काठमाडौँ, । काठमाडौँ विश्वविद्यालय (केयु)को चिकित्साशास्त्र संकाय तर्फ एमबीबीएसमा यसवर्ष सर्वोत्कृष्ठ नतिजा ल्याउने दुबै जाना बिराट मेडिकल कलेजका छात्र सनम ढकाल र छात्रा संस्कृतिश्री कोइराला रहेका छन् ।
केयुको सम्वन्धन प्राप्त सबै मेडिकल कलेजमा एमबीबीएस अध्ययन् गरेका एक हजार बढी विद्यार्थीलाई उछिन्दै छात्र तर्फ सनम ढकाल र छात्रा तर्फ संस्कृति श्री कोइरालाले केयु टप गरेका हुन् ।
उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार भएको केयुको २९ औँ दिक्षान्त समारोहमा उक्त मेडल प्रदान गरेका हुन्।
एक हजार बढी विद्यार्थीले रहेको एमबीबीएसको उनको ब्याचमा डा. ढकालले ४२०० पूर्णांकमा ३५३९ अंकसहित कुल ८४.२६ प्रतिशत अंक ल्याएर टप गरेका हुन् । २६ वर्षीय एमबीबीएस टपर डा. ढकाललाई प्रधानमन्त्री दाहालले ‘भ्वाइस चान्सलर स्वर्णपदक’बाट विभूषित गरेका हुन भने छात्रा तर्फकी टपर कोइरालाले ८०.२९ प्रतिशत अंक हासिल गरेकी थिईन् ।
गोल्ड मेडलिस्ट ढकालले चिकित्सातर्फको आफ्नो आकर्षण र इच्छाशक्तिले उक्त सफलता दिलाएको प्रतिक्रिया दिएका थिए । आफू झन्डै १० वर्षअघि चिकित्सा क्षेत्रमा रहेको मान, सम्मान, प्रतिष्ठाका कारण आकर्षित भएको उनले बताए।
यसैगरी छात्रातर्फकी गोल्ड मेडलिस्ट कोइरालाले आफू बुझ्ने भएदेखि नै चिकित्सा पेशाप्रति आकर्षित भएको बताउँछिन्। आमा रत्न कोइराला विराट मेडिकल कलेजकी बोर्ड अफ डाइरेक्टर भएकाले आफूलाई चिकित्सालाई सानैदेखि नजिकबाट नियाल्न पाएको र आफूले त्यसबाहेकको पेशा परिकल्पना नै नगरेर लागिपरेकाले सफलता प्राप्त भएको उनले बताइन्।
विराट मेडिकल कलेजका अध्यक्ष प्राडा. ज्ञानेन्दमान सिंह कार्कीले सनम ढकाल र संस्कृतिश्री गोल्ड मेडलिष्ट भएको जानकारी दिदै यसअघि पनि निरन्तर विराटले गोल्ड मेडलिष्ट पाइरहेको बताए ।
उनले दुई विद्यार्थी पढाइमा पनि अब्बल रहेको भन्दै उनीहरुको प्रशंसा गरे । विराट मेडिकल कलेज गुणस्तरमा पनि अब्बल रहेको उनको भनाई थियो ।