काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमको सहकार्यमा जलवायु परिवर्तन र स्वास्थ्यमा यसको असर बारेको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा डा. गेहनाथ बरालले गरेका थिए। भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, आईटीएमका प्रा डा. रुथ मुलर तथा डा. जो बरी समेतको उपस्थिती रहेको थियो ।
सम्मेलनलाई ‘आईटीएम कोलोक्युम काठमाडौं’ नाम दिइएको छ । सम्मेलनमा जलवायु परिवर्तनको विश्वव्यापी अवस्था, चुनौती र यसले मानव स्वास्थ्यमा पारेका असरबारे छलफल गर्न बताएका छन ।
पर्यावरण र जनस्वास्थ्यको अनुसन्धानमा गरेको कामको प्रोत्साहन स्वरुप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमाललाई उत्कृष्ट वैज्ञानिक पुरस्कारद्वारा सम्मान गरिएको छ। जलवायु परिवर्तन र यसले जनस्वास्थ्यमा देखा परेका समस्याबारे डा. धिमालले जानकारी दिएका थिए । जलवायु परिवर्तन का कारण नसर्ने रोगको जोखिम बढिरहेको बताए ।
जलवायु परिवर्तनको विश्वव्यापी अवस्था, चुनौती र यसले बाल स्वास्थ्य र यौन र प्रजनन स्वास्थ्य, मानव स्वास्थ्यमा जलवायु परिवर्तनको स्वास्थ्य जोखिमहरू सम्बोधन गर्न विश्वव्यापी र राष्ट्रिय अवधारणा बारे समेत छलफल हुने छ।
३ दिने यस सम्मेलनमा विभिन्न देशबाट आएका विज्ञले अनुसन्धानमुलक प्रस्तुतीहरु, जलवायु-प्रतिरोधी स्वास्थ्य प्रणालीबारे र जलवायु परिवर्तन विषायमा विभिन्न अनुसन्धानकर्ताहरुका अवधारणा तथा प्रस्तुती रहने अनुसन्धान परिषद्ले जानकारी दिएको छ ।