जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्याहरू देखिन गर्छन । त्यसैले जाडोको समयमा छालाको राम्रोसँग हेरचाह गर्नुपर्छ । चिसो हावा पानी, चिसो मौसमले गर्दा छालामा मोस्चरको मात्रा घटदै जान्छ जस ले गर्दा छाला सुक्खा हुने, चिलाउने, पोल्ने , छाला खस्रो हुने , फुट्ने, हात गोडाहरु सुन्निने जस्ता समस्या धेरै देखिने गर्दछ। जाडोमा हाम्रो शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन हुने हुँदा छालामा यस्ता समस्याहरू देखिन गर्छन ।
कुनै एउटा मौसमसँग शरीरको छाला समायोजित हुन खोज्छ तर फेरि अर्को मौसम सुरु भइदिन्छ। यसले गर्दा हाम्रो शरीरको छाला एउटा मौसममा समायोजित हुन नपाउँदै मौसम परिवर्तन भइसकेको हुन्छ। जस कारण छालामा यस्ता समस्याहरू देखिन थाल्छ ।
जाडोमा छालामा देखिने समस्याहरूः
सुख्खापनः चिसोका कारण छालामा मोस्चर कम हुन्छ र छालामा रहेको पानीको मात्रा सुक्न गई चिल्लो पदार्थ घट्न जान्छ त्यसकारण हातखुट्टा, ओठ, अनुहार फुट्ने छालामा सुख्खापन आउने जस्ता समस्या देखापर्छ । जाडो महिनामा आगो वा हिटरको नजिकै बस्ने गरिन्छ जसले गर्दा डिहाइड्रेसन बढेर सुख्खापनको समस्या बढेर जान्छ।
सोरियासिस : सोरियासिस लाई कत्ले रोग पनि भनिन्छ । यो घुडामा, कुहिनोमा टाउकोमा बढि मात्रामा देखिन्छ । यो समस्या गर्मीमा भन्दा जाडोमा बढिदेखिने गर्छ किनकी जाडोको बेलामा छालाहरूअरु बेलाभन्दा बढी सुख्खा हुने भएकाले झन् बढ्ने हुन्छ ।
एक्जिमा : एक्जिमा लाई एलर्जी पनि भनिन्छ । सुक्खा भएको छालामा ‘जेरोटिक एक्जेमा’ हुने भएकाले जाडोमा बढि देखिन्छ । यसमा छाला चिलाउने,सुख्खा हुने, रातो हुने हुन्छ । जाडोमा सबैलाई घाम प्यारो हुन्छ तर सिधै घाममा बस्दा घामको एलर्जी हुन्छ, त्यसबाट बच्न सनस्क्रिन क्रिम लगाएर घाममा जानुपर्छ । यस्ता क्रिमको प्रयोग गर्दा चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्दा राम्रो हुन्छ ।
चिलब्लेन्स (चिसोले खाने ) : यस रोगमा हातखुट्टाका औंलाहरु रातो हुने, सुन्निने, पानी फोका र पिपका फोकाहरु आउने जस्ता लक्षण देखिन्छन्। विषेस गरि हातखुट्टा सुन्निने हुन्छ ।
चायाँः जाडो मौसममा चायाको समस्याले पनि सताउँछ । चिसोले गर्दा राम्रोसँग कपालको हेरचाह गर्न सक्दैनौँ साथै जाडोमा टोपी लगाइन्छ जसले गर्दा टाउको गुम्सिन्छ र कपालमा चायाँ पर्ने समस्या बढी देखिन्छ । यस्तो समस्यामा एन्टीड्यान्डर्फ स्याम्पु प्रयोग गर्नु पर्छ ।
लुतो (दाद) : चिसो मौसममा दादको समस्या देखिन्छ । चिसोले गर्दा कम नुहाउने, छालाको सरसफाईमा ध्यान नदिने, लामो समयसम्म एउटै कपडा लगाउने गर्छन् जसले गर्दा शरीरमा लुतो आउने समस्या हुन्छ ।
छालाको हेरचाह कसरी गर्ने ?
मौसम अनुसार आफनो छालाको हेरचाहलाई बदलि राख्नु पर्छ । जाडोमा हाइड्रेटिंग खालको किलिन्जर प्रयोग गर्नु पर्छ । छालामा देखिने समस्या अनुसार छालाको हेरचाह गर्नु पर्छ ।धेरै लाई उलनको लुगाले छाला चिलाउने भएकाले प्रयोग नगर्ने बरु सिल्क, कटन, सुतिको प्रयोग गर्ने ।
- छालालाई सुख्खा रहन नदिन मोस्चराइजिङ तथा लोसनको प्रयोग गर्ने ।
- साबुनको प्रयोग कम गर्ने (मोस्चराइजिङ साबुन तथा फेस वास प्रयोग गर्ने )
- ओठ चिल्लो राख्न भ्यासलिन तथा लिप बाम प्रयोग गर्ने ।
- घाममा जानुअगाडि सनस्क्रिन तथा लोसनको प्रयोग गर्ने ।
- बढी चिसो पानीमा काम नगर्ने ।
- उलनको लुगा प्रयोग नगर्ने ।
- बढी तातो पानीले ननुहाउने ।
- शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।
- जाडोमा क्रिम बेस मोस्चराजरको प्रयोग गर्ने
- सनस्क्रिन दैनिक ३ र ३घण्टाको अन्तरालमा प्रयोग गर्ने
- आगो वा हिटरको धेरै नजिकै नबस्ने ।
- धेरै समय लगाएर ननुहाउने ।
- केही समस्या देखा परे छिट्टै छाला रोग विशेषज्ञसँग परार्मश लिई उपचार गर्ने ।
छालामा कस्तो क्रिम अथुवा तेलको प्रयोग गर्ने ?
जाडोमा छाला बढी सुख्खा हुने भएकाले छालालाई मोइस्चराइज गर्नु आवश्यक हुन्छ । जाडोमा ओयल बेस्ड मोइस्चराइजर प्रयोग गर्नु उपयुक्त हुन्छ ।मोइस्चराइजर प्रयोग गर्न मन नपर्नेका लागि तेल मसाज पनि राम्रो विकल्प हो । बुढाबुढिहरुले क्रिम भन्दा तेल लगाउन रुचाउछन्न त्यसका लागि नरिवलको तेल लगाउदा राम्रो हुन्छ । नुहाउने बेला पानीमा ३/४ थोपा नरिवलको तेल राखेर नुहाउदा शरिरलाई मोइस्चराइज र हाइड्रेटेड राख्छ । नुहाएपछि बडी लोसन क्रिम वा तेल प्रयोग गर्नुपर्छ । यसबाट मोइस्चर लक हुन्छ र छालाबढी समयसम्म हाइड्रेटेड रहन्छ ।
नियमित सनस्क्रिन, लोसन, मोस्चराइजर क्रिम तथा नरिवलको तेल प्रयोग गर्ने । जुन पायो, त्यही साबुनले नुहाउँदा छालामा धेरै सुक्खापन आउन सक्छ । त्यसैले जाडो र गर्मी मौसममा नुहाउँने साबुन फरक फरक हुनुपर्छ । जाडोमा नुहाउँदा कसैलाई ग्लिसिरिनयुक्त साबुनको प्रयोग गर्नुपर्ने हुन सक्छ भने कसैलाई मोस्चराइजर साबुन प्रयोग गर्नुपर्छ। आफनो छाला अनुसार क्रिम तथा साबुन छानि प्रयोग गर्नु पर्छ ।
छालामा देखिने समस्याहरूमा खानपानको भुमिका ?
छालालाई स्वस्थ राख्न सन्तुलित एवं पौष्टिक खानेकुराको आवश्यक पर्छ । केही खाद्यपदार्थबाट सेन्सेटिभ स्किनमा एलर्जी हुन्छ त्यसैले यस्ता खाद्यपदार्थ पहिचान गरी तिनबाट टाढै रहनुपर्छ । छालाको बाहिरि हेरचाह सँगै खानपानमा पनि ध्यान दिनु पर्छ ।खास गरि एन्टिअक्सिडेन्ट खानाखानु पर्छ किनकि एन्टिअक्सिडेन्ट यस्तो पोषक तत्व हो, जसले शरीरका कोषिकाहरुलाई बचाउने काम गर्छ ।
छालाको समस्याबाट बच्न तनाव व्यवस्थापन पहिलो सर्त हो । यसका लागि ताजगी रहन कोशिश गर्ने, प्रशस्त पानी पिउने, सन्तुलित भोजन खाने, फलफूलमा जोड दिनुपर्छ । साथै नियमित व्यायाम पनि आवश्यक हुन्छ ।
छालाको हेरचाहमा घरेलु उपाए राम्रो हुन्छ ?
सबैको छाला एउटै प्रकृतिको हुदैन । सबैभन्दा पहिले आफ्नो शरीरको छालाको प्रकृति कस्तो छ भन्ने कुराको थाहा हुनुपर्छ। घरेलु उपाएमा र(raw) पदार्थको बढि प्रयोग हुन्छ जुन सबै प्रकृति छालालाई राम्रो हुदैन । यसले स्किनमा एलर्जीको समस्या निमत्याउ छ । त्यसैले घरेलु उपाएलाई त्यति प्रोत्साहन गरिदैन् तर छाला सेन्सेटिभ छैन भने कहिले काहि दहि, बेसन लगाउन सकिन्छ । घरेलु उपाए भन्दा पनि आफनो एउटा बेसिक स्किन रुटिन हुनुपर्छ जसले छालाको हेरचाहमा मदत गर्छ ।
(डा प्रिया भुसालसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानीमा आधारित् )