काठमाडौं - अहिलेको आधुनिक समाजमा आएर स्तनपान सम्बन्धि छलफल गर्न जरुरी भएको छ । पहिले हजुरआमाका पालामा स्तनपान भनेको त आमा बनिसके पछि स्वत हुने एउटा प्रक्रिया मानिन्थ्यिो । त्यसबेला अहिलेको जस्तो विवाद केहि थिएन । तर त्यसबेला एउटा समस्या के थियो भने आमाको पहिलो (बिगउती) केहि दिनको दुधलाई खुवाउनु हुन्न भन्ने भ्रम मात्र थियो ।
बिस्तारै आमाको दुधलाई विस्थापित गर्ने गरी पश्चिमका देशहरुले (अमेरीका युरोप) व्यपारीहरुले पाउडर दुध बनाउन थाले । बिस्तारै हाम्रो देशमा पनि शिशुलाई पाउडर दुध खुवाउन सुरु गरियो । त्यसपिछ शिशुलाई डाइरीया , कुपोषण जस्ता विभिन्न खाले समस्याहरु देखिन थाले ।पश्चिमा देशहरुमा पनि बाहिरको दुध खुवाए पछि शिशुमा धेरै खाले समस्या देखिए त्यसपछि आमा कै दुध राम्रो हुने रहेछ भनेर विश्वभर छलफल गरियो ।
अस्पतालबाटै शिशुलाई बोतलको दुध खुवाउन सुरु गरिन्छ
आज भन्दा ३२ वर्ष अगाडि म प्रसुतीगृहमा गर्दा धेरै सुत्केरी महिलाहरुमा दुध नआउने समस्या देखा पर्यो त्यो समस्यालाई कम गर्नका लागि औषधी कम्पनिहरुले बोेतलको दुध र एक पोका पाउडर दुध सित्तैमा बाड्न सुरु गर्यो । शिशुले बोतलको दुध खान सुरु गरे पछि आमाको दुध खान नमान्ने जस्ता समस्या देखा पर्न थाले ।
बिस्तारै बिस्तारै बच्चालाई बाहिरको दुध खुवाउने प्रचलन बढ्दै गयो । प्रसुतीगृहमा शिशुलाई यसरी बोतलको दु्ध खुवाएपछि नकारात्मक असर परेको थाहा पाए लगत्तै अस्पतालमा पाउडर दुध वितरण बन्द गरियो । तर अझै कतिपपय स्वास्थ्यकर्मी र कम्पनीहरुले शिशुलाई पाउडर दुध दिएको देखिन्छ ।
नेपालका धेरै अस्पतालहरुमा सुत्केरी अवस्था बारे सल्लाह , सुझाव दिइदैन र शिशुलाई के कसरी स्तनपान गराउने , आमाले के खाने के नखाने सम्बन्धि जानकारी दिइदैन ।
आमाको दुधमा पनि व्यापारी करण
बाहिरको दुधको बिगबिगिले गर्दा आमाको दुधमा पनि व्यापारीकरण गरियो । गाउँघरका आमाहरु भन्दा पनि शहर बजारका कामकाजी आमाहरुको सुत्केरी बिदा कम हुने भएकाले प्रयाप्त मात्रामा शिशुलाई स्तनपान गराउन पाउदैनन् जसको साटो बाहिरको दुध खुवाउनु पर्ने बाध्यताले दुधकम्पनीको व्यापार फस्टाउदै गयो । स्तनपान गराउनु पर्छ भन्ने कुरा चाहि व्यापारीकरणले गर्दा आएको हो । आमाको( स्तन )दुधलाई पनि व्यापारीकरण गरियो ।
स्तनपान गराएपछि शरीर बिग्ररिन्छ भन्ने गलत भ्रम
कतिपय महिलाहरुमा स्तनपान गराउदा शरीर बिग्रिन्छ , स्तन झोलिन्छ, पछि श्रीमान सँगको सम्बन्ध राम्रो हुदैन भन्ने गतल भ्रम छ जसका कारण भेरै महिलाहरुले स्तनपान गराउँदैनन् । आमाले स्तनपान गराउदा आमाको शरीर झ्न राम्रो हुदै जान्छ र शिशुको विकासपनि उतिकै राम्रो हुन्छ ।
के कस्ता खानपानले सुत्केरी अवस्थामा शिशुलाई आमाको दुध प्रयाप्त मात्रामा पुर्याउन सकिन्छ ?
सुत्केरी अवस्थामा आमाले सुत्केरी मसला जसमा गुड , चाखु , घ्यू इत्यादि मिसाएर बनाएको मसला खाएपछि आमालाई पोष्टिकतत्व मिल्छ । ज्वानो , दलन ,हरियो तरकारी , मासुको रस र फलफुल खुवाउदा पनि दुधको मात्रा बढाउन सकिन्छ ।
स्तनपान कम गराउँदा शिशुको स्वास्थ्यमा देखिने समस्या ?
स्तनपान कम गराउँदा शिशुहरुमा एलर्जि , निमोनिया , श्वासप्रश्वास सम्बन्धि रोगहरु हुनसक्छन् । विभिन्न अध्ययन अनुसन्धानले पनि आमाको दुध नखाने शिशुहरुमा भविष्यमा मधुमेह र अन्य धेरै समस्याहरु देखिने देखाएको छ ।
स्तनपान गराउदा आमाको स्वास्थ्यमा पुग्ने फाइदाहरु
शिशुले दुध चुस्दा विभिन्न फाइदाहरु हुन्छन् जस्तैः शिशु जन्मदा फैलिएको पाठेघर बिस्तारै खुम्चिदै जान्छ र रगत बग्ने समस्यापनि कम हुँन्छ । त्यसैगरी सुत्केरी आमाको स्वास्थ्य तङ्गग्राउँनमा मद्दत गर्छ भने अर्को गर्भ बस्ने सम्भावना पनि अलि कम रहन्छ ।
हाम्रो समाजमा शिशु ठुलो हुन्जेल सम्म पनि स्तनपान गराउने चलन छ तर यो गलत हो । सरकारी नियम अनुसार शिशुलाई कम्तिमा दुई वर्ष सम्म आमाको दुध खुवाउनु पर्छ भनिन्छ तर पुर्ण रुपमा १ वर्ष स्तनपान गराउनु शिशु र आमाको स्वाथ्यका लागि धेरै उत्तम मानिन्छ । शिशुलाई २ वर्ष भन्दा बढि स्तनपान गराइयो भने आमा र शिशु दुबैको स्वास्थ्यमा नकारात्मक असर पर्छ ।
बच्चालाई प्रायाप्त मात्रामा आमाको स्तनपान गराउनलाई के गर्न सकिन्छ ?
बच्चालाई प्रायाप्त मात्रामा आमाको स्तनपान गराउनका लागि आमाको मात्र पुरा हात हुदैन घरपरिवारले पनि त्यतिकै साथ दिनु पर्छ । सुत्केरी आमालाई घरको काममा धेरै नलागाउने , पौष्टिक खानेकुरा प्रसस्त मात्रामा खुवाउनु पर्छ । त्यसै गरी स्वास्थ्यकर्मिहरुले पनि सुत्केरी आमालाई खानपान र स्तनपानका बारे बुझाउन त्यतिकै जरुरी हुन्छ ।
(जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेती सँगको कुराकानीमा आधारित )