चाडपर्वको समय नजिकिँदैं गर्दो दाँतको स्याहारमा विशेष ध्यान दिनुपर्ने हुन्छ । दशै तथा अन्य चाडपर्वको समयमा मासु तथा खानाका विविध परिकारहरु तयार गरी खाने प्रचलन रहिआएको छ।
विशेषगरी नेपालीको महान पर्व दसैंमा मुख्य खानाको रुपमा मासुका परिकारलाई लिइने गरिन्छ। फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म १ हप्ताको छोटो समयमा सामान्य दिनहरुमा भन्दा बढी नै मानिसहरु मासुका परिकार खाने गर्छन्। जुन परिकारलाई चपाउन दाँतले प्रमुख भूमिका निर्वाह गर्छ।
पर्वहरुमा धेरै बढी पोलेका मासुका परिकार, धूमपान, मद्यपान साथसाथै एकैपटक लगातार खाइरहँदा दाँत, मुख तथा गिजा सामान्य अवस्थामा भन्दा बढी शिथिल तथा सुख्खा बन्न जान्छन्।
प्रायः नेपाली जनमानसमा दाँत तथा मुखको हेरचाह सम्बन्धी सामान्य जानकारी पनि नभएको हामी पाउँछौं। दाँतमा लामो समयसम्म रेसादार विशेषतस् पोलेका तथा सेकुवाको रुपमा खाइने मासुका परिकार राम्रोसँग नपाक्दा एक किसिमले कोच्चिएर दुई दाँतको बीचमा रहिरहने अवस्था पनि धेरै पीडादायी हुन्छ।
मासु तथा खाना लामो समय अड्किरहँदा त्यसले एक किसिमको एसिड ९अम्ल० पैदा गर्छ। सो एसिडले दाँतमा क्याल्सियमलाई गलाइदिने र दाँतमा एक किसिमको झन्झनाहट पैदा गरिदिन्छ।
यसरी गर्नुहोस् चाडपर्वको समयमा दाँतको स्याहार
– खानेकुरा खानासाथ संभव भएसम्म मनतातो पानीले मुख कुल्ला गर्नुपर्छ । यसो गरेमा दाँतमा अड्केको खानेकुरा बाहिर निस्कन्छ । खानेकुरा दाँतमै अड्किरहेमा दाँत दुख्नुको साथै मुखबाट नराम्रो गन्ध आउँछ । त्यसैले पानीले कुल्ला गर्दा मुखभित्र प्रवाह हुने ¥याललाई सक्रिय बनाई मुख सुख्खा हुनबाट बचाउँछ ।
– खाना खाएपछि बिहान बेलुकी ब्रस गर्नुपर्छ । ब्रस नगर्दा खानेकुरा अड्किन गई दाँत र गिजामा बसिरहेमा किरा लाग्ने संभावना रहन्छ ।
– जथाभावी ब्रस गर्नुभन्दा तलमाथि गरेर ब्रस गर्नु प्रभावकारी हुन्छ । घोटेर जथाभावी ब्रस गरेमा दाँतको इनामेल जाने तथा दाँत सिरिंग हुनुको साथै दाँतलाई छोडेर गिजा तल झर्ने समस्या आउनसक्छ ।
– कहिलेकाही ब्रस गर्दा दाँतको बीचमा अड्केको खानेकुरा ननिस्कन पनि सक्छ । यस्तो अवस्थामा छेस्का तथा टुथपिकले घोच्नुभन्दा दन्त धागो ९डेन्टल फ्लस० को प्रयोग गर्नुपर्छ । दन्त धागोलाई दाँतको बीचमा छिराएर अघिपछि तान्नाले दाँत र गिजामा कुनै हानी पु¥याउँदैन । फ्लसिङ गरिसकेपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ ।
– दाँतमा अड्केको खानेकुरा बाहिर ल्याउँछ भनेर कतिपयले सुपारी खाने गर्छन् । यसैगरी कतिले रमँइलोका लागि दाँतले कोक फेन्टाको बिर्को खोल्ने, मासुको हड्डी चपाउने, आधा पाकेको मासु धेरै खाने गर्छन् । रमँइलोका लागि गरिने यस्ता क्रियाकलापले दाँत दुख्ने, भाँच्चिने र अधिक पीडा हुन सक्छ ।
चाडपर्व होस् या अन्य समय दाँतको बचाउ आफैं गर्नुपर्छ । धेरै गुलियो, साह्रो र कडा खानेकुरा, रंगीन पेय पदार्थहरु नखानु वेश हुन्छ