काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले हरेक बर्षजस्तै यस बर्ष पनि अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाएको छ ।
स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरे निको हुन सक्छ” भन्ने कुरालाई आम जनमानसमा लैजान हस्पिटलले महिना भर स्तन क्यान्सरसम्बन्धी विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । स्तन क्यान्सरबारे सचेतना जगाउन अक्टोबर महिनालाई ‘पिंक्टोबर’ महिनाका रुपमा मनाउने गरिन्छ । स्तन क्यान्सरबारे सचेतना जगाउने उदेश्यले अक्टोबर महिनाभर सबैले गुलाबी रङको कपडा लगाउने गरेका छन ।
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र हार्ड रक क्याफेको समन्वयमा भएको कार्यक्रम स्तन क्यान्सरबाट बच्न उपनाउनुपर्ने उपायका बारेमा र महिलाले आफैले आफनो स्तन कसरि परीक्षण गर्ने बारे छलफल भएको थियो ।
नेपालीको क्यान्सरको उपचार नेपालमा नै भन्ने नारासहित क्यान्सरको उपचार गरिरहेको नेपाल क्यान्सर अस्पतालले बेला बेलाबखतमा समाजमा जनचेतना बढाउनका लागि विभिन्न खालका क्यान्सर सचेतना कार्यक्रमहरु सञ्चालन गर्र्दैे आएको अस्पातलकी निर्देशक शोवरुपा श्रेष्ठले बताइन ।
आजको कार्यक्रममा अस्पतालका स्तन क्यान्सर विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्य र अङ्कोप्लाष्टिक सर्जन डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सरबाट बच्ने उपाय भनेकै नियमित परीक्षण रहेको बताए । सुरुकै अवस्थामा पत्ता लागेमा स्तन क्यान्सर निको हुने उनीहरुको भनाई थियो तर क्यान्सरको लक्षण थाहा नहुँदा र सामान्य परीक्षण समेत नगर्दा नेपाली महिलाहरु अन्तिम स्टेजमा परामर्शमा आउने गरेको बताए ।
उक्त कार्यक्रममा बिरामीलाई हौसला दिनका लागि क्यान्सरबाट निको भएका सर्भाइभरहरुले आ -आफनो उपचार अनुभूति सुनाउँदै एक अर्खो को हउसला र मनोबल बढाउने कुरा गर्नुका साथै सर्भाइभरहरुको भुमिका बारे उजागर गरे।
समयमै उपचार गरेमा अन्य रोग जस्तै क्यान्सरबाट पनि मुक्तहुन सकिने नाराका साथ नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा उपचारका लागि सहयोगी हातहरु नामक संस्थाले समेत उक्त कार्यक्रम सहयोग गरेका थिए।