काठमाडौं । नेपालीहरुको महान चाड दशैं अब नजिकै आउदैछ । हामिले विजय दशमीको दिन टिका जमरा लगाएर आशिर्वाद ग्रहण गर्ने गर्छौ । हामिले दशैमा टिकासँगै जमरा त लगाउछौ तर जमराले शोभा मात्र बढाउने होइनकी स्वास्थ्यको लागी पनि फाइदाजनक छ । यदि हामिले जमराको जुुस नियमित सेवन गरेमा धेरै रोगहरुबाट बच्न सकिन्छ । प्रशस्त क्लोरोफिल हुने जमरामा एन्टिअक्सिडेनट गुण हुनछ । जसले कोशहरुलाई बुढो हुन रोकी हामिलाई जवान बनाइराख्ने गर्छ ।
जमरा जुस सेवनका फाइदाहरु
जमराको जुस सेबन गर्नाले क्यान्सर रोग हुनबाट जोगाउछ । जमरामा भिटामिन ए, बि, सी, ई पाइने हुनाले शरिर तन्दुरुस्त राख्न सहयोग गर्छ । यसको सेबनले सास र पसिनाको दुर्गन्ध हटाउन पनि सहयोग गर्छ । यसको सेबन गर्नाले दाद हटाई अनुहार चम्किलो बनाउन सहयोग गर्छ । जमराको जुसको सेबनले मुटुको सुरक्षा गर्न पनि मद्दत गर्छ । स्वास्थ्यका लागि अमृत समान मानिने जमराको जुसको सेबनले दाँतलाई बलियो बनाउन पनि सहयोग गर्छ ।
जमराको जुसले कलेजोको सुरक्षा गर्छ। कलेजोमा अरु विषालु रसायनले गरेको क्षतिलाई ठीक गर्छ। जुस, मुटुको सुरक्षा गर्न र क्लोस्टोरललाई घटाउन उपयुक्त हुनुका साथै रक्तनलीमा जमेको बोसो हटाउँछ।
थालसिमिया भएका बिरामीहरूलाई जुस निकै नै फाइदाजनक हुन्छ। यसले मधुमेह हुन पनि रोक्छ। जमराको लेप लगाउनले बाथको दुखाइमा राहत मिल्छ।
हरियो जुसले शरीर सुनिएको, ज्वरो आएको, घाउ खटिरालाई ठीक गर्छ, जमराको लेपले छालालाई हानिकारक किरणबाट जोगाउँछ। छाला मुलायम र चम्किलो हुन्छ। मिर्गौलाको पत्थरी, पिसाबसम्बन्धी समस्यामा हटाउन यो उपयोगी हुन्छ। तौल घटाउँछ र पाचन प्रणालीबाट विकार सफा गर्छ। शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ।