काठमाडौं - अहिले कोरोनाभाइरस सङ्क्रमणबारे धेरै चर्चा भइरहेको छ।
व्यक्तिगत सफाइका लागि विश्व स्वास्थ्य सङ्गठनले हात धुने तरिकासम्बन्धी आफ्नो पर्चा अद्यावधिक गरेको छ।
के हामीले हात धुने तरिका प्रभावकारी छ ? उक्त भाइरस र अन्य कीटाणुबाट जोगिन यसरी हात धुनुपर्छ।
सुरुमा हात भिजाउने र पर्याप्त मात्रामा साबुन लगाउने
त्यसपछि एउटा हत्केलाले अर्को हत्केलालाई माड्ने
औँला छिराई एउटा हत्केलालले अर्को हातको पछाडिको भाग घोट्ने
आपसमा औँला छिराई हल्केला माड्ने
अर्को हातको औँलामा औँला छिराई पछाडिबाट माड्ने
बुढि औँलालाई हत्केलाको बिचमा राखेर राम्ररी माड्ने
अब बुढि औँलालाई अर्कौ हत्केलाको बिचमा राखेर राम्ररी माड्ने
त्यसपछि सफा पानिले हात धुने
अनि रुमालले हात ओचाने हुने गरि पुछ्ने
यसरी हात धुदाँ सफा र सुरक्षित हुन्छ ।