काठमाडौं। जन्डिसलाई कमलपित्त वा पहेँलो रोग पनि भनिन्छ । शरीरका प्याङ्क्रियाज वा पित्तथैली, कलेजो आदिमा लाग्ने रोगहरूको लक्षण नै जन्डिस हो । जन्डिस भएपछि आँखा र जिब्रोको तल्लो भागका साथै बिस्तारै शरीरको छाला पहेँलिन थाल्छ । जन्डिस हेमोग्लोबिनमा मेटाबोलिज्मको मात्रा बढेपछि देखिन्छ । रक्तकोशिकाभित्रको हेमोग्लोबिन हेमो र ग्लोबिन गरी दुई भागमा टुक्रिन्छ । यसरी आएको हेमो बिलिरुबिनमा परिणत हुन्छ । अत्याधिक रूपमा हुने रक्तकोशिकाको हानिले मेटाबोलिज्ममा पनि तीव्रता आउँछ । हेमो बिलिरुबिनमा परिणत भएपछि त्यो रगतको माध्यमबाट कलेजोमा जान्छ । कलेजोको बाटो हुँदै बिलिरुबिन पित्तथैलीमा संकलित हुन्छ । कुनै कारणवश अत्याधिक मात्रामा रक्तकोशिकाको क्षति अथवा बिलिरुबिन प्रवाहित हुने मार्गमा कुनै किसिमको अवरोध उत्पन्न भएको खण्डमा रगतमा बिलिरुबिनको मात्रा बढ्न जान्छ । सामान्यभन्दा बढी नाघेको खण्डमा बिलिरुबिन छाला, टिस्यु आँखा आदिमा गएर मिसिने हुँदा शरीर पहेँलो हुन्छ । सामान्यतया बिलिरुबिनको मात्रा मानिसमा १ देखि १.५ मिलिग्राम प्रतिडेसिलिटर हुने गर्छ । त्यो मात्रा प्रतिडेसिलिटर २ मिलिग्रामभन्दा बढी भएमा जन्डिस भएको बुझ्नुपर्छ । २ मिलिग्रामभन्दा माथि हुनेबित्तिकै पहेँलोपन देखिन सुरु हुन्छ । जन्डिसलाई मुख्य गरी प्री हेपाटिक, हेपाटोसेलुलर र पोस्ट हेपाटिक गरी तीन भागमा बाँड्न सकिन्छ । प्री हेपाटिक शरीरमा रातो रक्तकोशिका छिटोछिटो नष्ट भएमा हुन्छ । हेपाटोसेलुलर सबैभन्दा बढी पाइने जन्डिस हो । योचाहिँ कलेजोमा उत्पन्न हुने समस्याले निम्त्याउँछ । पोस्ट हेपाटिक भने सर्जिक जन्डिस हो । कलेजोमा हुने रोगले बिलिरुबिनको उत्पादन प्रक्रियामा अवरोध सिर्जना गराउँछ । कुनै किसिमको संक्रमण, औषधिको प्रयोग, हेपाटाइटिस सिरोसिसजस्ता कलेजोका असामान्य अवस्थाले हेपाटिक जन्डिस गराउँछ । पित्तथैलीमा पत्थरी, क्यान्सर, जुकाको समस्याले पोस्ट हेपाटिक जन्डिस हुन्छ । हेपाटाइटिस भनेको संक्रमण वा गैरसंक्रमणको कारणले कलेजो सुन्निनु हो । बोलचालको भाषामा हेपाटाइटिसलाई पनि जन्डिस भनिन्छ ।
जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् ।
मुलाको पात
मुलाको पातले भोक लगाउने र आन्द्राको कार्यलाई सुचारु गराउँछ । मुलाको पातको जुस बनाई फिल्टर गरी खाँदा उत्तम हुन्छ ।
मेवाको पात
एक चम्चा महलाई एक चिया चम्चा मेवाको पातको पेस्टमा मिसाएर खानुहोस् । यसको सेवन जन्डिसका लागि निकै प्रभावकारी उपाय हुन सक्छ ।
उखुको रस
उखुमा भएको तत्वहरुले जन्डिसका रोगीले खाएको खानेकुरा वा जुस पचाउन सहयोग गर्नुका साथै कलेजोलाई उचित रुपमा काम गर्न सहयोग पुर्याई बिरामीलाई जन्डिसबाट मुक्त हुन सहयोग पुयाउछ ।
गोलभेडाको जुस
एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् ।
तुलसी पत्ता
१० देखि १५ ओटा तुलसीका पात लिनुहोस् र यसको लेप बनाउनुहोस् । यसमा यसमा आधा गिलास ताजा जुस मिसाउनुहोस् । दुई देखि तीन साताभित्रै जन्डिसबाट मुक्त हुन सकिन्छ ।
जौ
एक मुठी जौलाई तीन लिटर पानीमा मिसाएर सानो आगोमा लामो समयसम्म तताउनुहोस् । यसरी धेरैबेरसम्म तताएको पानीलाई बारम्बार पिउनुहोस । उमालेको जौ पानी जन्डिस उपचारका लागि सही तरिका सक्छ ।
कागती
कागतीमा भएको रोग प्रतिरोधी तत्वले पनि जन्डिस उपचारमा सहायक सिद्ध हुन सक्छ । कागतीले रोकिएका आन्द्राका नलिहरुलाई खुलाइदिनुका साथै रोगीले खाएको खानेकुरा पचाउन पनि मद्दत गर्छ । यसरी बनाएर खाएको कागती पानीले कलेजोको कोषलाई हानी हुनबाट बचाउछ ।
केरा
दिनमा कम्तिमा पनि दुई पटक खानुहोस् । जण्डिस उपचारमा यो विधि आयुर्बेदमा पनि निकै प्रयोग भएको पाइन्छ ।
घ्युकुमारीको पात
घ्युकुमारीको केही पात टिपेर भित्रको तरल पर्दाथलाई कालो नून र अदुवासँग मिलाउनुहोस् । १० दिनसम्म खाली पेट खानुहोस् । बिस्तारै सुधार आउछ ।
महि
एक गिलास महि लिनुहोस र यसमा केही कालो मरिच हाल्नुहोस् । राम्रोसँग घोल्नुहोस र दिनमा कम्तिमा तीन पटक पिउनुहोस् ।