काठमाडौं। कोही विवाहित दम्पत्तिले कुनै परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा त्यसको लगभग एक वर्षको समयावधि भित्र बच्चा बसेन भने त्यसलाई बाँझोपना मान्न सकिन्छ। तर कतिपय अवस्थामा विवाहको दोस्रो वर्षमा बच्चा हुने सम्भावना हुन्छ। त्यो भन्दा बढीको समयलाई बाँझोपना मानिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा हरेक ६ जनामा एक जनाले बाँझोपनको समस्या भोगिरहेका छन् । बाँझोपन कुनै महिला र पुरुषले १२ महिनासम्म कुनै गर्भनिरोधक साधनको प्रयोग नगरीकनै नियमित रुपमा यौन सम्पर्क गर्दा पनि गर्भ नरहने समस्या हो ।
डब्लुएचओको प्रतिवेदन अनुसार विश्वमा प्रजननशील उमेरका १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित छन् । प्रजनन उमेर भनेको १५ देखि ४९ वर्ष उमेर समूहका महिला हुन् ।
चिकित्सकहरुका अनुसार ४०-४५ वर्षको उमेरपछि पुरुषहरुमा शुक्रकीटको संख्यामा कमी आउन थाल्छ । त्यस्तै विश्व स्वास्थ्य संगठनका अनुसारमा भारतमा बाँझोपन ३.९ देखि १६.८ प्रतिशतसम्म छ । जुन अत्यधिक हो । डाक्टरहरुका अुनसार दम्पतीमा बाँझोपनको समस्या बढिरहेको छ, जसकारण दम्पतीले सामाजिक मात्र नभई आर्थिक असर पनि खप्नुपरेको छ ।
बाँझोपन महिलाका कारण मात्र नभएर पुरुषका कारण पनि हुन्छ । यसबारे परिवार–समाजमा कमै छलफल हुन्छ । नियमित असुरक्षित यौनसम्पर्कको १२ महिनापछि पनि गर्भधारण हुन नसक्नु बाँझोपन हो । विश्वव्यापी बाँझोपन दर निरन्तर वृद्धि भइरहेको छ । संसारमा प्रजनन उमेरका लगभग १८ करोडभन्दा धेरै व्यक्ति बाँझोपनका साथ बाँचिरहेका छन् । विकासशील देशहरूमा औसत ६.९ देखि ९.३ प्रतिशत व्यक्तिहरूमा बाँझोपन हुने देखिएको छ । एक अनुसन्धानअनुसार नेपालमा ५–७ प्रतिशत जोडीमा बाँझोपन देखिने गरेको छ । ८५ प्रतिशत जोडीमा बाँझोपनका कारण थाहा पाउन सकिन्छ भने १५ प्रतिशत जोडीमा कारण बिनै बाँझोपन हुने गर्छ ।
के कारणले यो समस्या बढ्दै गएको छ ?
विवाह ढिलो गर्ने : अहिले यो समस्या बढ्नुको प्रमुख कारणमा ढिलो विवाह रहेको छ। अहिले महिला आफ्नो भविष्यको चिन्ता गर्ने र विवाह र बालबच्चा भन्दा पनि आफ्नो भविष्य बनाउन लाग्दा यो विषय ओझेलमा परेको छ। पहिलाको समयमा केटी मान्छेको जीवन विवाह र बच्चा जन्माउन मै जान्थ्यो। यसरी विवाह ढिलो गर्ने, कसैले बिहे गरे पनि ढिलो बच्चा जन्माउने गर्दा यो समस्या बढेको देखिन्छ। प्रत्येक केटी मान्छेले जन्मदेखिनै फिक्स अण्ड लिएर आएको हुन्छ। त्यो प्रत्येक महिनामा घट्दै जान्छ। त्यसैले बच्चा पाउने सही उमेर भनेको २२ देखि ३० वर्ष हो। ३० वर्ष कटेपछि खतरा हुन्छ।
ओभुलेसनमा समस्या : अण्डाशयबाट एक परिपक्व अण्डा निस्कनु ओभुलेसन हो, सामान्यतया यो मासिक महिनावारी सुरुआत हुनुभन्दा १४ दिनअघि हुन्छ । शारीरिक सम्पर्क ओभुलेसन हुने ५ दिनअघि अथवा ओभुलेसनको दिनमा भयो भने बच्चा बस्ने सम्भावना बढ्छ तर कतिपय महिलामा ओभुलेसन नै हुँदैन, जसलाई एनोभुलेसन भनिन्छ र यसले बाँझोपन निम्त्याउन सक्छ । यदि महिनावारी नियमित नभएमा, महिनावारी २१ दिनभन्दा छोटो वा ३५ दिनभन्दा बेसीमा भएमा, गर्भाशयबाट धेरै रक्तस्राव भएमा अथवा महिनावारी नै नभएमा ओभुलेसनमा समस्या छ भन्ने बुझ्नुपर्छ ।
फेलोपियन ट्युबमा समस्या : यस ट्युबमा अवरोध भएमा वा दागका कारण ट्युबले अण्डाशयबाट निस्किएको अण्डा समात्न नसके बाँझोपन हुन सक्छ । यौन संक्रमणको इतिहासले पनि ट्युबमा समस्या आइपर्ने जोखिम बढाउँछ । साथै विगतमा पेटको शल्यक्रिया गरेको वा पेटभित्र संक्रमण भए पेटभित्र दाग बनेर ट्युब खुम्चिन सक्छ र यसले बाँझोपन गराउन सक्छ ।
एन्डोमेट्रिओसिस : एन्डोमेट्रियम एक तन्तु हो जसले गर्भाशयको भित्री भागलाई रेखा दिन्छ र एन्डोमेट्रियोसिस एक समस्या हो, जसमा यी तन्तुहरू गर्भाशयको गृहबाट बाहिर गएर हुर्कन्छ र तल्लो पेटका अन्य अंगहरू जस्तै अण्डाशय, ट्युब वा आन्द्रामा गएर बस्छ । यसरी बाहिर गएर बसेको एन्डोमेट्रियमको तन्तु प्रत्येक महिनावारीमा टुक्रिन्छ, रगत त्यही फस्न थाल्छ जसले वरिपरिका अंगहरूमा दाग सृजना हुन्छ र ती अंगहरू एकअर्कामा टाँसिन्छन् । यसले प्रजननमा क्षमतालाई असर गर्छ ।
अण्डाको मात्रा घट्नु : महिलामा उमेर बढ्दै जाँदा प्रजनन दर घट्छ किनकि उनीहरूको शरीरबाट अण्डा पनि घट्दै जान्छ । अरू कारणहरू जस्तै अंडाशयको शल्यक्रिया, किमोथेरापी र अण्डाशयको संक्रमणले पनि अण्डाको उत्पादनमा असर गर्छ । परिवारको कुनै महिला सदस्यमा समयभन्दा आगाडि महिनावारी रोकिएको इतिहास छ भने, सो महिलामा पनि छिट्टै महिनवारी रोकिन सक्छ र प्रजनन क्षमता पनि रोकिन्छ ।
पाठेघरको समस्या : जन्मजात पाठेघरको समस्या, पाठेघरमा मासु पलाएको अथवा पहिला गरेको शल्यक्रियाको दाग छ भने गर्भपतन र समयभन्दा अगावै बच्चा जन्मने समस्या देखिने गर्छ ।
पुरुषकारक बाँझोपन : ३०–४० प्रतिशत जोडीमा यो करणले बाँझोपन हुने गर्छ । सामान्यतया वीर्यको स्तर कम हुनु, कम शुक्राणु बन्नु वा जन्मजात पुरुषको भित्री अंगमा समस्या हुनु पुरुषकारक बाँझोपनका कारण हुन् ।
हर्मोनको समस्या : कुनै कारण मस्तिष्कबाट निस्किने हर्मोन (हाइपोथल्यामसबाट जीएनआरएच र पिट्युटरीबाट एफएसएच/एलएच) को मात्रा कम भएमा पनि बाँझोपन हुन्छ । यी हर्मोनहरू अण्डाशयबाट अण्डा र शुक्रकीटबाट शुक्राणु निकाल्न चाहिन्छन् । उदाहरणका लागि, मस्तिष्कबाट निस्किने प्रोल्यक्टिन हर्मोनको मात्रा कुनै कारण बढी भएमा वा यसको उत्पादन हुने ठाउँमा मासु पलाएमा जीएनआरएच को मात्रा घट्छ, जसले बाँझोपन गराउँछ । यसबाहेक थाइरोइड ग्रन्थिसम्बन्धी रोगले पनि बाँझोपन गराउँछ ।
महिलाको उमेरले पनि प्रजननमा फरक पार्छ । ३० वर्षपछि महिलाहरूमा प्रजनन दर घट्छ किनभने अण्डाको मात्रा घट्दै जान्छ र यसको गुणस्तरमा पनि कम हुँदै जान्छ, जसले जन्मजात विकृति/गर्भपातको जोखिम बढ्छ । ३७ वर्षपछि त प्रजनन दरमा अधिक कमी हुन्छ ।
अन्य कारण
- पुरुषको विर्यनलीमा सिस्ट, ट्युमर भएमा।
- पुरुषको गुप्ताङ्गको विकास राम्रोसँग नभएमा।
- जन्मजात पाठेघरको विकास नहुनु