काठमाडौं । संसारमा कुनै जोडी छैन होला, जसको एकापसमा झगडा हुदैन। एउटा भनाइ नै छ ‘बुढाबुढीको झगडा परालको आगो’ । तर, कहिले काहि दम्पतीबीचको झगडा उनीहरुमा मात्र सीमित हुँदैन, यसले बच्चा र समग्र परिवारलाई पनि असर गर्छ । श्रीमान्-श्रीमतीबीचको अनावश्यक झगडाले उनीहरुको सम्बन्धलाई कमजोर बनाउँछ ।
भनिन्छ नि, सबै कुरा हाम्रो हातमा हुँदैन । श्रीमान - श्रीमतीको सम्बन्धमा पनि ठ्याक्कै यस्तै हो । कहिलेकाहीं नचाहेर पनि परिस्थिति यस्तो हुन्छ कि झगडा भई नै हाल्छ । कुनै पनि सम्बन्धलाई बलियो र राम्रो बनाउनका लागि सम्बन्धमा लापरवाही र एकअर्कालाई ध्यान नदिनुले अक्सर सम्बन्धमा कमजोरी ल्याउँछ ।
श्रीमान -श्रीमतीको सम्बन्धमा सानातिना झगडा हुन्छन् र उनिहरुले समाधान गरेर अगाडि बढ्छन् । तर कहिलेकाहीं सानातिना झगडाले पनि ठूलो रुप लिन्छ र कुरा सम्बन्ध विच्छेदसम्म पुग्छ । त्यसैले बहस सुरु भए पछि नसल्टाई अचानक मौन बस्नु हुदैन ।
दम्पतीको विवाद चर्कीने कारण
एक अर्को को कुरा नबुझुनु
प्रय दम्पतीले विवादको समयमा एक अर्कोले भन्न खोजेको कुरा बुझि रहेका हुदैन्न । विवादको समयम आफनो कुरा मात्त अगाडि राखने अर्कोको कुरा नसुने गर्छन जस कारण विवाद चर्कीदै जान्छ । यस अवस्थामा कुरा सुनेर बुझुनु पर्छ।
बोल्दाबोल्दै ठूलो स्वर गर्ने
धेरैजसो आवेशमा आएर चर्को स्वरमा बोल्ने ,आफनो तर्क साबित गर्न कराउने, कतिपय बेला अभद्र भाषा पनि रिसमा प्रयोग गर्ने यस्ता व्यवहारले समस्या आउन थाल्छ । जुन दुवैलाई सहन सहज हुँदैन । त्यसैले रिस उठ्दा आफनो पार्टनरसँग ध्यान दिएर शान्तिपुर्व कुरा गर्नु पर्छ ।
एकअर्कालाई दोष लगाउने
झगडा हुँदैमा सम्बन्ध खत्तम हुँदैन । तर झगडापछि एकअर्कालाई दोष दिनु ठीक होइन । साना ९साना कुरालाई लिएर झगडा गर्ने बानी छ भने यसले सम्बन्धमा चिसोपन ल्याउन सक्छ । यस अवधिमा एकअर्काको गल्ती गन्नुको सट्टा समझदारी देखाएर कुरालाई शान्त पार्नु राम्रो हुन्छ ।
कुरालाई अपूरो छाड्ने
कतिपयको बानी हुन्छकि कुनै कुरालाई लिएर बहस सुरु भयो भने नसल्टाई अचानक मौन बस्ने तर यसरि मौन बस्नु समाधान होइन । यसले सल्किरहेको आगोमा घिउ थप्नु जस्तो हुन्छ । यसो गरेमा पार्टनर टाढा भागिरहेको अनुभव हुन्छ । यस्तो व्यवहारले समस्या मात्र बढाउछ ।
एकअर्का माथि हिन्सक हुने
श्रीमान्-श्रीमतीबीचको अनावश्यक झगडाले सम्बन्धलाई कमजोर बनाइ रहेको हुन्छ । तर झगडापछि एकअर्कालाई शत्रु ठाने झन् ठूलो समस्या हुन्छ । यदिे एकअर्का माथि हिन्सक नै हुन गए एकअर्कालाई चोट पुग्यो भने उनीहरूको दाम्पत्य जीवनमा नै ठूलो असर गर्छ । त्यसैले एकअर्काविरुद्ध हुँदा कुनै पनि समस्या समाधान हुँदैन, झन् जटिल बन्दै जान्छ । यसो गर्नाले सम्बन्ध अन्धकार हुदै सबै कुरा हातबाट फुस्किन सक्छ । एकअर्का पर्ति हिन्सक नभइ सुजबुझले काम गर्ने ।
झगडा कसरी रोक्ने ?
दम्पतीबीचमा अनावश्यक साना -साना कुरालाई लिएर झगडा गर्नु हुदैन । झगडा सुरु भएपछि कसरी रोक्ने ? कसरी सुल्झाउने ? भने जान्न गाह्रो हुन्छ । झगडा घरको काम वा स९सानो असहमतिदेखि, शंका वा आर्थिक लेनदेन प्रमुख झगडाको दायरामा हुन सक्छ। यस्तो प्रकारको असहमति छ भनेर पहिचान गर्ने किनभने यसले बहस रोक्न उत्तम तरिका निर्धारण गर्न मद्दत गर्नेछ ।
विवादको समयमा विवाद कम गर्न एकअर्कोलाई केही प्रभावकारी वाक्य भन सकिन्छ जसले तातेको माहोललाई चिसो बनाउन सकिन्छ ।
मलाई यसको बारेमा सोच्न दिनुहोस्
तपाईं सही हुन सक्नुहुन्छ
मैले बुझें
मलाई माफ गर
यस्ता केहि वाक्यले विवादलाई कम गर्न मदत गर्छ । यी कुराले विवादित बनेको विषयमा सकरात्मक सम्झौता गर्न इच्छुकता देखाउँछ । झगडा भावना र अवस्था नबुझ्दा हुने गर्छ । यदि भनेको कुरा राम्रोसँग सुनेर आफूले बुझने र बुझाउने कोसिस गर्दा यसले सहानुभूतिको संकेत देखाउँछ । बुझ्नु भनेको समस्या समाधान गर्नैपर्छ भन्ने होइन । तर सुनेर गलत भए शान्त भएर सम्झाउन मद्दत गर्छ ।
यसरि एक अर्कोलाई सुनेर बुझेर , एक अर्कोको गलति लाई माफ गरेर ,अनावश्यक साना -साना कुरालाई लिएर झगडा नगर्ने हो भने सम्बन्ध सुमधुर हुन्छ । कुनै पनि निर्णय गर्नुपर्दा सँधै समझदारीमा गर्ने । श्रीमान-श्रीमती बीचको सम्बन्ध सुमधुर बनाई राख्न कहिल्यै पनि कुनै पनि हिसाबले आवेशमा आएर गलत ब्यवहार नगर्न । भावनात्मक, मानसिक तथा शारीरिक कुनै पनि दृष्टिकोणले आफुलाई सँधै शान्त राख्ने यसो गर्दा झगडा कम हुन्छ ।