-डा. अनुप बास्तोला
काठमाडौं- कोरोनाभाइरस सामान्य रुघाखोकि गराउँने भाइरस हो । हालसम्म ६ किसिमको कोरोनाभाइरस देखिएको थियो अहिले नयाँ १ ओटा थपिएर ७ किसिमका कोरानाभाइरस देखापरेको छ ।
२००२ ००३ मा र्सास कोरोना भाइरस फौलिएको थियो त्यो पनि जनावरबाट नै आएको थियो । त्यसले करिब ७५० व्यक्तिहरुको मृत्यु भएको थियो भने ८ हजार भन्दा बढि व्यक्तिहरु संक्रमित भएका थिए ।
२०१२ मा साउदी अरबमा उँट सँगको सम्पर्कले मानिसमा नयाँ प्रजातीको कोरोनाभाइरस सरेको थियो । त्यसपश्चात अहिले मानिस बाट मानिसमा सरेको देखियो । यो भाइरस सुरुमा जनावरबाट मानवमा आउने त्यसपश्चात मानवबाट मानवमा सर्ने देखिएको छ ।
७ ओटा कोरोनाभाइरसमध्ये सार्स र मर्चुगां कोरोनाभाइरसलाई हामिले नजिकबाट नियालिरहेका छौं । अहिले चीनको हुवे प्रान्तस्थित वुहान शहरमा देखा परेको यो भाइरस एकदमै चाडों फैलिरहेको छ । हालसम्म यस भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भइसकेको बताइएको छ भने ५ सय ७१ जना संक्रमित भइसकेका छन् ।
यो एक प्रकारको भाइरल इन्फेक्सन हो यसले बिशेषगरी श्वासप्रश्वास प्रणालीमा असर पार्छ । साथै पाचन प्रणाली र सेन्टर नर्व सिस्टमलाई पनि असर पार्न सक्छ ।
चाइनाबाट सुरु भएको यो भाइरस विश्वका केहि राज्य ताइवान साउथ कोरिया, जापान थाइल्याण्ड, अमेरीका लगायल अस्टेलियामा पनि देखिएको छ । नेपालमा भ्रमण बर्ष २०२० चलिरहँदा ति क्षेत्रबाट बिरामीहरु आउँछन् कि भन्ने शंका रहन्छ । अबको दिनमा मानवबाट मानवमा सर्ने भएकाले सावधानी अपनाउनुपर्छ ।
अहिलेको अवस्थामा नेपालमा आएका व्यक्ति कसैलाई पनि यो संक्रमण भेटिएको छैन । हालको अवस्थामा नेपालमा वुहान राज्यबाट भित्रीएको व्यक्ति संक्रमीत छ या छैन त्यसले अन्य व्यक्तिमा सार्न सक्छ भन्ने जोखिम रहन्छ ।
कोरोनाभाइरस स्वास प्रश्वास प्रणालीबाट कन्ट्याक्टमा आउने व्यक्तिलाई संक्रमण सर्ने गर्दछ ।
लक्षणहरु
ज्वरो आउने
रुघाखोकि लाग्ने
निमोनिया गराउने
श्वाश्सप्रश्वासमा समस्या उत्पन्न गराउने
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ
उपचार
यसको लागी कुनै भ्याक्सिन बनिसकेको छैन । यो मानवबाट मानवमा कसरी सर्छ भन्ने एकिन अझै हुन सकेको छैन । सामान्यतय एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना भएकाले माथी उल्लेख गरेको लक्षणहरु देखिएका व्यक्तिहरुले हाछ्यु गर्दा खोक्दा रुमालको प्रयोग गर्ने, हातधुदाँ साबुन पानिको प्रयोग गर्नुपर्छ । मासु र अण्डा राम्रोसँग पकाएर खाने, कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्नुपर्छ ।
यस संक्रमणको जोखिम न्युनिकरण गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । हेल्थ डेस्कमा चिकित्सक सहितको टोली खटाइएको छ । हालसम्म एकजना शंकास्पद व्यक्ति भेटिएको छ उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिएको थियो अहिले डिस्चार्ज भइसकेका छन् । यस बिषयमा टेकु अस्पतालमा छलफल र कोठाको व्यवस्थापनबारे कुरा भइरहेको छ पुन यस्ता समस्या आएमा टेकु अस्पताल उपचारको लागी तयारी अवस्थामा रहने छ ।
(डा. बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन् ।)