पछिल्लो समय मुटु रोगको समस्या निकै बढि रहेको छ । मुटु रोग कुनै उमेर समूहमा लाग्ने होइन यो बच्चा, युवा, बुढापाका सबैलाई हुन सक्छ । मुटु रोग हुने कारण, मुटुरोगीको खानपान र बच्ने उपायको बारेमा विराट मेडिकल अस्पतालका आहार तथा पोषण विद बिक्रम ढकालसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
मुटु हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । यसले शरीरमा सबैतिर रगत सञ्चार गर्ने काम गर्छ । मुटुले राम्रोसँग काम गरेन वा अन्य विभिन्न कारणले मुटुमा असर पर्यो भने विभिन्न समस्या निम्तिन सक्छन्। मुटुमा समस्या पैदा हुँदा लाग्ने रोगलाई मुटुरोग भनिन्छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा वार्षिक रूपमा हजारौँ मानिसले मुटुरोगका कारण ज्यान गुमाउँने गरेका छन ।
विश्वव्यापीरुपमा नसर्ने रोगहरुमध्ये मुटुरोग एक प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको छ । यसबाट करोडौँ मानिस प्रभावित हुँदै आएका छन् नेपालमा पनि मुटुका रोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पहिलेको र अहिलेको रोगको प्रकृति भने फरक छ । पहिले मुटु बाथरोगीको सङ्ख्याबढी थियो भने अहिले ह्दयाघातको सङ्ख्या बढ्दै गएको छ । पहिले ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा यो समस्या धेरै हुने गरेकामा अहिले २०/२५ वर्षकै व्यक्तिमा समस्या आउन थालेको छ ।
पछिल्लो समय मुटु रोगको समस्या निकै बढि रहेको छ । मुटु रोग कुनै उमेर समूहमा लाग्ने होइन यो बच्चा, युवा, बुढापाका सबैलाई हुन सक्छ ।सामान्यतया मुटु रोग जोखिम महिलामा भन्दा पुुरुषमा बढि हुन्छ तर महिनावारि सुकेको महिलामा पनि यो समस्या बढि देखिन्छ । मुटुरोग लाग्ने अनेक कारण छन् । त्यसमध्ये अस्वस्थ्यकर जीवनशैली, सुगर, उच्च रक्तचाप, कोलेस्ट्रोल र तनाव पनि एक हो । अझ तनाव कम गर्ने वाहानामा मद्यपान, धुम्रपान, निद्रा लाग्ने औषधी सेवन गर्ने गरिएको पाइन्छ । यसले मुटुलाई सोझै असर गर्छ ।
अहिलेको अवश्थामा मृत्यु पहिलो कारण भनेको मुटु रोग नै हो । मानव शरीरमा खराब कोलेस्ट्रोल अर्थात् एलडिएलको मात्रा बढेमा मुटु रोगको जोखिम बढ्ने गर्छ । सुगर,उच्च रक्तचाप, धुम्रपान, तथा मद्यपान गर्ने मानिसहरुमा यस प्रकारको कोलेस्ट्रोलको मात्रा बढी हुने भएकोले मुटु रोगको जोखिम पनि बढी हुने गर्छ। मानिसको उमेर अनुसार शरीरलाई कोलेस्ट्रोलको मात्रा आवश्यक पर्ने गर्छ । महिला र पुरुषमा पनि कोलेस्ट्रोलको मात्रा फरक फरक हुन्छ ।
मुटुका सयभन्दा बढी रोग हुने गरेका छन तर तीमध्ये डाक्टरहरुले मुटुका रोगलाई ३ भागमा बाँडेका छन्।
- जन्मजात मुटुरोग
- बाथ मुटुरोग
- जीवनशैलीसँग सम्बन्धी मुटुरोग
मुटु रोगका कारण
उमेर बढै जादाँ मुटु रोगको समस्या पनि बढौँ जान्छ । जन्मजात मुटुरोग लाग्नुको एउटा कारण गर्भवती हुँदा महिलाले अपनाउने व्यवहार हो। बाथ मुटुरोग बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीको पछि गएर मुटुको भल्भ खराब हुने हुन्छ । त्यसै गरि जीवनशैलीसँग सम्बन्धित मुटुरोगमा हृदयाघात, उच्च रक्तचाप आदि पर्छन्। मुटु रोगका विभिन्न कारण हुन्छन् ।
- अस्वस्थ्यकर जीवनशैली
- सुगर, उच्च रक्तचाप, कोलेस्ट्रोल मात्रा बढनु
- मद्यपान, धुम्रपानको सेवन
- मोटोपन
- अस्वस्थ्यकर खानपानका ( एन्टिअक्सिडेन्ट, फाइबर युक्त खाना, ओमेगा 3 र 6, फैटी एसिडको कमि भएको खाना )
- जंगफुडको अत्याधीक प्रयोग
- ट्रान्स फ्याट
- नुन आवश्यक भन्दा धेरै खानु
- आइरनको मात्रा आवश्यक भन्दा धेरै भए
- धेरै चिलोको प्रयोग
मुटुरोगीले कस्तो खानपान गर्ने ?
स्वस्थकर खाना हुनका लागि हामीले खाने खानामा कार्बोहाइड्रेडको मात्रा, प्रोटिनको मात्रा र बोसोको मात्रा मिलेको हुनुपर्छ। मुटुलाई स्वस्थ राख्न अन्नको मात्रा कम र सागसब्जी तथा फलफूल धेरै खाने र बोसोजन्य पदार्थ कम खानुपर्छ। एन्टिअक्सिडेन्ट, फाइबर युक्त खाना, ओमेगा ३ ,ओमेगा ६, फैटी एसिड युक्त खाना खानुु पर्छ । यसले रगतमा रहेको खराब चिलो पदार्थ घटाउन र राम्रो चिलो पदार्थ बढाउन मदत गर्छ । ओमेगा 3 ,ओमेगा 6, युक्त खाना खाँदा ४ भाग ओमेगा 3 र १ भाग ,ओमेगा 6 खानु पर्छ । यसरि अनुपात मिलाइ खादा मात्र यसले साकारात्मक काम गर्छ ।
फाइबरयुक्त खाना : शारीरमा फाइबर पनि जरुरी हुन्छ । रगतमा रहेको खराब चिलो पदार्थ घटाउन र राम्रो चिलो पदार्थ बढाउन मदत गर्छ ।साथै एन्टिअक्सिडेन्ट, भिटामिन ए, सि, ई, सेलेनियम,म्यांगनीज पाइने जस्ता खानेकुरा प्रयाप्त खानु पर्छ । त्यसका लागि एभोकाडो, स्याउ, काफल, केरा, सुन्तला, बदाम, ओखर, पेस्टा, बाबरी, सौफ, राजमा, सोयाबिन, दाल,फलफूल आदिको सेवन गर्न सकिन्छ ।
रातो मासु नखाने : रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ । खसीबोका लगायतका चार खुटे जनावरको मासु नखाने । रातो मासुको सट्टा सेतो मासु खानु लाभदायक हुन्छ। मासु खादा तेलमा तारेको, धेरै मसला युक्त नखाने । बाफाको, उमालेको खाँदा स्वास्थ्यलाई फाइदाजनक हुन्छ ।
अन्डा : रगतको मात्रा हेरेर दिनमा एउटा अन्डा खान सकिन्छ । तर रगतमा कोलेस्ट्रोल, टिजिको मात्रा बढी भए अन्डाको भित्री पहेँलो नखाने अन्डाको पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा बढी हुने हुँदा पहेँलो भाग नखाँदा राम्रो हुन्छ ।
नुन : अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने भएकाले मुटुको खतरा बढाउँछ । नुन दिनमा ५ ग्राम ( १ चिया चम्चा ) मात्र सेवन गर्नुपर्छ ।
चिनी : चिनिको प्रयोग कम गर्नु पर्छ । बढी चिनी खादा तौलमा बृद्धि गर्नुका साथै सुगरको समस्या बढाउँछ जस्ले पछि गएर मुटुमा समस्या निम्त्याउछ।
शाकाहारी खानामा जोड दिने : शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ। मुटुलाई फाइदा गर्ने प्रमुख स्रोत गहुँ, फापर, कोदो, जौ, मकै ,गेडागुडी, हरियो सागपात, अंकुरित गेडागुडी र ताजा तरकारी हुन् ।
भिटामिन युक्त खानेकुरा : भिटामिन ए, डि, ई, के पाइने साग, ब्रोकाउली, पनीर, बटर, गाँजर, डेरीप्रोडक्ट, राजमा, आँप, पालक, मटर, टमाटर, सखरखण्ड, तरबुजा, जस्ता खानेकुरा खाने । भिटामिन डि को लागि बिहानको घाममा आधा घण्टा बस्ने । जाडोयाममा र डार्क छाला भएका व्यक्तिले भने अलि धेरै समय घाममा बस्नु पर्छ ।
फलफूल खाने : सन्तुलित रुपमा फलफूल खानुपर्छ । सिजनल फलफूलहरु खादा राम्रो हुन्छ ।
प्रोटिन युक्त खानेकुरा : शरीरमा प्रोटिनको मात्रा हुन पनि उत्तिकै जरुरी छ । डेयरी प्रोडक्ट ,दूध, दही, गेडागुडी, च्याउ, मासुजस्ता खानेकुराले शरीरलाई स्वस्थ र रोगसँग लड्ने क्षमता बढाउँछ ।
मुटु स्वस्थ राख्न कस्तो तेलको प्रयोग गर्ने ?
