काठमाडौं - केहि समय पहिला कोरोना भाइरस कसरी सर्छ भन्ने विषय निकै चर्चामा रहेको थियो तर विज्ञहरुले कोरोना भाइरस मानवीय जीवन शैलीमा दैनिक प्रयोगमा आउने वस्तुहरुको माध्यमबाट पनि सर्न सक्ने भन्दै जनस्वास्थ्य सम्बन्धी पर्याप्त सावधानी अपनाउन सुझाव दिँदै आइरहेका छन् ।
विज्ञहरूका अनुसार संक्रमित व्यक्तिहरुको सम्पर्कमा आउँदा उनिहरुले खोक्दा नाक र मुखबाट निस्किने साना बिन्दुबाट सर्न सक्ने सम्भावना हुन्छ ।
त्यस्तै के आँखाबाट पनि कोरोना सर्न सक्छ त ? भन्ने प्रश्नमा नेपाल आँखा अस्पतालका बरिष्ठ आँखा रोग विषशेज्ञ डा.इन्दु प्रसाद ढुगेंल भन्छन् कोरोना मुख्य गरेर भाइरसले गर्दा हुने रोग हो । यो भाइरस संक्रमित व्यक्तिले खोक्दा, बोल्दा र हाछ्उि गर्दा उसको मुखबाट आउँने थुकको छिटाहरु अर्को व्यक्तिको नाख र मुखमा पुग्यो भने सजिलै सँग सर्न सक्छ । तर कोरोना भाइरस आँखाबाट पनि सर्छ नै भन्ने कुरा पुष्टि भइसकेको छैन । आँखाबाट पनि कोरोना सर्छ भन्ने विषयमा अध्ययन भइरहेका उनले बताए ।
कोरोना भाइरस संक्रमण नाक र मुखबाट सरे जसरी नै आँखाबाट पनि सर्छ कि भनेर अनुसन्धानकै क्रम रहेको उनले बताए ।
डा. ढुगोंलका अनुसार आँखामा बाहिर सानो जालो हुन्छ जसलाई कंजंक्टिभा भन्छन् । कंजंक्टिभाबाट रगतको आवात जावत हुने गर्छ । यदि कोरोना भाइरस कंजंक्टिभामा गयो र त्यहाँ टासिरह्यो भने रगतमा प्रवेश गर्न सक्छ जसले गर्दा संक्रमण फैल्न सक्छ कि भनेर अध्ययन भइरहेको छ तर पुष्टि चाहि भइसकेको छैन ।
त्यस्तै कुनै बिरामीहरुको आँखाबाट आसु आइरहने समस्या हुन्छ । त्यस्ता समस्या भएका व्यक्तिहरुको आँखामा स्यानो प्वाल हुन्छ त्यसबाट पानी हालेर घाटीमा आयो कि आएन भनेर जाँच गरिन्छ जुन प्रकृयालाई स्नेजीङ भनिन्छ । यसरी स्नेजीङ घाटीमा पानी जाने प्रकृयाबाट कंजंक्टिभामा बसेको भाइरस शरीरमा फैलिन्छ कि भनेर स्रिीजीङ नगर्न आग्रह गरिरहेका छौं । तर पनि यो समयमा अनावश्यक हातले आँखाहरु चलाउन नहुने उनले बताए ।
साथै कोरोना भाइरसबाट बच्नका लागि सकेसम्म भिडभाडमा नजाने , जानै परेपनि ३ मिटरको दुरीकायम गर्ने , अनिवार्य मास्को प्रयो गर्ने र साबुन पानीले हाल धुने यदि यसको उपलब्धताबाट टाडा भए स्यानीजाइजरको प्रयोग गर्न सकिन्छ ।