काठमाडौं । महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ अन्तर्गतको लिग आउट चरणको खेल सम्पन्न भएको छ । लिग आउट चरणबाट क्वाटर फाइनलमा ८ टिम पुगेका छन् । जसमा अन्नपूर्ण, बिपी स्मृति,नर्भिक,ग्रिनसीटी,तिलगंगा ,हेल्थ केयर ,ओभरसिज तथा सिद्धि मेमोरियल अस्पताल पुगेका छन् । धन्यन्तरी फुटसल ग्राउन्डमा भएको यो प्रतियोगिता दुई दिन सम्म चल्नेछ ।
भोली क्वाटर फाइनल सेमीफाइनल र फाइनलका खेलहरु हुनेछन्। प्रतियोगितामा उपत्यकाका २१ सरकारी तथा नीजि हस्पिटलको सहभागीता जनाएका थिए। लिग नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो।
प्रतियोगितामा संलग्न निजी तथा सरकारी अस्पतालहरुमा विनायक,सिद्धि मेमोरियल ,तिलगंगा,ओभरसिज, सिभिल,अन्नपूर्ण न्यूरो ,इनुस हेल्थ केयर ,नर्भिक ,ईशान,नर्भिक आईभिएफ,वयोधा,नेपाल क्यान्सर अस्पताल,मध्यपुर ठिमी,ग्रिनसिटी,बिपी स्मृति ,नेपाल कोरिया ,सुमेरु सिटी ,मेट्रो काठमाडौं,अल्का,कान्तिपुर डेन्टल,ओभरसिज अस्पताल रहेका छन्।