तेलमा अधिक मात्रामा फ्याट हुन्छ तर फ्याट शरीरका लागि आवश्यक हुने भएपनि तेलको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हानीकारक हुन्छ । तेलमा सेचुरेटेड फ्याट, मोनोसेचुरेटेड फ्याट र पोलीअनसेचुरेटेड फ्याटीएसिड सामेल हुन्छ । भिजेबल ओइल दिनमा २५/३० एमएल मात्र खाने । आर बि डि तेलको प्रयोग गर्ने । यसलाई सिधै सक्भर पकाएर नखाने भाडोमा थिराएर खाँदा राम्रो हुन्छ । तेलमा भिटामिन इ हुन्छ ।
तारेका खानेकुराले मुटुमा कस्तो असर गर्छ ?
स्वादिलो होइन स्वास्थ्यलाई ध्यान दिनुपर्छ । तेलमा तारेका, नुन, चिल्लो र गुलियो स्वास्थ्यका लागि उपयुक्त हुँदैन । स्वादिलो र मिठो दुवैलाई मिलाएर खान सकियो भने त्यो अत्यन्तै राम्रो हुन्छ । तारेका खानेकुराले मोटोपन हुने, रगतमा खराब कोलेस्ट्रोलको मात्र बढ्ने, उच्च रक्तचाप, सुगरको समस्या बढ्ने जस्ता समस्या देखिन्छन्। बढी चिल्लो तथा खराब चिल्लो पदार्थको अत्यधिक प्रयोगका कारण अहिले युवा पुस्तामा हृदयघातको समस्या बढ्दै गएको छ ।
बच्ने उपाय
- मद्यपान, धुम्रपानको सेवन पूर्णरुपमा बन्द गर्ने
- कोलेस्ट्रोल, रक्तचाप, सुगर नियन्त्रण राख्ने
- चिलो, तारेको , बोसो युक्त खाना नखाने
- तौललाई कम गर्ने
- जंगफुड नखाने
- प्रसस्त पानी पिउने
- डेयरी प्रोडक्ट (दूध, दही) खाने
- फलफूल, सागसब्जी बढी मात्रामा खाने
- मानसिक तनाव र रिस कम गर्ने
- प्रदुषणबाट बच्ने
- दैनिक आधा घण्टा हिडडुल गर्ने
एउटा स्वस्थ व्यक्तिले दैनिक शारीरिक व्यायम गर्ने पर्छ । तर मुटु सम्वन्धि सम्स्या भएका व्यक्तिले भने चिकित्सकको सलाहमा मात्र व्यायम गर्नुपर्छ । सबै मुटुरोगिले एउटै व्यायम गर्न मिल्दैन त्यसैले आफनो रोग अनुसार र चिकित्सकको सलाहमा व्यायम गर्नु राम्रो हुन्छ ।
एउटा सामान्य व्यक्तिले दैनिक ३/४ लिटर पानि पिउनुपर्छ तर बिरामिले भने आफनो औँषधि खानापान हेरि वा चिकित्सकको सलाहमा खादा राम्रो हुन्छ । खासगरी शरीरको तौल, सुगर, कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा नराख्दा जुनसुकै उमेरका मानिसमा पनि मुटु रोगको सम्भावना हुन्छ । अत्याधिक मद्यपान, धुम्रपान, सेवन गर्ने लाई मुटु रोगको उच्च जोखिममा हुन्छन् । तसर्थ स्वस्थ मुटु राख्न चाहानुहुन्छ भने आजैदेखि अस्वस्थ्यकर जीवनशैली,अस्वस्थ्यकर खानपान , धुम्रपानको सेवन पूर्णरुपमा बन्द गर्ने ।