काठमाडौं। थेरापी भन्ने बित्तिकै एउटा उपचारको प्रविधि भन्ने बुझिन्छ। विभिन्न किसिमका रोगहरु जस्तै भित्री–बाहिरी अंगको घाउ, दाग, नचल्ने अंगहरु, जोर्नीको दुखाई जस्ता शरीरका विभिन्न किसिमका रोगलाई लेजर विकिरणको प्रयोगबाट गरिने उपचारलाई लेजर थेरापी भनिन्छ। यसको सिद्धान्त धेरै बर्ष पहिले अल्बर्ट आईन्स्टाईनले शुरु गर्नुभएको हो। यसको सुरुवात ४० बर्ष अगाडि अमेरिका र रुसमा भएको हो ।
नेपालमै पहिलो पटक बिना अप्रेशन ४०० भन्दा बढी रोग को उपचार ललितपुरको जाउलाखेलमा रहेको लेजर थेरापी क्लिनिक हुदै आएको छ। बिगत २२ वर्ष अघि रसियामा अध्ययन सकेर फर्केकी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा सुशीला वैद्यले त्यो बेलादेखि नै नेपालमा लेजर थेरापी सुरु गरेकी हुन् । डा।वैद्यका अनुसार सस्तो,सजिलो र छिटो उपचार दिन सकिने लेजर थेरापीको विस्तारमा विश्व स्वास्थ्य संगठनले आवश्यक निर्देशन, परामर्श र सचेतना विश्वलाई बाँडे पनि अल्पविकसित र अविकसित देशहरूमा यस्को खासै धेरै विस्तार हुन सकेको छैन । लेजर थेरापीमा सायदै नेपालमा एकमात्र अब्बल डा वैद्य छिन्।
लेजर थेरापी कसरी काम गर्छ ?
लेजर थेरापीले बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन काम गर्छ । लेजर विकिरण शरीरमा ४र६ सेन्टिमिटर भित्र गएर निष्क्रिय भएर बसेका कोषिकालाई सकृया बनाउने गर्दछ । लेजर विकिरणले रक्तनली सुन्निएको भएमा सुकाउँछ भने सुकेका, बन्दभएका रक्तनलीलाई खुलाउने काम गर्दछ।
कस्तो बिरामीको उपचार गरिन्छ
लेजर उपचार विधि हिलिङ थेरापी हो । शरीरका विभिन्न ४०० भन्दा बढी रोगको उपचार गर्न सकिन्छ । यसको कुनैपनि नकरात्मक असर छैन र यो २०० प्रतिसत बढी प्रभावकारी रहेको छ । दुखेका तथा सुन्निएका घाउहरु, मस्तिष्क पक्षघात, नाक, कान, घाँटीका रोगहरु, माईग्रेन, अनुहारको दाग, चाँयापोतो, ढाडको नशा च्यापिएका, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ र अन्य धेरै रोगहरुको यसबाट उपचार गर्न सकिन्छ। तर, बिशेष गरेर यसको असर लामो समयसम्म शरीरमा रहेका रोगहरुमा प्रभावकारी देखिन्छ । साथै पक्षघात भएका बिरामीलाई पनि यसले लाभ दिन्छ । तर गर्भवती,आँखाका बिरामी र क्यान्सर रोगका बिरामी लाई भने लेजर थेरापी पद्दतिबाट उपचार गरिदैन ।
अरू प्रविधि र यसमा फरक
झण्डै चालिस वर्षको अनुसन्धानपछि प्रमाणित भएर लेजर थेरापी आएको हो। यसले शरीरको कुनै पनि अंगलाई हानी गर्दैन भन्ने कुरा बैज्ञानिक रुपमा प्रमाणित भएको छ। यो फिजीयोथेरापी अन्तर्गत नै पर्छ। फिजियोथेरापी अन्तर्गत जति पनि उपचारमा उपकरणहरुको प्रयोग हुन्छ सबैभन्दा बढी आधुनीक र उपयुक्त मान्न सकिन्छ। जसमा कुनै पनि तातो चिसो हुँदैन, यसको कुनै पनि साइड इफेक्ट छैन।
सबै खालका प्रविधिका आ–आफ्नै विशेषता छन् । प्रविधिमा जस्तो उपकरण प्रयोग गर्यो त्यस्तै भिन्नता हुन्छ। आयुर्वेदिक अलग्गै, एलोपेथिक अलग्गै, होमियोप्याथिक अलग्गै, भएजस्तै लेजरको बिकिरणबाट हुने भएकोले यो त झन फरक छ।
लेजरको एकदमै राम्रो उपलब्धी र लक्ष्य भनेकै जति डोज मेशीनबाट दिइन्छ त्यती डोज सेल्सले पाउन सक्छ। यो लेजर विकिरण मोनोक्रोमाटिक कोहरेन्ट हो । औषधिले अस्थायी रुपमा मात्रै उपचार गर्छ र यसको साइड इफेक्ट पनि हुन्छ। तर लेजर थेरापीको कुनै साइड इफेक्ट छैन। रोग हेरी पूर्ण डोज पुग्नेगरी उपचार गरिसकेपछि यसको इफेक्ट दिर्घकालिन रहन्छ।
लेजर निकै सजिलो उपचार पद्धति हो । दैनिक काममा कुनै पनि अवरोध नपुर्याइ दिनको केही समय छुट्टाएर लेजर बिकिरण लिएर जान सकिन्छ । त्यस्तै कुनैपनि उपचार विधिले काम नगरेको अवस्थामा यो विधि अपनाउन सकिन्छ किनभने यो एक प्रकारको फिजियो थेरापी अन्र्तगत नै पर्दछ वर्षौँसम्म पनि उपचार गर्दा ठीक नभएका रोगहरुको उपचार लेजर थेरापीले २० दिनमा ठीक गराएका धेरै उदाहरणहरु छन्
अन्य फिजियोथेरापीमा दुखेका अँगहरु चलाईदिने गर्दा बिरामीहरु जान मान्दैनन् तर यहाँ लेजर थेरापीमा घाऊलाई छुनैपर्दैन । यसले सिधा आफ्नो विकिरणको मद्दतले घाऊलाई सुकाएर दुखाई कम गराउँछ। हिँड्न नसक्ने अवस्थामा आएका बिरामी तीन–चार दिनमा हिँड्नसक्ने हुन्छन्, यसले कुनैपनि प्रकारको शारिरिक दुखाई निम्ताउदैन, रोग लिएर आएका ८० प्रतिशत बिरामीहरु उपचार पछि पूर्ण निको हुन्छन् ।
उपचारका लागि आउने बिरामीलाई उपचारको ५ दिनमै यसले आफ्नो प्रभाव देखाउन थाल्दछ । तर, त्यसलाई राम्रोसँग पूर्ण रुपमा निको हुने गरी २० दिनको उपचार एकदमै प्रभावकारी हुन्छ । त्यसपछी बिरामीलाई १ महिनाको लागि आराम गराइन्छ । अन्य उपचारको तुलनामा लेजर थेरापी सजिलो उपचार मात्रै होइन आर्थिक हिसाबले सस्तो पनि छ। विगत २२ देखि नेपालको पहिलो र हालसम्मको एकमात्र लेजर थेरापी क्लिनिक हो।
प्रत्येकदिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बिरामीको सेवामा रहने यस क्लिनिकमा उपचार गर्न आउनजान समस्या भएका बिरामीका लागि बस्ने सुविधासमेत भएकाले टाढा–टाढाबाट आउनेहरूका निम्ति पनि अनुकूल छ।