किड्नी हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । किड्नीले शरिरबाट अनावश्यक चीजलाई फाल्ने काम गर्छ । शारीरिक संरचना अनुसार, हाम्रो शरीरमा दुई ओटा किड्नी रहेका हुन्छन् तर धेरै कारणले एउटा किड्नी फाल्नु पर्ने हुन्छ । जानेर वा नजानेर हाम्रा दैनिक बानी ब्यहोराले पनि किड्नीलाई असर गरिरहेको हुन्छ। विभिन्न कारणले किड्नी खराब हुन्छ र एउटा किड्नी निकाल्नुपर्ने पनि हुनसक्छ ।
एउटा किड्नी निकाल्नुपर्ने अवस्थाहरु
- पत्थरी संक्रमणका कारण किड्नी काम नगर्ने भएर
- क्यान्सर भएर
- कुनै चोटपटक लागेर
- किड्नी ट्रान्सप्लान्ट गरेर
* पत्थरी संक्रमणका कारण किड्नी काम नगर्ने भएर
विभिन्न कारणवश किड्नीमा एक अनियमित आकारको ठोस वस्तु जम्मा हुनु वा जम्नुलाई नै किड्नी स्टोन भनिन्छ । यसरी जमेको पत्थरी शुरुवाती क्रममा स–साना ढुङ्गाको रुपमा देखिए पनि समयमै उपचारको अभावमा अथवा शरीरबाट बाहिर निष्काशन नभएको अवस्थामा बढ्दै जान्छ र पछिगएर पथरीको संक्रमणका कारण एउटा किड्नी निकाल्नु पर्ने हुन्छ । पत्थरी बालक, युवा तथा वृद्व जुनसुकै उमेर समूहलाई पनि हुन सक्छ त्यसैले समयमै उपचार गर्नु पर्छ। साथै पत्थरी शरीरबाट बाहिर निस्केको छ छैन भनेर अल्ट्रासाउन्ड गर्नु पर्छ ।
एउटा किड्नी निकालि सकेपछि पनि फेरी पत्थरी हुन नदिन पहिला के कारणले पत्थरी भएको थियो थाहा पाउनुपर्छ । युरिक एसिड कारण थियो कि अरु कुनैकारण थियो , त्यहि अनुसार खानपिन मा ध्यान दिने , डायटमा क्याल्सियम वढाउनु पर्ने छ कि, सागपात मासु कफिमा oxaletes अक्जोलेट हुन्छ त्यसलाइ घटाउनुपर्ने हो थाहा पाएपछि त्यहि अनुसार हेरचाह गर्नुपर्छ ।
बिरामिले ध्यान दिनुपर्ने कुरा
बिरामिले प्रशस्त मात्रामा पानी पिउने, दैनिक २.५ लिटर पिसाब हुनुपर्छ। जसको लागि दैनिक ३ देखि ३.५ लि पानि पिउनु जरुरि हुन्छ ।
एउटा मात्र किड्नी भएका बिरामीले निएमित रुपमा मधुमेह र उच्च रक्तचाप जाच गर्नु पर्छ ।
दुखाई कम गर्ने औषधि प्रयोग गर्नु भएन यदि खानै परेमा डाक्टरको सल्लाहमा मात्र प्रयोग गर्ने ।
एक तिरको किड्नी पथरीका कारण निकाल्नु परेको खण्डमा अर्को किड्नीमा पनि हुने सम्भावना हुन्छ त्यस कारण ३ देखि ६ महिनामा अल्ट्रासाउन्ड गरेर हेर्नुपर्छ । यदि सानो पत्थरी भए दुर्पिंन बाटै उपचार गर्न सकिन्छ ।
यस्ता बिरामिले के खाने
सामान्यतया आफ्नो शारिरिक अवस्था हेरेर अलिअलि सबै खान मिल्छ तर खानपिन गर्दा युरिक एसिडको मात्रा हेरी डाक्टरको सल्लाह अनुसार खानु पर्छ ।
- पानि प्रसास्त पिउने
- आफ्नो तौल अनुसार कति केजी छ तेतिनै ग्राम मासु खान सकिन्छ
