जाडो महिनामा चिसो हावाको कारण धेरै जसो मानिस छिटै उर्जाहिन महसुस गर्छन्। यस्तोमा व्यक्तिले थकित महसुस गर्छ। शरीरमा उर्जाको अभावले दैनिक कार्यहरूमा प्रभाव पार्छ। तपाईंले के र कति मात्रामा खानुहुन्छ ? यसले पनि पूरै दिनको गतिविधिमा असर पार्छ। केहि खानेकुराले पोषणका साथै शरीरलाई तत्काल उर्जा दिने काम गर्छ। जान्नुहोस् के कस्ता चीजहरू जाडोमा खाँदा तपाईं दिनभर सक्रिय रहनुहुनेछ।
केरा
ऊर्जाको लागि केरालाई सबैभन्दा उत्तम खाना मानिन्छ। केरा कार्ब्स, पोटाशियम र भिटामिन बी को राम्रो स्रोत हो। यी सबै चीजहरूले शरीरमा उर्जाको स्तर बढाउँछन्।
सखरखण्ड
सखरखण्डले शरीरमा उर्जा बढाउने काम गर्छ। सखरखण्डमा कार्ब्स, फाइबर, म्याग्निज र भिटामिन ए को राम्रो मात्रा हुन्छ। यसमा रहेको फाइबर र कार्बहरू पचाउन समय लाग्छ। त्यसैले सखरखण्ड खाँदा शरीर लामो समयसम्म क्रियाशील रहन्छ।
अण्डा
अण्डालाई ऊर्जाको उत्तम स्रोत मानिन्छ। अण्डा प्रोटीनले समृद्ध हुन्छ, जसले दिनभरि तपाईंलाई उर्जा दिन्छ। त्यस्तै, अण्डामा पाइने एमिनो एसिड ल्युसिनले शरीरलाई उर्जावान बनाउँछ। अण्डामा पाइने भिटामिन बी खानालाई ऊर्जामा रूपान्तरण गर्ने कार्य गर्छ।
स्याउ
कार्ब्स र फाइबर स्याउमा प्रशस्त मात्रामा पाइन्छ। यसमा पाइने प्राकृतिक चिनी र फाइबरले शरीरमा उर्जाको बढाउने काम गर्छ र शरीर लामो समयसम्म सक्रिय रहन्छ। स्याउमा राम्रो मात्रामा एन्टिअक्सीडेन्ट पनि हुन्छ जसले शरीरलाई उर्जा दिन्छ।
चुकन्दर
चुकन्दर शरीरमा उर्जाको स्तर बढाउनका लागि अत्यन्त लाभदायक मानिन्छ। चुकन्दरमा पाइने एन्टिअक्सीडेन्टले रगत प्रवाहलाई दुरुस्त बनाउँछ। यसमा पाइने नाइट्रेटले शरीरमा नाइट्रिक अक्साइड बढाउँछ। जसले गर्दा टिश्युहरूले अधिक अक्सिजन पाउँछन् र शरीरमा उर्जाको स्तर बढ्छ।