बाँके– बाँकेमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो तथ्यांक बिहीबार ३ बजे दिउँसोदेखि शुक्रबार बिहान ७ः ३० बजेसम्मको हो ।
विभिन्न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्यान र कैलालीका तथा १/१ जना दाङ, बर्दिया र प्युठानका रहेको ओलीले बताए ।
भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-१० बाँकेका ७१ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे, नेपालगञ्ज उपमहानगरपालिका-१३ की ६३ वर्षीया महिलाको बिहीबार राति १०स्४५ बजे, बाकेँकै खजुरा गाउँपालिका ७ का ४८ वर्षीय पुरूषको बिहीबार राति १०स् ५० बजे, खजुरा गाउपालिका-३ कै ६७ वर्षीय पुरुषको बिहीबार राति ११स्५५ बजे मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत राप्तिसोनारी गाउँपालिका-३ बाँकेका ३३ वर्षीय पुरूषको बिहीबार ११स्३० बजे, राप्तिसोनारी गाउँपालिका-८ बाँकेकै ५५ वर्षीया महिलाको शुक्रबार विहान ४:२५ बजे, बैजनाथपुर गाउँपलिका-६ बाँकेका २५ वर्षीय पुरुषको शुक्रबार ६स्४० बजे मृत्यु भएको छ भने बैजनाथ गाउँपालिका-४ की ४३ वर्षीया महिलाको शुक्रबार विहान ७स्३० बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै भेरीमा उपचाररत कालिमाटी गाउँपालिका-२ सल्यानका ३४ वर्षीय पुरूषको बिहीबार साँझ ६स्३० बजे र कपुरकोट गाउँपालिका-४ सल्यानकै ४४ वर्षीय पुरूषको शुक्रबार विहान ४ बजे मृत्यु भएको छ ।
यस्तै घोडाघोडी नगरपालिका-१० कैलालीकी ४० वर्षीया महिलाको बिहीबार साँझ ७:४० बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ भने लम्कीचुहा नगरपालिका ३ कैलालीकै ६७ वर्षीय पुरूषको बिहीबार राति ११ बजे भेरी अस्पताललमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा गुलरिया नगरपालिका-६ बर्दियाकी ५५ वर्षीया महिलाको बिहीबार राति १०:३० बजे, घोराही उपमहानगरपालिका-५ दाङकी ३५ वर्षीया महिलाको बिहीबार साँझ ५ बजे र स्वर्गद्वारी नगरपालिका-५ प्युठानकी ४० वर्षीय पुरूषको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २६७ पुगेको छ भने अन्य जिल्ला बाहिरका २२२ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।