- कागती पानी खाने
- ड्राइफ्रुट्स र साग्सब्जिमा धेरै अक्जोलेट हुन्छ , यस्ता कुरा खादा दुध,दहि, पनिर खानु पर्छ ।
- युरिक एसिड भए निएमित औषधि खाने
- अक्जोलेट घटाउनु पर्ने भए सागपात, मासु, कफि कम खाने
- नुन कम खाने फलफुल बढी खाने
- डेरी प्रोडक्ट (दूध, दहि ) खाने यसले मुटु लाई राम्रो गर्छ (रक्तचाप कम गर्छ )
* क्यान्सरका कारण
क्यान्सरका कारण एउटा किड्नी निकाल्नु परेको अवस्थामा क्यान्सरकै हिसाबले फलोअप गरिराख्नु पर्छ क्यान्सर फैलिन सक्ने भएकाले डाक्टरको सल्लाह अनुसार फलोअप र निएमित औषधि सेवन गर्नु पर्छ । यस्ता बिरामीले दोहोरो सल्लाहा मान्नुपर्छ। खानपिनमा पनि विशेष ख्याल राख्नु पर्ने हुन्छ ।
के खाने
- पानि प्रसास्त पिउने
- नुन कम खाने
- डेरी प्रोडक्ट (दूध दहि ) खाने
- फलफुल बढी खाने
- कागती पानी खाने
- नरिवल पानी
* चोटपटक लागेर किड्नी निकाल्नु परेमा
कुनै कारण बस चोटपटक लागेर अथवा कुनै दुर्धटनाका कारण एउटा किड्नी निकाल्नु पर्ने पनि हुनसक्छ ।
के खाने
यस्ता बिरामिले सबै भन्दा पहिले प्रेसर कम गर्नुका साथै मधुमेह बढ्न दिनु हुदैन, पत्थरी हुन दिनु भएन । यसको लागि समय समयमा अल्ट्रासाउन्ड गराउनुपर्छ । खाना खासै बार्नु पर्दैन किन कि अर्को किड्नीले काम गरुन्जेल केहि फरक पर्दैन तर मधुमेह ,उच्च रक्तचाप बढ्न नदिने र जथाभावि औषधीको प्रयोग नगर्ने साथै डाक्टरको सल्लाह अनुसार काम गर्नु पर्छ ।
* ट्रान्सप्लान्ट किड्नी
किड्नी ट्रान्सप्लान्ट शल्यक्रिया मार्फत गरिन्छ । शल्यक्रिया गर्दा घाउ भएको हुदा घाउलाई निको पार्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। मधुमेह ,उच्च रक्तचाप बढ्न नदिने र औषधी निएमित खाने डाक्टरको सल्लाह अनुसार चेकप गर्नु पर्छ ।
टान्सपलान्ट गर्नुअघि धेरै बिरामी डायलाइसिसमा बस्नुपर्ने हुन्छ । डायलाइसिसमा बस्दा शरीरमा प्रोटिनको कमी र शरीर दुब्लो हुन्छ । त्यसैले टान्सपलान्ट पछि खानामा प्रोटिनको मात्रा बढाउनुपर्छ ।
के खाने
किड्नी टान्सपलान्टपछि कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, फ्याट, सूक्ष्म पोषकतत्त्व जस्ता सबै पौष्टिक तत्व भएको सन्तुलित खाना खानुपर्छ ।साथै पानी प्रशस्त पिउने , पोटासियम भएको कुरा नखाने (केरा नखाएको राम्रो )
एउटा किड्नी भएका व्यक्तिले शारीरिक ब्यायाममा पनि ध्यानदिनुपर्छ। दिनहुुँ ब्यायाम गर्दा सुगर, प्रेसर ,कोलेस्ट्रोल कम गर्नुको साथै मुटु लाइ पनि राम्रो गर्छ । साथै युरिक एसिड , मधुमेह ,उच्च रक्तचाप बढन नदिने औषधी निएमित, खाने र डाक्टरको सल्लाह अनुसार चेकप गर्नु पर्छ ।