परिचय
विगत १० वर्षको अन्तरालमा नेपालमा नसर्ने रोगहरुको प्रकोप बढ्दो रुपमा छ । पछिल्लो समय हृदयघात लगायत मुटु सम्बन्धि अन्य रोगहरुको प्रकोप पछिल्लो समय बढेको पाइन्छ । यसका लागि समाजिक, आर्थिक तथा खानपान शैली ,प्रदुषण जिम्मेवार मानिन्छ । अहिले सुगर र प्रेसरका बिरामीहरु घरघरमा रहेको अवस्था छ । पहिले(पहिले सुगर र प्रेसर धनी वर्गलाई मात्रै लाग्ने रोग भन्ने बुझिन्थ्र्यो ।
कोलेस्ट्रोरेललाई नेपालीमा बोसो भन्ने बुझिन्छ । रगतमा बगिरहने उक्त बोसोले मानव शरीरलाई इनर्जी पनि दिने गर्छ । शरीरले उपयोग गर्न नसकेको अवस्थामा उक्त बोसो जम्ने गर्छ । उक्त बोसो जम्ने अवस्थामा खराब कोलेस्ट्रोरेल सुरु हुने गर्छ । हामीले दैनिक रुपमा खाएको खानेकुराबाट प्राप्त हुने बोसोलाई शरीरले उपयोग गर्न नसकेको अवस्थामा हाम्रो शरीरमा खराब कोलेस्ट्रोरेल बन्ने गर्छ,जुन स्वास्थ्यका लागि हानिकारक छ । खराब कोलेस्ट्रोरेलको मात्रा बढ्दै जाँदा मुटुमा ब्ल्केज हुने समस्या देखिन थाल्छ ।
मुटुमा ब्ल्केज हुँदा हृदयघात,मस्तिष्कघात जस्ता रोगहरुले सताउने गर्छ । कोलेस्ट्रोरेलका कारण यी अंगहरुमा रगतको परिपूर्ति हुन नसक्दा यस्ता रोगहरु देखिने गर्छन् । मानव शरीरमा राम्रो कोलेस्ट्रोरेल र नराम्रो कोलेस्ट्रोरेल गरी दुई प्रकारका कोलेस्ट्रोरेल हुने गर्छन् । नशा भित्र जम्ने प्रकृतिको कोलेस्ट्रोरेललाई खराब कोलेस्ट्रोरेल भन्ने गरिन्छ । हामीले खाने केही खानेकुराले खराब प्रकृतिको कोलेस्ट्रोरेललाई जम्नमा सहयोग गर्छ । जस्तै धुम्रपान, मद्यपान गर्ने मानिसहरुमा नगर्ने मानिसहरुमा भन्दा खराब कोलेस्ट्रोरेल बढ्ने प्रक्रिया धेरै हुन्छ ।
एलडिएल मानव शरीरका लागि घातक कोलेस्ट्रोरेल हो । एचडिएल मानव शरीरलाई आवश्यक राम्रो कोलेस्ट्रारेल हो । राम्रो कोलेस्ट्रोरलले शरीरलाई फाइदा हुन्छ भने खराब प्रकृतिको कोलेस्ट्रोरेल मानव शरीरका लागि घातक मानिन्छ ।
मानव शरीरमा खराब कोलेस्ट्रोरेल अर्थात् एलडिएलको मात्रा बढेमा मुटु रोगको जोखिम बढ्ने गर्छ । सुगर,उच्च रक्तचाप,धुम्रपान, तथा मद्यपान गर्ने मानिसहरुमा यस प्रकारको कोलेस्ट्रोरेलको मात्रा बढी हुने भएकोले मुटु रोगको जोखिम पनि बढी हुने गर्छ। मानिसको उमेर अनुसार शरीरलाई कोलेस्ट्रोरेलको मात्रा आवश्यक पर्ने गर्छ । महिला र पुरुषमा पनि कोलेस्ट्रोरेलको मात्रा फरक फरक आवश्यक पर्ने गर्छ ।
महिलाहरुमा हुने केही फरक प्रकृतिका हर्मोन बन्नका लागि कोलेस्ट्रोरेलको प्रयोग हुने भएकोले पुरुषको तुलनामा महिलामा खराब कोलेस्ट्रोरेलको मात्रा कम हुने गर्छ ।
सुगर प्रेसर नभएका तथा धुम्रपान तथा मद्यपान नगर्नेहरुका लागि ११० देखि १२० सम्मको कोलेस्ट्रोरेलको मात्रा हुँदैमा त्यसले शरीरलाई खासै हानी गर्दैन । तर सुगर प्रेसरको समस्या भएका मानिसहरुमा भने कोलेस्ट्रोरेलको मात्रा १०० भन्दा कम नै हुनुपर्छ ।
मुटु सम्बन्धि समस्या भएका मानिसहरुले ७० मिलिटिर डेसीमिटर भन्दा कम राख्नुपर्ने हुन्छ । तर अन्य स्वास्थ्य समस्या नभएका मानिसहरुका लागि भने १०० देखी १२० सम्म हुँदा खासै असर गर्दैन ।
खराब कोलेस्ट्रोरेलका लक्षणहरु
- नसामा ब्ल्केज हुनु ।
- छाती दुख्ने ।
- रिंगटा लाग्ने ।
- हात गोडा निदाउने ।
- चाँडै नै थकित अनुभव गर्ने ।
- मुटुको दुखाई हुने ।
- खराब कोलेस्ट्रोरेललाई जम्न नदिन के गर्ने
- बेला बेला स्वास्थ्य परीक्षण गराउने ।
- हानीकारक अवस्थामा छ भने औषधिको सेवन गर्ने ।
- शारीरिक व्यायाम गर्ने ।
- बोसो भएको खानेकुराको सेवन कम गर्ने ।
- रातो मासुको प्रयोग कम गर्ने ।
- पटक पटक उमालेको तेलको प्रयोग नगर्ने ।
- सबै विधिको प्रयोग गर्दो पनि कोलेस्ट्रोरेल घटाउन सकिएन भने चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने ।