काठमाडौं । लागू औषध नियन्त्रण गर्न कर्णालीमा लालटिन अभियान सुरु गरेको छ ।
पछिल्लो समय बढ्दै गएको लागू औषधको ओसार पसार,व्यापार र प्रयोग नियन्त्रण गर्न र लागू औषध सेवनरहित समाज बनाउने उद्देश्यसहित नेपाल प्रहरीले ‘लालटिन’ अभियान सुरु गरेको हो।
युवा र समाज उत्पादनशील भन्दा लागू औषधको लतमा फस्दै गएको र विलासी जीवन जिउन आकस्मिक आर्थिक कमाइ गरि धनी बन्ने लालचमा परि लागू औषधको सेवन, व्यापार र ओसारपोसार भएको भन्दै नियन्त्रण गर्न उक्त अभियान चलाएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले लागू औषध विरुद्ध लागू गरेको लालटिन कार्ययोजना २०८० अनुसार लागू औषध नियन्त्रण गर्न जिल्लादेखि बस्ती स्तर हुँदै क्याम्पस,विद्यालयसम्म स्थानीय सरकार,नागरिक अगुवा,पत्रकार,युवा,महिला,विद्यार्थी, प्रहरी,स्थानीय प्रशासनको संलग्नतामा लालटिन अभियान समूह,समितिहरू बन्ने र ती समूह समितिहरूले लागू औषध नियन्त्रणका लागि आवश्यक भूमिका खेल्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक ९डिएसपी० विरेन्द्र थापाले बताउनु भयो ।
शहरी क्षेत्र हुँदै लागू औषध सेवन, ओसारपोसार र व्यापार दुर्गम गाउँसम्म विस्तार हुँदै गएकाले समयमै नियन्त्रण गर्न आवश्यक रहेको प्रहरीले बताएको छ । उक्त अभियान अन्तर्गत गठन भएका सबै डेस्क,समूह,समितिहरूको मुख्य काम लागू औषध नियन्त्रणका लागि गाउँ समाजमा जनचेतना फैलाउनु,सम्बन्धित निकायमा सूचना दिनु, र सेवनकर्ताको पहिचान गरि पुनर्जीवन दिने कार्य गर्नु रहेको छ ।
कर्णालीबाट पहिको पटक लागूऔषध नियन्त्रण गर्नका लागि थालनी गरिएको लालटिन अभियान अन्य प्रदेशमा पनि उदाहरणिय र कर्णालीको लागूऔषध नियन्त्रणमा महत्वपुर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ । लागू औषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर र्पुयाएको भनदै उक्त अभियान सुरु गरेको हो।