जन्डिसको समस्या भएमा त्यसले कलेजोलाई अत्यधिक प्रभावित पार्छ । जन्डिसले आँखा र छाला पहेँलो हुँदै जान्छ । यस्तो समस्या भएमा तुरुन्तै कलेजो विशेषज्ञसँग सम्पर्क गर्न आवश्यक हुन्छ ।
कलेजोको समस्या भएमा पेट, खुट्टा, एड्रिया अत्यधिक दुख्ने तथा सुन्निने समस्या हुन्छ ।
पिसाबको रङ गहिरो भएमा पनि कलेजोको समस्या हुन सक्छ ।
दिसाको रङमा पहेँलोपना र रगत देखिए पनि कलेजोमा समस्या भएको बुझ्नुपर्छ ।
कलेजोको समस्याले खान मन नलाग्ने र वाकवाकी र बान्ता हुनेलगायतको लक्षण देखाउँछ ।
कलेजोको समस्या भएमा थकाइ लागिरहने हुन्छ ।
पेटमा हुने सामान्य दुखाइले पनि कलेजोलाई हानि पु-याउँछ । त्यसैले पटक–पटक पेटमा समस्या भएमा हस्पिटल गएर स्वास्थ्य जाँच गराइहाल्नुपर्छ ।
कलेजो स्वस्थ राख्न
तौल नियन्त्रण गर्ने ।
फ्याट र बोसो सेवन नगर्ने ।
खानामा अत्यधिक फाइबर समावेश गर्ने ।
नियमित व्यायाम गर्ने ।
आवश्यक मात्रामा पानी पिउने ।