काठमाडौं - सामान्यतया बालबालिकाले ४/५ महिनाको उमेरदेखि नै कुनै पनि आवाजसँग प्रतिक्रिया दिन थाल्छ।
तर बच्चा कहिले बोल्न थाल्छ भन्ने कुरा आमाको मूडमा भर पर्ने एक अध्ययनका क्रममा देखिएको छ् ।
बच्चा जन्मेको २ महिनासम्म आमा उदास भएमा वा रिसाउने गरेमा बच्चा ६ महिना हुँदा पनि उसले आवाज बुझ्न सक्दैन । जसका कारण ढिलो बोल्न थाल्ने अध्ययनका क्रममा वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर ह्युमन कग्निटिभ एण्ड ब्रेन साइन्सेजमा गरिएको अनुसन्धानमा वैज्ञानिकहरूले बच्चाले शुरूदेखि नै आवाज छुट्याउन थाल्छ भन्ने पत्ता लगाएका छन् । तर, सुत्केरीपछि आमा डिप्रेसनबाट ग्रस्त भएमा यसले बच्चाको समग्र विकासमा असर गर्छ।
यस्तो अवस्थामा बाबुको भूमिका महत्वपूर्ण हुन्छ ।
उदास आमाको स्वर उस्तै रहने हुँदा बच्चासँग धेरै समय बिताउन र उनीसँग कुरा गर्न आवश्यक हुन्छ।
यस्तो अवस्थामा, बच्चाले आवाजहरू बीचको भिन्नता चिन्न र सिक्न सक्दैन।
आवाज छुट्याउन पाउनु बच्चाहरूको प्राकृतिक गुण हो, जुन आमाको मूडले मात्र विकास गर्न सक्छ।
यी ध्वनिहरू बीचको भिन्नता बुझेर, बच्चाले शब्दहरू बुझ्न थाल्ने अध्ययनले बताएको छ।
आमा खुसी भई बच्चासँग कुरा गरेमा बच्चाले छिट्टै भाषा सिक्छ।
बालबालिकाहरुको बोल्ने सही उमेर कति हो? कतिलाई ढिलो मान्ने?
- साधारणतया बालबालिकाले ४/५ महिनाको उमेरदेखि आवाजसँग प्रतिक्रिया दिन थाल्छ।
- एक वर्षदेखि बालबालिकाहरुले केही शब्दहरु बोल्न थाल्छन्।
- तीन वर्षको उमेरदेखि २/३ शब्दको वाक्यहरु बोल्न थाल्छन्।
- यदी तीन वर्षको उमेरसम्म पनि बालबालिकाले शब्दहरु बोलेनन् भने त्यसलाई ढिलो भन्नुपर्छ।
बालबालिकाहरु किन ढिलो बोल्ने अथवा नबोल्ने अरु के के कारण हुन सक्छन ?
- बच्चा बोल्दैन भने बच्चाले सुन्दैन भनेर बुझ्नुपर्छ।
- बच्चाको सुनाई ठिक छ÷छैन भनेर समस्या छुट्याउनुपर्छ।
- सुनाईको समस्याले बच्चा नबोल्न सक्छ या सुनेर पनि बच्च नबोल्न सक्छ। यसको कारण पत्ता लगाउनुपर्छ।
- कहिलेकाँही शिशु पेटमा भएको बेला संक्रमण भएका कारण पनि हुन सक्छ।
- भेन्टिलेटर या आइसीयूमा राखिएका बच्चाहरुमा पनि यो जोखिम हुन सक्छ।
- बच्चाहरुमा कुनै मानसिक समस्या हुन सक्छ। या न्यूरो डेभलपमेन्टमा ढिलाइले पनि हुन सक्छ।
- अटिजम भएका बालबालिकामा पनि यो समस्या हुन सक्छ।
बालबालिकालाई बोल्नमा समस्या भएमा उपचार समेत गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
एजेन्सी