काठमाडौं। मधुमेह नसर्ने रोगहरु मध्येको एक प्रमुख समस्या हो । मधुमेहकै कारण उच्च रक्तचाप, हृदयघात तथा मस्तिष्कघात, अनि मिर्गौला फेल जस्ता समस्या देखिन्छ । त्यसबाहेक अर्को बढी हुने समस्या भनेको डायवेटिक रेटिनोप्याथी हो । अर्थात मधुमेह पछि यसले आँखामा देखिने असर ।
केडीसी जनरल अस्पतालले स्याङ्जाको चापाकोटमा डायवेटिक रेटिनोप्याथीबारे अगुवा महिलाहरुलाई अभिमुखिकरण तथा प्रशिक्षणमा सहभागि गरेका थिए । पहिलो दिन भएको ओकसपमा ६० जाना महिला र २० जना पुरुष सहभागि थिए । उक्त ओकसपमा मधुमेहले आँखामा पार्ने असर र यस बाट बचने उपाए बारे छलफल भएको थियो ।
यस्तै अर्को दिन चापाकोटमै डायवेटिक रेटिनोप्याथी सम्वन्धी स्क्रिनिङ तथा उपचार भएको हो जसमा १४० जनाले सेवा लिएका थिए । केडीसी आई कियेर सेन्टर कि डा। आरति थापाका अनुसार १४० जनाको स्क्रिनिङ गरिएको थियो र आवश्यक भएकाहरु लाई नि शुल्क चसमा र औषधि दिएका थियै । साथै हरेक स्कुलमा गएर ८,९र १० विद्यार्थीको पनि स्क्रिनिङ गरेको र उनिहरु लाई मधुमेहका कारण आँखामा देखिने असर बारे जानकारि दिएको बताइन ।
केडीसी जनरल अस्पतालका अध्यक्ष डा। बुद्धिमान श्रेष्ठले पछिलो समय महिलाहरुमा मधुमेहका कारण आँखामा समस्या देखिरहेकाले उनिहरुका लागि सचेतना र नियमित परीक्षण जरुरी भएको बताए । उनले आम सर्वसाधारणले आफ्नो स्वास्थ्यका लागि थोरै भए पनि समय छुट्याउन आग्रह गरेका छन, किनकि समयमै थाहा भए मधुमेहले आँखामा गर्ने असर , उच्च रक्तचाप, हृदयघात तथा मस्तिष्कघात, अनि मिर्गौला फेल जस्ता समस्या बचन सकिन्छ। त्यसैले त्यसैले यसविरुद्ध व्यक्तिहरु सचेत हुन जरुरी भएकाले समय समयमा यस्ता शिविर आयोजना गर्दै आएको जानकारि दिए ।
शिविरमा आवश्यकताका अनुसार निशुल्क औषधि तथा चस्मा समेत वितरण गरिएको थियो।