जाडो मौसम शुरु भएसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले बढी नै सताउने गर्छ । मृत्युको १०कारण मध्य एक निमोनिया हो तर अहिले पनि हाम्रो समाजले निमोनियालाई समान्य रुपमा लिने गर्छ । कोरोनाको समयमा पनि धेरैजस्तो लक्षणहरु निमोनियासँग मिल्दाजुल्दा नै थिए । वर्षेनी कयौको मृत्यु निमोनियाबाट नै हुनेगरेको छ। बालबालिका, बुढाबुढी, दिर्घरोगीहरुका लागि निमोनिया निकै जोखिमपूर्ण मानिन्छ ।
निमोनिया भनेको के हो ?
निमोनिया फोक्सोको संक्रमण हो। यो किटाणुले (ब्याक्टेरिया, भाईरस, फङ्गस)फोक्सोको तन्तुहरूमा आक्रमण गरिदिदाँ फोक्सो संक्रमित भई देखा पर्छ । लक्षण कम हुन, रुघाखोकी हराउन दुई हप्ता लाग्छ तर एक्स रे मा दाग निको हुन चार देखि छ हप्ता लाग्छ ।
निमोनियाको संक्रमण जाडो मौसममा बढी हुने गर्दछ यसको समयमै उपचार हुन सके निको हुन्छ तर तत्काल चिकित्सकिय व्यवस्था हुन नसके निमोनिया फोक्सोको अधिकांश हिस्सामा फैलियर फोक्सोले काम गर्न नसक्ने अवस्थामा आउँछ र व्यक्तिको मृत्यु हुन्छ ।
यसले पाँचवर्ष मुनिको बालबालिका , ६० वर्ष माथिका जेष्ठ नागरिक वा प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्ति, मृगौला, कलेजो, मुटुरोगी र क्यान्सरको रोगी, स्टेरोइड थेरापी लिइरहेको, एच.आइ.भी.बाट संक्रमित भएका, र ठूलो चोटपटक लागेको मान्छेहरूमा यो रोग ज्यानमारा पनि हुन सक्छ ।
निमोनिया हुनसक्ने स्थान
समुदायबाट फैलने निमोनिया :यो बाहिरि वातावरणमा भएका किटाणुहरुको संक्रमणले गर्दा लाग्ने निमोनिया हो समान्य खालको औषधिलेनि निको गर्न सकिन्छ
अस्पतालबाट फैलने निमोनिया :यो निमोनिया अस्पतालमा भर्ना भएका विरामी वा उसले प्रयोग गरेको ब्याक्तिगत सामाग्री वा अस्पतालको वातावरणबाट फैलने गर्छ ।
भेन्टिलेटरबाट फैलने निमोनिया :भेन्टिलेटर वा आइसियु बाट हुने निमोनिया हो । यस्तो निमोनिया अलि खतरानै हुन्छ।
कारण
- निमोनियाको मुख्य कारण भनेको व्याक्टेरिया, भाइरस, फङ्गस, परजीविहरुको संक्रमण हो ।
- रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम हुनु ।
- धुवाधुलो,दाउरा, गुईठा जस्ता बायोमास जलाउदा ।
- धुम्रपान र मध्यपानको सेवन गर्दा ।
- जाडो र वर्षाको मौसममा सावधानि नअपनाउदा ।
- दिर्घरोगि र दम, पुरानो खोकी ,क्यान्सर जस्ता फोक्सोको रोगिले सावधानि नअपनाउदा ।
लक्षण
- सुरुमा खोकी लाग्ने ।
- चाँडो–चाँडो श्वास फेर्ने ।
- कोखामा हान्न (श्वास फेर्दा छाती र करङको भाग धस्सिने) ।
- श्वास फेर्न गाह्रो हुने ।
- आमाको दुध चुस्न नसक्ने ।
- ज्वरो १०२ भन्दामाथि आउने ।
- थकानको महसुस हुने ।
- छाती दुख्ने ।
उपचार
निमोनियाको संक्रमण कम गर्न पहिले फ्लुको खोप लिने यो खोप ६ महिना नाघेका सबैले लिएको राम्रो हो। यो खोप लगाउदैमा निमोनिया नहुनेभने हुदैन तर धेरै हद सम्म कम हुन्छ । यो खोप रुघाखोकी, ज्वरो आएकोबेला लगाउनु भने हुदैन ।
निमोनिया ब्याक्टेरियाहरुको संक्रमणले भएको हो भने एब्टिवाइटिक्स औषधिहरू चलाईन्छ र सपोटिप थेरापि दिइन्छ । समुदायबाट फैलने निमोनिया चाडै ठिक हुन्छ तर रोग ठिकभए पनि औषधिको पुरै कोर्स पुरा गर्नुपर्छ बिचैमा औषधि छोडिदिदा रोगका किटाणुहरूपुरै मरिसकेका हुदैनन् । यसो हुँदा रोग फेरि बल्झिन्छ साथै फेरि उपचार गर्दा एण्टिबाइटिकले पनि कामगर्दैन ।
निमोनिया भएको पाइएमा सकभर अस्पताल गएरै उपचार गराएको राम्रो हो । अस्पताल जादैमा भर्ना गर्न आवश्यक हुन्छ भने छैन बिरामिको अवस्था हेरि भर्ना गर्नुपर्ने भएमात्र गरिन्छ।
रोकथामको उपायहरू
- ६ महिना माथिका सबैले फ्लुको खोप लगाउने।
- किटाणुहरुको संक्रमणबाट बच्ने खासगरी लामो समय रुघा खोकी लागे डाक्टरलाई देखाउने।
- संक्रमित ब्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउदा विशेष सावधानि अपनाउने।
- रुँघा खोकी लागेकाहरूसँग दुरी बनाउने, हात मिलाउने, अंकमाल गर्ने, नजिक बस्ने जस्ता काम नगर्ने ।
- आफूलाई रुघा खोकी वा फ्लु भएको छ भने यस्तो अवस्थामा खोक्दा वा हाच्छिउ गर्दा रुमाल वा टिस्यु पेपरको प्रयोग गर्ने ।
- निमोनियाको संक्रमण अस्पतालबाट पनि फैलिने भएकाले अस्पतालजादा विशेष सावधानि अपनाउने ।
- मौसम बदलिदा चिसो, धुवाधुलो र प्रदुषणबाट बच्ने र बालबालिका ,बृद्धको विशेष ख्याल राख्ने ।
- बच्चालाई रुँघा खोकी र कफको समस्या भए स्कुल नपढाउने । बाहिरजादा गुणस्तरीय मास्क लगाएर मात्र जाने ।
- धुम्रपान आफु पनि नगर्ने अरुलाई पनि गर्न नदिने ।
- बच्चाको सर - सफाईमा (बच्चा सुताउने कोठा, खेलौना एवं लुगाफाटो आदि )विशेष ध्यान दिने ।
- निमोनियाको संका लाग्ने वित्तिकै डाक्टर कहाँ जाने ।
- निमोनियाको औषधि सेवनगर्न थाले पछि कोर्स पुरा नगरे सम्म बिचमा औषधि नछोडने।
(डा.नबिन कुमार मिश्रसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानीमा आधारित् )