सतहहरूमा समावेश हुन्छन् ।
सफा र किटाणुरहित बनाउन के प्रयोग गर्ने
यदि सतह फोहोर छ भने, पहिले त्यसलाई साबुन वा डिटरजेन्ट र पानीले सफा गर्नुहोस। त्यसपछि अल्कोहल (करीब ७० प्रतिशत)भएको किटाणुनाशक उत्पादन वा ब्लीच प्रयोग गर्नुहोस। भिनेगार तथा अन्य प्राकृतिक वस्तुहरू सिफारिस गरिदैंन।
धेरै ठाउँहरूमा किटाणुनाशक स्प्रे र पुछ्ने कागज भेट्टाउन गाह्रो हुनसक्छ। यस्तो अवस्थामा, निरन्तर साबुन र पानीले सफा गर्नुहोस्। घरेलु ब्लीचलाई केही हदसम्म पातलो बनाएर प्रयोग गर्न सकिन्छ।
कसरी किटाणुरहित गर्ने
सफा गर्नका लागि प्रयोग गर्ने सामग्रीहरू सतहमा प्रयोग गरिसकेपछि तुरुन्तै सफा गर्नु महत्वपूर्ण छैन। धेरै किटाणुनाशक उत्पादनहरू जस्तै पुछ्ने कागज स्प्रेहरूलाई प्रभावकारी बनाउनका लागि केही मिनेटसम्म सतहमै राख्नुपर्दछ। तपाईहरूले मोबाइल फोन तथा अन्य विद्युतीय उत्पादनजस्ता संवेदनशिल वस्तुहरूलाई हानी हुनबाट जोगाउनका लागि सिफारिस गरिए अनुसारका निर्देशनहरू पढेर प्रयोग गर्नुहोस्। विद्युतीय उपकरणहरूका लागि पुछ्ने कपडा प्रयोग गर्नुहोस्।
लुगा धुने
कोभिड १९ भाइरस कपडामा कतिन्जेल बाँच्न सक्छ भन्ने कुरा अहिलेसम्म अस्पष्ट छ, तर धैरै कपडाका वस्तुहरूमा प्लास्टिक र धातु तत्वहरू छन् जसमा यो केही घण्टा देखि धेरै दिनसम्म बाच्न सक्छ।
सावधानी र सामान्य ज्ञान प्रयोग गर्नुहोस्। घरभित्र प्रवेश गर्दा जुत्ता फुकाल्ने, भिडभाडमा गएर आएपश्चात सफा लुगा लगाउने र साबुन पानीले तुरुन्तै हात धुने जस्ता राम्रो अभ्यासहरू विचार गर्नुहोस्।
घरमा लुगा धुने
तन्ना, रुमाल तथा लुगाहरू नियमित रुपमा सफा गर्ने
हावाबाट भाइरस फैलाउने सम्भावनालाई कम गर्न फोहोर लुगालाई नहल्लाउने
उपयुक्त तातो पानी मिलाएर र सुख्खा वस्तु छुट्टै राखेर लुगालाई साबुन वा डिटर्जेन्टले धुनुहोस् । यी दुवै तरिकाले भाइरसलाई नष्ट गर्न मद्दत गर्दछ।
हात साबुन र पानीले धुनुहोस् वा तुरुन्तै अल्कोहल भएको ह्याण्ड रब प्रयोग गर्र्नुहोस्।
धुने लुगा हाल्ने झोला र टोकरीलाई सफा वा किटाणुरहित बनाउनुहोस्। डिस्पोजेबल झोलामा धुने लुगा संकलन गर्ने बारे सोच्नुहोस्।
घर बाहिर लुगा धुने
यदि तपाईको घर बाहिर रहेका लुगा धुने स्थानहरूको उपयोग गर्न आवश्यक छ भने, समझदारीका साथ सावधानी अपनाउनुहोस्ः
बाहिर विताउने समय कम गर्न घर छोड्नु अगाडि धुने लुगा तयार गर्ने
मानिसहरू कम हुने समयमा जाने प्रयास गर्ने
अन्य व्यक्तिहरूसंग शारिरिक दुरी कायम गर्ने
सम्भव भए, डिस्पोजेबल पन्जाको प्रयोग गर्ने, आफूले प्रयोग गर्ने सबै उपकरणहरूको सतहलाई किटाणुरहित बनाउने र आफ्नो अनुहार नछुने
भित्र लुगा धुने सुविधा प्रयोग गर्दा, सक्नुहुन्छ भने, लुगा धुन नसकिएसम्म बाहिर नै प्रतिक्षा गर्ने
लुगा घरमा नै पट्याउने
तपाईंको हात साबुन र पानीले धुने वा तुरुन्तै अल्कोहल भएको ह्याण्ड रब प्रयोग गर्ने
धुने लुगा हाल्ने झोला र टोकरीलाई सफा वा किटाणुरहित बनाउने
डिस्पोजेबल झोलामा धुने लुगा संकलन गर्ने बारे सोच्ने
यदि तपाईंको लुगा धुने सुविधाहरूमा पहुँच छैन भने, आफ्नो कपडा घरमा साबुन वा डिटरजेन्ट सक्दो तातो पानीले धुनुहोस्।
खाना बनाउने तथा सञ्चालन गर्ने सुझाव
हालसम्म कोभिड १९ भाइरस खाना वा खानाको प्याकिङ्गबाट व्यक्तिमा संक्रमण हुन्छ भन्ने कुनै प्रमाण छैन, तर भाइरसले दुषित पारेको सतह वा वस्तु छोएर त्यसपछि अनुहार छोएमा व्यक्तिलाई संक्रमण हुने सम्भावना हुन्छ।
अन्य व्यक्तिहरूसँग बाहिरी खाना किन्दा वा खाना डेलिभरी लिँदा (स्थानीय संक्रमण भएको क्षेत्रबाट डेलिभरी प्राप्त गर्दा) हुने नजिकको सम्पर्कबाट ठूलो खतरा उत्पन्न हुन्छ। सधै जस्तो, कुनै पनि खानाबाट हुन सक्ने रोगहरूबाट बच्न खानालाई समाउने क्रममा राम्रो स्वच्छता महत्वपूर्ण हुन्छ।
खाना प्याकिङ्ग र समाउने सावधानी
कुनै पनि अनावश्यक प्याकेजिङ्ग हटाउने र विर्को भएको फोहोरको भाँडामा हाल्ने
खानालाई प्याकेजिङ्गबाट निकालेर, सफा प्लेटमा राखेर, प्याकेजिङ्गलाई फाल्ने
क्यानजस्ता प्याकेजिङ्गहरू खोल्नु वा भण्डारण गर्नुअगाडि किटाणुनाशकले सफा गर्ने
प्याकेजिङ्ग नगरिएका उत्पादनहरू जस्तै फल र तरकारीहरूलाई राम्रोसँग धाराको पानीमा धुने
हात साबुन र पानीले धुने वा तुरुन्तै अल्कोहल भएको ह्याण्ड रब प्रयोग गर्ने
खानाको स्वच्छता लागि सामान्य सल्लाहहरू
कुनै पनि खाना तयार गर्नु अघि कम्तीमा २० सेकेण्डसम्म साबुन र पानीले राम्ररी हात धुने
नपकाएको माछा र मासु काट्नको लागि अलग काट्ने बोर्डको प्रयोग गर्ने
सिफारिस गरिएको तापक्रममा खाना पकाउने
सम्भव भएसम्म, नाश हुन सक्ने वस्तुलाई फ्रिज वा फ्रिजरमा राख्ने र वस्तुको उत्पादनको समाप्ति मितिलाई ध्यान दिने
खानाको फोहोर र प्याकेजिङ्गलाई किराहरूलाई आकर्षित गर्न नसक्ने गरिे उचित तथा स्वच्छताको हिसाबले फेरि प्रयोगमा ल्याउन मिल्ने वा नष्ट गर्ने
खाना खानु अगाडि कम्तीमा २० सेकेण्डसम्म साबुन र पानीले राम्ररी हात धुने र बालबालिकाहरूले पनि त्यही गरेको निश्चित गर्ने
युनिसफ नेपालले तयार पारेका सामाग्री साभार